×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीको गृहजिल्ला झापामा हाते कागज उद्योग बढ्दै

फागुन १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

झापाको बिर्तामोड नगरपालिका–१० की ४६ वर्षीया दिलु राईले नेपाली हाते कागज बनाउन थालेको तीन दशक बितेको छ । उनले १६ वर्षको उमेरबाटै हाते कागज बनाउन थालेकी हुन् ।

Muktinath Bank

दिलुसँगै उनका श्रीमान् ४६ वर्षीय कुमार राई पनि कागज बनाउन सिपालु छन् । पाँचथरमा हाते कागज बनाएर जीवन धान्दै आएको राई परिवार चार वर्षअघि मात्र झापा झरेको हो । बसाइँसराइँसँगै उनीहरुले बिर्तामोड–९ स्थित गारामुनीमा घर–जग्गा भाडामा लिएर हाते कागज उत्पादन गर्दै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कामप्रतिको लगनशीलता र परिश्रमले अहिले राई परिवार सोही पेशाबाट घर जग्गा जोड्न सफल भएको छ । बिर्तामोड–१० मा तीन कठ्ठा जग्गा खरिद गरेर घर निर्माण गर्नुका साथै कागज उत्पादनका लागि आवश्यक भौतिक संरचना निर्माण गरेका छन् ।


Advertisment
Nabil box
Kumari

सबै खर्च कटाएर मासिक रु ३० हजार आम्दानी हुने गरेको राई दम्पतिको भनाइ छ । करिब रू ३० लाखको लागतमा ‘कुमानोइल नेपाली हाते कागज उद्योग’ स्थापना गरेको राई दम्पतिले आफूसँगै २० जनालाई रोजगारी दिन सफल भएका छन् ।

Vianet communication
Laxmi Bank

पाँच छोराछोरीसहित सात जनाको परिवार पनि सोही उद्योगको आम्दानीले चलेको छ । “छोराछोरी पढाउनेदेखि घरायसी खर्च यसैबाट चलेको छ”, दिलु भन्छिन्, “मासिक केही बचत हुने गरेको छ ।”

उद्योगबाट मासिक रु २५ हजार थान नेपाली हाते कागज उत्पादन हुने गरेको छ । उत्पादित कागजको बजार अभाव छैन । “उद्योगबाटै व्यापारीले कागज किनेर लाग्छन्”, महिला उद्यमी उनी भन्छिन्, “अडर अनुसार पनि कागज तयार गरेर दिने गरेका छौँ ।”

कागज उत्पादनका लागि आवश्यक लोक्ता पाँचथरबाट आयात हुने गरेको छ भने त्यसमा प्रयोग हुने ‘केमिकल’ विराटनगरबाट ल्याउने गरिएको छ । वर्षा र घाम लाग्दा भने कागज बनाउन समस्या हुने उनीहरुको भनाइ छ ।

झापामा पछिल्ला पाँच वर्षको अवधिमा हाते कागज उद्योगको सङ्ख्या बढ्दै गएको छ । विसं २०७१ अघि १२ को सङ्ख्यामा रहेका हाते कागज उद्योग आव २०७६/७७ को माघसम्ममा ३१ पुगेका घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका तथ्याङ्क सहायक अश्विनीकुमार भट्टराईले जानकारी दिए ।

उनका अनुसार आव २०७३/७४ मा दुई, आव २०७४/७५ मा दुई, आव २०७५/७६ मा १० र आव २०७६/७७ को माघ सम्ममा पाँच नयाँ उद्योग दर्ता भएका छन् । झापामा पहाडबाट कच्चा पदार्थ ढुवानी गर्न सहज हुने र घाम राम्रो लाग्ने भएकाले यहाँ हाते कागज उद्योग खुल्ने क्रम बढेको हो ।

“पहाडभन्दा झापामा घाम राम्रो लाग्ने र सुकाउन सजिलो हुन्छ”, तथ्याङ्क सहायक भट्टराईले भने, “जसका कारण कागज पनि गुणस्तरीय हुन्छ ।”

मूल्य पनि राम्रो पाइने भएकाले झापामा कागज उद्योगको सङ्ख्या बढ्दै गएको हो ।

सबै उद्योग जापानी प्रविधिका

झापाका सबै हाते कागज उद्योग जापानी प्रविधिमा गइसकेका छन् । परम्परागत शैलीभन्दा जापानी प्रविधिमा उत्पादन गरिएको कागज गुणस्तरी हुने भएपछि यहाँका उद्योग जापानी प्रविधिमा गएका हुन् ।

जापानी प्रविधिमा उत्पादन गरिएको कागज चिल्लो र छपाइमा प्रयोग गर्न सहज हुन्छ । यस्ता कागजको दाम पनि राम्रो पाइने उद्योगी बताउँछन् ।

झापामा उत्पादन भएको कागज स्थानीय बजारसँगै जापान, अमेरिका लगायतका युरोपियन देशमा निर्यात हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ । नेपाली कागज सरकारी कामकाज र दस्तावेज, चिनाटिपन बनाउन धेरै प्रयोग हुन्छ । रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x