कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
चैत १०, २०७६
कर्णाली प्रदेश सरकारले कोरोना भाइरसको संक्रमणबाट बच्न चैत ७ गते १० दिनभित्रै कर्णाली भित्रिने नागरिकलाई भित्रिसक्न निर्देशन दियो ।
निर्देशन अनुसार कर्णालीमा भेरीगंगा नगरपालिका–५ को बबईबाट दैनिक २५० जनाभन्दा बढी नागरिक भारतबाट फर्केर कर्णाली प्रवेश गरे । ती नागरिक सोमवारसम्म गाउँघर पुगिसकेका छन् ।
कर्णालीका नागरिक कर्णाली फर्किरहेका बेला संघीय सरकारले चैत १० गते बिहान १० बजेदेखि लागू हुने गरी सीमानाका बन्द गर्ने निर्णय गर्यो । भारतसँग सोझै सीमानाका नजोडिएको प्रदेश भएपनि अधिकांश नागरिक रोजगारीका लागि भारतमुखी भएकाले त्यहाँबाट आउने नेपालीले कोरोना भाइरस भित्र्याउन सक्ने खतरा थियो ।
यस्तो बेला प्रदेश सरकारले ४०० पाल सहितको क्वारेन्टाइन सुर्खेत खुलामञ्चमा निर्माण गरिरहेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका नवनिर्मित भवनलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने भनेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रवार कोरोना भाइरस रोकथाम सम्बन्धमा कर्णाली प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको संयुक्त बैठकले चैत ७ गते नै निर्णय गरेको थियो ।
प्रदेश सरकारले भारत तथा अन्य देशबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्ने भन्दै गरेको निर्णय कार्यान्वयन भने भएन । भारतबाट आएका नागरिक सबै आफ्नै गाउँमा पुगिसकेको र सीमानाका पूर्णरुपमा बन्द भइसकेका अवस्थामा सरकारले क्वारेन्टाइनमा लगानी गरिरहेको छ । सरकारले समयमै क्वारेन्टाइन बनाएर निर्णय कार्यान्वयन नगर्दा भारतबाट आएका नेपाली गाउँघर पुगिसकेका छन् ।
‘सरकारले भारत तथा अन्य देशबाट आएका व्यक्तिका लागि क्वारेन्टाइन बनाउने र अनिवार्य रुपमा त्यहाँ राख्ने निर्णय गर्नु राम्रो थियो । तर भारतबाट आएकाहरू क्वारेन्टाइनमा नबसिकनै गाउँघर पुगेका छन्,’ वीरेन्द्रनगर–७ का कमल कार्कीले भने, ‘भारतबाट गाउँमा पुगेका सबै व्यक्तिका लागि हरेक स्थानीय तहमा क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने देखियो ।’
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बबई नाकाबाट दैनिक रुपमा २५० जना जति नागरिक कर्णाली भित्रिरहेको बताए । ‘हामीले नाप्ने भनेको ज्वरो नै हो । रुघाखोकी लागेकालाई पनि जाँचिरहेका छौं । यो बाहेक अन्य साधन छैन,’ उनले भने, ‘ज्वरो आएका हरेक नागरिकलाई मैले पनि फोन गरेर सोधिरहेको छु । ज्वरो आएको खण्डमा हामीले उहाँलाई अस्पताल जान भनिसकेका छौं ।’ हरेक नागरिकलाई सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको उनले बताए ।
‘यहाँ हालसम्म कोही पनि व्यक्तिलाई क्वारेन्टाइनमा राखेका छैनौं । पालिका र वडा तहमा पनि हामीले कोरोना सचेतना समिति निर्माण गरिसकेका छौं । बाहिरबाट आएको हरेक व्यक्तिलाई निगरानी गर्न हामीले खबर गरिसकेका छौं,’ उनले भने, ‘वडाध्यक्ष, पालिका प्रमुख लगायतका जनप्रतिनिधिलाई त्यही अनुसारको परिपत्र सरकारले गरिसकेको अवस्था छ । भारतबाट आएका नागरिक गाउँमा जाने र उनीहरूलाई हामीले सम्झाएर पठाएका छौं । त्यसको निगरानी वडा तहमा नै उहाँहरूले गर्नुहुन्छ ।’
पञ्चपुरी नगरपालिका–१० का वडाध्यक्ष हरिप्रसाद ढकालले कोरोनाबाट नागरिकलाई बचाउन विभिन्न पहल गरिरहेको बताए । ‘मैले बारम्बार बैठक बोलाइरहेको छु । सामाजिक सुरक्षा भत्ता वितरण गर्ने कार्यक्रममा पनि भारतबाट आएका शंकास्पद व्यक्तिलाई १४ दिनसम्म सम्पर्कभन्दा टाढा राख्न आग्रह गरेको छु,’ अध्यक्ष ढकालले भने, ‘यसका अलावा साबुन पानीले हात धुने र स्वास्थ्य जाँच गर्ने व्यवस्था गरेका छौं ।’
रुघाखोकी र ज्वरो आएका व्यक्तिलाई १४ दिनसम्म अलग्गै कोठामा राख्न आग्रह गरिएको उनले बताए । ‘स्वास्थ्यकर्मीसँग पर्याप्त उपकरण छैनन् । उनीहरूले लगाउने सुरक्षित पोशाक पनि छैन । गाउँमा मास्क पनि पाइँदैन । समस्या छ तर पनि हामी कोरोनाबाट बच्न अनुरोध गरिरहेका छौं,’ उनले भने ।
सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले कर्णालीमा कोरोना नै नओस् भन्ने चाहेको बताइन् । ‘हामीले बनाएका क्वारेन्टाइन खाली नै होउन्, कसैले क्वारेन्टाइनमा बस्न नपरोस् भन्ने चाहेका छौं । कर्णालीमा कोरोना नै नआओस् भन्ने हाम्रो चाहना हो,’ उनले भनिन, ‘तर आइसकेपछि नागरिकलाई राख्नको लागि यो तयारी गरेका हौं ।’ भारतबाट आउन रोकिएपनि कसैमाथि शंका भएको खण्डमा क्वारेन्टाइन प्रयोग हुने बताइन् ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...