×

NMB BANK
NIC ASIA

मिर्गौला प्रत्यारोपणलगत्तै प्रधानमन्त्री ओलीको सक्रियता : आफ्नै स्वास्थ्यमाथि 'ज्यादती' !

चैत ४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मिर्गौला पुनः प्रत्यारोपणको शल्यक्रिया गरेको १२ दिनमा प्रधानमन्त्री केपी शर्मा ओली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूको भिडियो कन्फ्रेन्समा सहभागी भएर आफू सक्रिय 'राजकाज'मा फर्किएको सन्देश दिन खोजे । 

Muktinath Bank

सफल शल्यक्रिया भइसकेपछि प्रधानमन्त्री ओलीको उपचारमा संलग्न निजी चिकित्सक डाक्टर दिव्यासिंह शाहले अस्पतालमै सञ्चारकर्मीहरूसँग प्रधानमन्त्री सामान्य जनजीवनमा फर्किन ६ महिनादेखि वर्षदिनसम्म लाग्न सक्ने बताएकी थिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रोगलाई बेवास्ता गर्ने प्रधानमन्त्रीको स्वाभाव आइतवार पनि देखियो । उनले साँझ सवा ५ बजेका लागि तय गरिएको सार्क राष्ट्रका राष्ट्र प्रमुख तथा सरकार प्रमुखबीचको भिडियो कन्फ्रेन्समा उपप्रधानमन्त्री ईश्वर पोखरेल या स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पठाए पनि हुने निकटस्थहरूको सुझावलाई बेवास्ता गरे । 


Advertisment
Nabil box
Kumari

लामो समयदेखि निष्क्रिय रहेको सार्कलाई विश्वव्यापी महामारीका रूपमा देखिएको कोरोना संक्रमणले सक्रियता प्रदान गरेको छ । सार्कको विकल्पका रूपमा बिमस्टेकलाई अघि बढाउने रणनीतिमा देखिएका भारतीय प्रधानमन्त्री मोदीले सार्कप्रति आफ्नो पूर्ववत धारणामा १ सय ८० डिग्रीले परिवर्तन गर्दै सबै बाँकी ७ वटै देशका सरकार प्रमुखलाई भिडियो कन्फ्रेन्समा ल्याउन पहल गरेका थिए । 

Vianet communication
Laxmi Bank

'भिडियो कलबाटै भएपनि सार्क सदस्य राष्ट्रका सरकार प्रमुखबीच भएको छलफलमा उपस्थित हुनुलाई उहाँ (प्रधानमन्त्री)ले एउटा अवसरका रूपमा लिनुभयो,' ओलीनिकट एक नेताले लोकान्तरसँग भने, 'यो अवसरलाई गुम्न दिनुहुन्न भन्ने उहाँको बुझाई रह्यो ।' 

उनले स्वास्थ्यकै कारण उपस्थिति जनाउन असहज हुने भए विकल्प रोज्ने सुझाव प्रधानमन्त्री ओलीलाई दिएको बताए । भिडियो कन्फ्रेन्समा पाकिस्तानका प्रधानमन्त्री इमरान खान भने अस्वस्थ भएको भन्दै स्वास्थ्य राज्यमन्त्रीलाई पठाएका थिए । 

प्रधानमन्त्रीलाई सिंहदरबार ल्याउँदा गरिएको त्यो तयारी 

भिडियो कन्फ्रेन्स सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहेको 'एक्सन रूम'बाट मात्र सम्भव हुन्थ्यो । अरूबेला हम्मेसी बालुवाटारबाट बाहिर ननिस्कने प्रधानमन्त्री ओली आइतवार भने सिंहदरबार निस्कन तयार भए ।

आइतवार अपराह्न नै उनको पेटमा रहेको स्टेन्ट निकाल्न त्रिवि शिक्षण अस्पताल पुगेका थिए । निसन्देह प्रधानमन्त्रीलाई हिँडडुल गर्नुपरेन । तर केही दिनअघि नै शल्यक्रिया गरेर घाउ पनि निको नभएको अवस्थामा उठेर गाडीमा, अस्पतालमा र सिंहदरबारको तलामा चढ्न र ओर्लिन त्यति सहज भने हुँदैन । प्रधानमन्त्रीलाई सिंहदरबार ल्याउने तयारी आइतवार अपराह्नदेखि नै थालिएको थियो । 

इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाबाट प्रधानमन्त्री कार्यालय पुगेका केही कर्मचारीहरूले दिउँसोदेखि नै स्यानिटाइजर छर्किरहेका थिए । उनीहरूले रेलिङसमेत पुछे । उनीहरूले प्रधानमन्त्रीमा संक्रमणको उच्च जोखिम रहेको भन्दै 'डिसइन्फेक्टेन्ट' छर्केको बताए । 

५ बज्नै लाग्दा एउटा गाडीमा व्हीलचेयरसमेत ल्याइयो । त्यसको केही समयमा सहयोगीहरूको हात समातेर ओली गाडीबाट ओर्ले । उनी सहयोगीहरूको हात समात्दै हिँडेर एक्सन रूमसम्म पुगेका थिए । निस्किँदा पनि उनी हिँडेर गाडीसम्म आए । 

कन्फ्रेन्समा बोल्दा प्रधानमन्त्रीको स्वर केही भासिएको जस्तो सुनिएको थियो । उनले टेलीप्रम्टरमा हेरेर बोलेका थिए । बोल्दाबोल्दै बीचैमा रोकिए । पछाडि बसेका उनका मुख्य सल्लाहकारले अब भयो भनेपछि उनले किन ? भनेर प्रश्नसमेत गरे । त्यसपछि 'ओके, थ्यांक यु' भन्दै पहिलो सम्बोधनलाई बीट मारे । 

स्वस्थ रहे सत्ता र शक्ति फेरि पनि प्राप्त गर्न सकिन्न र ?

सामान्य जीवनयापनमा फर्किन अझै केही महिना लाग्न सक्ने डाक्टरहरूको अनुमानविपरीत प्रधानमन्त्रीले सरकार र पार्टी सञ्चालनका लागि आफू सक्षम रहेको सन्देश दिन शुरू गरेका छन् ।

विशेष गरेर प्रधानमन्त्रीसँगै देश नै बिरामी भएको भन्दै आलोचना गर्ने प्रतिपक्षी दल र सत्तारूढ दलकै कतिपय नेतालाई ओलीको यो कदम राजनीतिक 'झापड' भएको छ । 

नेकपाभित्रै प्रधानमन्त्री ओलीले मार्गप्रशस्त गर्नुपर्ने धारणा राख्ने धेरै नेताहरू छन् । खुलेरै सतहमा भने कोही आइसकेको छैन । 'प्रधानमन्त्रीले 'ग्रेसफूल एक्जिट' लिँदा राम्रो हुन्छ,' पूर्वएमालेकै एक स्थायी समिति सदस्यले

लोकान्तरसँग भने, 'अहिले समय आएको छ । मैले आराम गर्नुपर्ने भएकाले तपाईंहरूले नै चलाउनुस् भनेर सचिवालय सदस्यहरूलाई भन्दा उहाँको उचाई अझै बढ्छ भन्ने मलाई लाग्छ ।'

नाम उल्लेख नगर्ने शर्तमा उनले केही समय आराम गरेर स्वास्थ्यलाई मजबुत बनाएपछि ओलीजस्ता नेताका लागि सत्ता र शक्ति पछि पनि सहजै प्राप्त गर्न सक्ने साधन रहेको बताए ।

'पार्टीको महाधिवेशन आउँछ । आम निर्वाचन आउँछ । उहाँ स्वस्थ हुनुभयो भने पार्टी र सरकारको नेतृत्व फेरि पनि उहाँले नै लिँदा पनि के फरक पर्छ र ? अहिले चाहिँ उहाँलाई आराम चाहिएको छ,' उनले थपे ।

पार्टीभित्रको विवाद समाधानको प्रश्न 

प्रधानमन्त्री ओली अस्पतालमा भर्ना हुनुअघिको एक साता नेपालको राजनीति नै तात्ने गरी सत्तारूढ नेकपाभित्र घटनाहरू घटे । उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा सिफारिश गर्न सरकारलाई अनुरोध गर्ने सचिवालयको निर्णयलाई ओलीले चुनौती दिएका थिए । 

उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजान नसकिने भन्दै प्रधानमन्त्री ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेपछि कुरा बिग्रिएको थियो । त्यसयता विवाद समाधानलाई नै केन्द्रबिन्दू बनाएर पार्टीभित्र दुई अध्यक्षबीच छलफल हुन पाएको छैन । 

प्रधानमन्त्री ओली अस्पतालको आईसीयूमै रहँदा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष गौतम लगायतको भेटघाट बाक्लिएको थियो । आफूबीचको भेटघाट पार्टीभित्रकै समस्या समाधानमा केन्द्रित रहेको ती नेताहरूले बताउने गरेका छन् । 

'पार्टीभित्र हामीले कसैको विरुद्ध गठबन्धन गरेका छैनौं,' एक सचिवालय सदस्यले लोकान्तरसँग भने, 'पार्टी, देश र जनतामै केन्द्रित रहेर हाम्रो छलफल हुने गरेको छ । एउटै पार्टीका नेताहरू भेट्नु भनेको ठूलो कुरै होइन । यसलाई किन ठूलो बनाइएको छ ? म अचम्ममा परेको छु ।'

स्रोतका अनुसार अस्पतालबाट फर्केपछि आफूइतरका नेताहरूको बाक्लिएको भेटघाटका बारेमा प्रधानमन्त्री ओलीले चासो राखेका छन् । पुसको तेस्रो साता उपाध्यक्ष गौतमनिवास भैंसेपाटीमा केही नेताहरू भेला भएपछिका दिनमा प्रधानमन्त्री ओलीले पार्टीभित्र आफूलाई एक्ल्याउने षड्यन्त्र भइरहेको महसूस गर्न थालेका हुन् । 

यतिबेला प्रधानमन्त्री ओलीले पार्टीभित्र बढ्दै गएको अविश्वासको समाधान कसरी खोज्लान् भन्ने आमचासो रहेको छ । सचिवालयका ओलीइतरका सदस्यहरू उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा लैजाने पार्टी निर्णय कार्यान्वयनको प्रतिक्षामा छन् । 

पार्टी निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा ओली यदि पुगेका हुन् भने त्यो निर्णयमाथि ओलीको प्रतिक्रिया कस्तो हुनेछ, पार्टीका अन्य नेताहरूले व्यग्रताका साथ त्यसलाई कुरिरहेका छन् । 

प्रधानमन्त्री स्वस्थ भइसक्नुभयो - आनन्द पोखरेल, सचिव, नेकपा, बाग्मती प्रदेश

तर प्रधानमन्त्रीका निकट मानिने नेकपाका बाग्मती प्रदेश सचिव आनन्द पोखरेलले प्रधानमन्त्री शारीरिक र मानसिक रूपमा स्वस्थ भइसकेकाले अब सक्रियताका साथ काम गर्न नरोकिने बताए ।

'मिर्गौला प्रत्यारोपण अहिले सामान्य विषय भएको छ,' उनले भने, '८/१० दिन आराम गरेपछि उहाँलाई पुगिहाल्यो नि ! त्यहाँमाथि चिकित्सकको टोलीले निगरानी गरिरहेको छ । अब उहाँलाई काम गर्न स्वास्थ्यले रोक्दैन ।'

उनले प्रधानमन्त्रीले मिर्गौला प्रत्यारोपण गर्नु ठूलो विषय नभएको सन्देश आमजनतालाई दिएको बताए । 

'शल्यक्रियापछि १०/१२ दिनमै उहाँले अन्तर्राष्ट्रिय फोरममा उपस्थिति जनाउनु भयो,' पोखरेलले भने, 'अब उहाँ बैठक राख्न सक्षम हुनुभएको छ, पार्टीभित्र देखिएका विवाद समाधानका लागि नेताहरूसँग छलफल गर्न सक्नुहुन्छ ।'

पोखरेलले पार्टीभित्र देखिएको पछिल्लो विवादको समाधान गर्न विधि र प्रक्रियालाई अबलम्बन गर्नुपर्ने बताए । 'विधि र पद्धतिलाई पछ्याउने हो भने समाधान नहुने भन्ने हुन्छ र ?' पोखरेलले प्रश्न गरे, 'अध्यक्षद्वयबीच सहमति हुन्छ, अरू नेताहरूको रचनात्मक भूमिका हुन्छ । त्यसपछि सकियो । गाह्रै छैन नि !' 

