मंसिर १५, २०८०
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
चैत ११, २०७६
२ नम्बर प्रदेशसँग सीमा जोडिएको भारतीय राज्य बिहारमा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । बिहारमा कोरोना संक्रमित फेला परेपछि त्यहाँको सरकारको उच्च सतर्कता अपनाउँदै लक–डाउन र आवतजावतमा प्रतिबन्धको निर्णय लियो ।
भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा नेपालीहरू त्यहाँबाट घर फर्किन थाले । भारतका विभिन्न प्रदेश र शहरबाट नेपालीहरू खुला सीमानामार्फत नेपाल प्रवेश गरेका छन् ।
नेपाल सरकारले सोमवार बिहानदेखि लागू हुने गरी सबै सीमानाका बन्द गरेको छ ।
जसले गर्दा वैधानिक नाकाबाट नेपालीहरू आवतजावत गर्नसक्ने अवस्था छैन तर यसअघि नै धेरै नेपाली भारतबाट गाउँगाउँसम्म पुगिसकेका छन् ।
न क्वारेन्टाइन, न आइसोलेसन !
महोत्तरी जिल्लाको मटिहानी नगरपालिकास्थित २ वटा सीमानाकाबाट पछिल्ला ९ दिनमा १८ हजार ७४९ जना भारतबाट नेपाल भित्रिएका छन् । मटिहानी नगरपालिकाका नगर प्रमुख हरि मण्डलले गत चैत्र १ देखि ९ गतेसम्म मटिहानी छोटी भन्सार मूल नाका र मधवापुर पेठिया गाछीबाट नेपालीहरू प्रवेश गरेका बताए ।
‘नेपालीलाई नाकामा थर्मल गनसहित तापक्रम नाप्नुका साथै विभिन्न किसिमले सोधपुछ गर्दै प्रवेश दिएको हो,’ उनले भने, ‘जनकपुर, मटिहानीसहित आसपासका गाउँहरूमा ती व्यक्तिहरू गएको भएपनि कता गए भन्ने यकिन छैन ।’ भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइन र निगरानीमा राख्ने व्यवस्था मिलाइएको छैन ।
कसैलाई कोरोना भाइरस संक्रमणको लक्षण देखिए नगरपालिकाको एम्बुलेन्स तयारी अवस्थामा राखिएको समेत उनले बताए । नगरपालिकाभित्र क्वारेन्टाइनको व्यवस्था गरिएको छैन । ‘त्यस्तै परिहाल्यो भने एम्बुलेन्समार्फत नजिकै ७ किलोमिटरमा रहेको जलेश्वर जिल्ला अस्पताल तथा १४ किलोमिटर दूरीमा रहेको प्रादेशिक अस्पताल जनकपुरमा पुर्याउने व्यवस्था गरेका छौं,’ नगर प्रमुख मण्डलले भने, ‘हाम्रो नगरपालिकामा छुट्टै क्वारेन्टाइन गर्ने वा आइसोलेसन सहितको व्यवस्था गर्नका लागि स्रोतसाधन भने छैन ।’
तथ्यांकै राखिएन
महोत्तरीबाट सबैभन्दा बढी संख्यामा मानिस प्रवेश गर्ने नाका जलेश्वर नगरपालिकाको भिठामोड हो । कोरोना भाइरसको त्रासपछि १ दिनमा औसत १ हजारदेखि १२ सय जनासम्म भारतबाट नेपाल भित्रिएका जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले बताए ।
‘कुन दिन कुन–कुन नाकाबाट कति मानिसहरू नेपाल भित्रिएm नेपाल आएर कुन–कुन ठाउँ गए भन्ने कुराको तथ्यांक राख्न सम्भव थिएन,’ उनले भने । भिठामोड, नैन्ही र सुगास्थित नाकामा ३ थान थर्मल गनसहित स्वास्थ्यकर्मीको हेल्थ डेस्क भने राखिएको थियो ।
सोमवारदेखि नगर भित्रका सबै वडामा ब्लिचिङ पाउडर, फिनायल, लामखुट्टे मार्ने औषधि छर्किने काम शुरू गर्नुका साथै गाउँगाउँमा ब्यानर, होडिङ बोर्ड झुण्ड्याएको उनले बताए ।
क्वारेन्टाइन तथा आइसोलेसनको लागि नगरपालिकाबाट छुट्टै व्यवस्था नगरिएपनि जिल्ला अस्पताल जलेश्वर तथा स्वास्थ्य कार्यालय जलेश्वरमा व्यवस्था मिलाइएको उनले बताए । नगरपालिकाको आफ्नै एम्बुलेन्स नभएपनि रेडक्रस, अस्पताल तथा विभिन्न व्यक्ति तथा संघसंस्थालाई तयारी अवस्थामा रही रहन निर्देशन दिइएको उनले बताए ।
भारतबाट निर्धक्क आए नेपाली !
