×

NMB BANK
NIC ASIA

कोरोना नियन्त्रणको लागि ठोस निर्णय बिना नै सुदूरपश्चिम प्रदेश सरकारको बैठक टुंगिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश स्तरीय कोरोना नियन्त्रण समितिको बैठकले सचेतनामूलक कार्यक्रम प्रवाह गर्ने, अत्यावश्यक काम बाहेक भारततर्फ आमनागरिकलाई नजानलगायत आग्रह गर्न बाहेक ठोस निर्णय भने गर्न नसकेको पाइएको हो ।

Muktinath Bank

बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै मुख्यमन्त्री भट्टले कोराना भाइरसको रोकथामको लागि भन्दै बढी भिडभाड हुने मालपोत, यातायातलगायत सरकारी कार्यालयहरु बन्द गर्ने तयारीमा जुटेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर उनले भने, ‘केही दिन रोक्दा फरक नपर्ने कार्यालयहरु केही दिन रोक्नु पर्छ कि भनेर संघीय सरकारसँग समन्वय गर्ने छलफल भएको छ ।’


Advertisment
Nabil box
Kumari

त्यस्तै, भारतसँग जोडिएका सुदूरपश्चिमको २ वटा नाकाबाहेक सबै नाकाहरु बन्द गर्न समन्वय भइरहेको मुख्यमन्त्री भट्टले बताए । मुख्यमन्त्री भट्टले अगाडी थपे, ‘यहाँका सबै सीमा नाका खुला छन् हाम्रो प्रदेशमा । सबै नाकाहरुलाई खुला नगरेर हामी संघीय सरकारसँग भन्दैछौ, २ वटा मुख्य नाकाबाहेक अन्य नाका सील गर्नको लागि पनि संघीय सरकारसँग राख्ने भनेका छौ ।’

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री भट्टले कोरोना नियन्त्रणमा बजेटको कुनै अभाव नहुने बताएका छन् । यसैबीच सञ्चारकर्मीले रोग जाँचको लागि काठमाडौं नै नमूना पठाउनुपर्ने बाध्यता अन्त्य गर्न प्रयोगशालाको निर्माण गर्न सक्ने अवस्था छ ? भनेर सोधेको प्रश्नमा उनले भने, ‘ल्याब त हामीले स्थापना गर्न सक्छौ, पैसाको कारणले रोकिदैन । तर त्यसको लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले पनि केही गर्दो रहेछ । यसको लागि पनि संघीय सरकारसँग कुरा गरिरहेका छौ । यो हुँदा सबभन्दा उचित त्यही हो, हाम्रो जोड पनि हो । तर तत्काल संघीय सरकारको समन्वय र सहयोगबिना राख्न सक्ने स्थिति कम छ । म त यतिसम्म कुरा गरेको छु कि, प्रदेश प्रदेशमा नभएपनि नेपालगञ्जसम्ममा भए पनि हुन्छ ।’

यद्यपी बैठकका सहभागीहरुले कोरोनाको संक्रमण भित्रिन नदिन सुदूरपश्चिम प्रदेश लक डाउन गर्न आग्रह गरेका थिए । भारतसँगका सम्पूर्ण नाकाहरु पूर्ण रुपमा बन्द गर्न आग्रह गरेको बैठकमा सहभागी धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वडले बताए ।

साथै संक्रमण फैलिन नदिन अपनाउनु पर्ने पूर्वसावधानी र तयारी आवश्यक भएकोमा जोड दिएका सहभागीहरुले संक्रमण फैलिएको अवस्थामा संक्रमितहरुको उपचारका लागि छुट्टै आईसोलेसन वार्ड, उपकरण, चिकित्सक लगायत आवश्यक सम्पूर्ण चिजलाई तयारी हालतमा राख्न समेत आग्रह गरेको जनाइएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x