स्वास्थ्यमाथि ज्यादती भयो - राजेन्द्र महर्जन, राजनीतिक विश्लेषक 

सरकारका आलोचकहरू भने प्रधानमन्त्री ओलीलाई जबरजस्ती स्वस्थ बनाएर बाहिर देखाइएको टिप्पणी गर्छन् । त्यस्तै प्रतिक्रिया राजनीतिक विश्लेषक राजेन्द्र महर्जनले लोकान्तरलाई दिएका छन् । 

'प्रधानमन्त्रीलाई स्वस्थ देखाउन अस्पतालमा पनि एउटा प्रदर्शन गर्न खोजियो भने हिजो सार्क राष्ट्रका सरकार प्रमुखहरूको बीचमा उभ्याएर अर्को प्रदर्शन गरियो,' महर्जनले भने, 'यो त उहाँको स्वास्थ्यमाथि नै ज्यादती भयो । मानवीय हिसाबले हेर्ने हो भने उहाँलाई अहिले आराम चाहिएको छ ।'

प्रधानमन्त्री ओलीले आफू निर्विकल्प रहेको देखाउन खोजेको महर्जनले टिप्पणी गरे । आफ्नै स्वास्थ्यमाथि ज्यादती गरेर सत्तामोह प्रदर्शन गर्न नहुने उनको तर्क छ ।

'म चाहिँ नेपालको राजनीतिमा अझै निर्विकल्प छु भन्ने देखाउन यति सबै गरिएको छ,' महर्जनले भने, 'सत्ता र शक्ति अझै पनि आफूसँग रहेको सन्देश उनले दिन खोजेका छन् । त्यो प्रदर्शन नेपालमा मात्र होइन, संसारभर सत्ता मोह राख्नेहरूले देखाउने गर्छन् ।'

डाक्टरको सल्लाहमै उहाँ सक्रिय हुनुभएको हो - डा. राजन भट्टराई, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार 

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराईले चिकित्सकहरूको सुझावअनुसार नै प्रधानमन्त्री पार्टी र सरकार सञ्चालनका लागि सक्रिय भएको बताए । 

'प्रधानमन्त्रीलाई चिकित्सकको टीमले निगरानी गरिरहेको छ,' उनले लोकान्तरसँग भने, 'जे जस्तो सल्लाह /सुझाव आउँछ, त्यहीअनुसार गरिएको छ । प्रधानमन्त्रीको स्वास्थ्य संवेदनशीलतालाई पूर्णरूपमा ख्याल गरिएको छ ।'

डाक्टर भट्टराईले प्रधानमन्त्री पूर्ण स्वस्थ भइसकेको तर संक्रमणको केही जोखिम रहेकाले चिकित्सकहरूले निगरानी गरिरहेको बताए । 'प्रधानमन्त्री पूर्णरूपमा स्वस्थ भइसक्नुभएको छ, संक्रमणको जोखिम अझै छ, त्यसलाई कम गर्न चिकित्सकहरूले दिएको सल्लाहअनुसार नै उहाँ सक्रिय हुनुभएको छ,' उनले भने ।

उनले चिकित्सकहरूले बनाएको हेल्थ प्रोटोकललाई आधार बनाएर प्रधानमन्त्री पार्टीभित्रको छलफल, भेटघाटमा सरिक हुन कुनै समस्या नरहेको बताए ।

पार्टीकै नेताहरूसँग कसरी छलफल गर्ने ? कति दूरी मेन्टेन गर्ने ? जस्ता कुराहरू चिकित्सकहरूले दिएको सल्लाहका आधारमा तय हुने भट्टराईले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x