भारतको बिहारसँगै जोडिएको धनुषाको मुख्य नाका नगराइन नगरपालिकाको जटही नाका हो तर यो नाकाबाट कति जना मानिस नेपाल आए भन्ने कुराको तथ्यांक नगरपालिकासँग छैन ।
नगरपालिकाले ३ थान थर्मल गन किनेकोमा २ थान जटही नाकामा स्वास्थ्यकर्मीको हेल्थ डेस्कलाई र एउटा नगरपालिकाले आफ्नै कार्यालयमा प्रयोग गरिरहेको नगर प्रमुख परमेश्वर यादवले बताए ।
चैत्र १० गतेदेखि जटही नाका पनि शिलबन्दी गरिएको उनले बताए । ‘क्वारेन्टाइनको व्यवस्था गरिएको छैन, आवश्यक परे नगरपालिकाका विद्यालयलाई प्रयोगमा ल्याउन सकिने सोचेका छौं,’ यादवले भने, ‘तर हाम्रो नगरपालिका भने ग्रामीण क्षेत्रको नगरपालिका भएका कारण ती सबै सुविधा जुटाउन सम्भव पनि छैन ।’ बाहिर देशबाट आउने मान्छेलाई घरमा पनि भेटघाट नगर्न भनेर जनचेतना फैलाउन कोशिश गरिएपनि गाउँमा सम्भव हुन नसकेको उनले बताए ।
धनुषाको जनकनन्दिनी गाउँपालिका अन्तर्गतको सीमानाका भएर धेरैजसो व्यक्ति नेपाल प्रवेश गरेका थिए । भारतको जयनगर रेल्वे स्टेसन छुने गाउँपालिका भएका कारण दैनिक रुपमा खजुरी, इनर्वा नाकाबाट लगभग ३ हजारसम्म व्यक्ति नेपाल भित्रिने गरेका छन् ।
जनक नन्दिनी गाउँपालिकाकी उपाध्यक्ष भारती कार्कीले सोधपुछ गरेर नेपालीलाई प्रवेश गर्न दिइएको बताइन् । इनर्वा, प्रखे महुवा र बल्हा गोठमा गरेर ३ ठाउँमा हेल्थ डेस्क स्थापना गरिएका थिए ।
गाउँपालिकामा स्वास्थ्यकर्मीको अभाव छ । क्वारेन्टाइनको व्यवस्था पनि गरिएको छैन । ‘केही दिनअघि भारतको अहमदाबादबाट आएका महुवाका २ जना युवामा कोरोना संक्रमण भएको आशंकामा गाउँपालिकाकै एम्बुलेन्समार्फत ८ हजार रुपैयाँ दिएर भारतको बिहारस्थित मधुवनी उपचारका लागि पठाएका थियौं,’ उपाध्यक्ष कार्कीले लोकान्तरसँग भनिन्, ‘त्यहाँ अस्पतालमा ‘नेगेटिभ’ रिपोर्ट आएपछि पनि गाउँले गाउँ प्रवेशमा रोक लगाएका थिए । त्यसपछि हामीले प्रादेशिक अस्पताल जनकपुरमा पठाएका थियौं, त्यहाँ ९ दिन राखेर उनीहरू गाउँ फर्किएका छन् ।’
गाउँपालिका अध्यक्ष अब्दुल बारीक शेख भने क्यान्सर पीडित भएर उपचारमा भएको कारण उपाध्यक्ष कार्कीले नै नेतृत्व गरेकी छिन् । धनुषाको मुखियापट्टि मुसहर्निया गाउँपालिकाबाट समेत धेरै व्यक्ति नेपाल प्रवेश गरेका अध्यक्ष मनोजकुमार यादवले बताए ।
कोरोना भाइरसको त्रासबीच २ नम्बर प्रदेशका सबै नाकाबाट नेपालहरू भित्रिएका छन् । भित्रिएका व्यक्तिमा कोरोनाको संक्रमण छ वा छैन भन्ने कुनै यकिन विवरण छैन ।
धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...
प्रत्येक भाषणमा पारदर्शिता र सुशासनको गफ लगाउने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सचिवालयलाई निकै जम्बो बनाएको पाइएको छ । परिवारका सदस्यदेखि आफूनिकटका व्यक्ति समेत झन्डै ३ दर्जन बढीलाई निय...
काठमाडौं महानगरपालिका वडा नम्बर– ३ बाँसबारीमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रनजिकै सञ्चालनमा छ, द चाँदबाग स्कूल । विनोद चौधरी नेतृत्वको सीजी ग्रुपअन्तर्गत सीजी एजुकेसनले सञ्चालन गरेको उक्त स्कू...
बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हडपेको आरोप लागेका नेपाली कांग्रेसका सांसद तथा डलर अर्बपति विनोद चौधरी केही दिनअघि भारत हानिए । ५ दिनअगाडि उनले भारतका केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्र सिंह शेखावतसँग ...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा समेत अर्थमन्त्री वर्षमान पुनको भूमिका शंकास्पद देखिएको छ । २०६८ सालमा अर्थमन्त्री रहेका बेला पुनले प्रचलित कानून, विधि र मापदण्डविपरीत विमानस्थल ...
संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...