×

NMB BANK
NIC ASIA

सतर्कता नागरिकस्तरबाट

कोरोनाको त्रासका बीच न्यूरोडमा ३ युवाले शुरू गरे साबुनपानीले हात धुने अभियान [फोटो/भिडियो]

चैत ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेका बेला नेपालमा कोरोनाको संक्रमण नफैलियोस् भनेर काठमाडौंका ३ युवाले सार्वजनिक स्थलमा साबुनपानीले हात धुने व्यवस्था गरेका छन् ।

Muktinath Bank

विवेक शर्मा, महेन्द्र शाही र श्रीराम महर्जनले काठमाडौंको न्यूरोडस्थित पाकोको मोबाइल गल्लीमा १२ वटा ट्याङ्कीमा पानी र साबुन राखेर कोरोनाको जोखिम कम गर्न हात धुने अभियान शुरू गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभिन्न मिडिया र डाक्टरहरूले हातको माध्यमबाट कोरोना भाइरस फैलिने बताइरहेका बेलामा विवेक शर्माले साबुन पानीले हात धुने ठाउँ निर्माण गर्ने योजना बनाए ।


Advertisment
Nabil box
Kumari

उनले आफ्नो योजना शाही र महर्जनलाई सुनाए, शर्माको प्रस्तावमा दुवै सहमत भए । 

Vianet communication
Laxmi Bank

शर्माले २ सय लिटरका पानी ट्याङ्की ल्याए, महर्जनले पानी राख्ने स्टयाण्ड बनाए, शाहीले धारा किनेर जडान गरे । 

मोबाइल गल्लीमा मोबाइल पसल सञ्चालन गर्दै आएका तिनै जान आफूहरूले व्यक्तिगतरूपमा पसलमा मात्रै राख्नुभन्दा आफ्नो पसल अगाडि र टोलमा राख्दा अरूलाई पनि फाइदा हुने भएकाले यसको शुरूवात गरेको बताउँछन् ।

‘संसारभर कोरोनाको संक्रमण फैलिरहेको छ, यो सबै एकअर्काको स्पर्शले गर्दा र हातबाट फैलिने भएकाले हामीले हात धुने अभियान शुरूवात गरेका हौं,’ शर्माले लोकान्तरसँग भने ।

विश्व स्वास्थ्य संगठनले पनि कोरोना हातबाट नै मुख्यरूपमा सर्ने भनेकाले आफैंबाट हातधुने व्यवस्था किन शुरू नगर्ने ? भन्ने सोचाइले यसको शुरूवात गरेको उनीहरू बताउँछन् ।

एक जनाले हात धोएको खण्डमा अन्य धेरै जनालाई संक्रमण हुनबाट जोगाउन सकिने शर्माको विश्वास छ । यसले गर्दा ठाउँका टोलबासीले सिकेर यस्तो अभियानको शुरूवात गर्ने विश्वास पनि उनीहरूले लिएका छन् ।

‘सबैले हात धुनुपर्छ, यसले गर्दा कोरोनालगायत अन्य सरुवा रोग सर्दैन भन्ने सन्देश जाओस् भन्नका लागि आफ्नो टोलबाट शुरूआत गरेका हौं,’ महेन्द्र शाहीले लोकान्तरसँग भने ।

आफूहरूले शुरूआत गरको काम अन्यले पनि सिको गर्ने र धेरै मानिसलाई संक्रमणबाट जोगाउन मद्दत पुग्ने श्रीराम महर्जनको विश्वास छ ।

उनीहरूको काम देखेर सर्वसाधारण खुशी छन् ।

साबुन पानीले हात धुने व्यवस्था गरेर संक्रमण फैलिनबाट जोगाउने काम सरहानीय भएको त्यहीँ भेटिएका कीर्तिपुरका दीपक थापाले बताए ।

‘जसले शुरूआत गर्नु भएको भएपनि राम्रो काम गर्न भएछ । जीवनभन्दा ठूलो त अरू केही होइन नि ! यसबाट अरूले पनि सिक्नुपर्छ,’ थापाले लोकान्तरसँग भने ।

यसका अलावा उनीहरूले भीडभाड हुने क्षेत्र सुन्धारा, काठमाडौं मल अगाडि, रत्नपार्क र घण्टाघरमा पनि यस्ता ट्याङ्की र साबुनपानीले हातधुने ठाउँ निमार्ण गर्न लागेका छन् ।  

उनीहरूले सुन्धारा हुँदै जाने सार्वजनिक यातायातमा स्यानिटाइजर छर्कने व्यवस्था समेत मिलाउन लागेको विवेक शर्माले बताए । 

उनले भने, ‘हामीले अब लगत्तै सुन्धारा, काठमाडौं मल हुँदै हिँड्ने सार्वजनिक यातायातमा पनि स्यानिटाइजर छर्कने योजना बनाएका छौं ।’

लायन्स क्लबको सहकार्यमा स्यानिटाइजरको व्यवस्था गर्ने उनीहरूको योजना छ ।

पानी ट्यांकी नजिकै ‘कोरोनासँग डराउने कि कोरोनालाई हटाउने ?’ भन्ने सन्देश लेखिएको ब्यानर समेत टाँगिएको छ ।

उनीहरूको अभियानमा सहयोग पनि जुट्न थालेको छ ।

कसैले साबुन, कसैले बाल्टिन त कसैले स्ट्याण्ड बनाउनका लागि ज्याला दिएर सहयोग गरेका छन् ।

हेर्नुहोस्, भिडियो :

फोटो/भिडियो : रोजन श्रेष्ठ/लोकान्तर

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २०, २०८०

नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x