सनराइज बैंक मोबाइल बैंकिङ लिडर अवार्डबाट सम्मानित

सनराइज बैंक लि.ले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड प्राप्त गर्न सफल भएको छ ।

बैंकले मोबाइल बैंकिङ सेवामार्फत नविनतम् सेवा सुविधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहक वृद्धि गर्न सफल भएको र मोबाइल डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न डिजिटल साक्षरता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्दै आएबापत सम्मानस्वरूप अवार्ड प्राप्त गरेको हो । 


Advertisement

मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफ वान सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले शुक्रबार एक कार्यक्रमका बीच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरे ।

डिजिटल भुक्तानी क्षेत्रमा हालसालै स्थापित यस अवार्ड पाउने प्रथम बैंक हुन पाउँदा सनराइज बैंक परिवार हर्षित भएका छन् । 


Advertisement

१५२ एटीएम, १३० शाखा, २००० भन्दा बढी मर्चेन्ट नेटवर्क, ८००० रेमिट्यान्स एजेन्टमार्फत ६ लाखभन्दा बढी ग्राहकलाई स्वदेश तथा विदेशमा समेत सेवा प्रदान गर्दै आएको सनराइज बैंक डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी बैंक हो ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका अत्याधुनिक बैंकिङ उपकरणको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट झुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न व्यापारिक प्रतिष्ठानहरू, होटल, हस्पिटल लगायतको क्षेत्रसँग समन्वय गरी विभिन्न किसिमका छूट योजना, क्यासब्याक योजना लगायतका अन्य आकर्षक योजना ल्याउँदै आएको छ ।
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्