क्वारेन्टाइनमा बस्नू भन्दा यी यात्रुले छाडिन् मुख (भिडियो)

चीनमा एक हवाईयात्रुले कोरोनाभाइरसबाट संक्रमित मुलुकबाट आउँदा पनि क्वारेन्टाइनमा बस्न नमानेर विमानस्थलका कर्मचारीविरुद्ध मुख छाडेकी छन् । 

सामाजिक सञ्जालमा देखिएको भिडियो फूटेजमा ३० वर्षीया ती यात्रुले हाज्मात सुट लगाएका स्वास्थ्य अधिकारीसँग चोङकिङ अन्तर्राष्ट्रिय विमानस्थलमा झगडा गरेको देखिन्छ । 


Advertisement

उनी विमानस्थल कर्मचारीमाथि चिच्याइरहेको सुनिन्छ । उनी भन्छिन्, ‘म तँलाई मुद्दा हाल्छु । म मरे पनि क्वारेन्टाइनमा बस्दिनँ । तँलाई जाँ... ।’

झगडा शान्त गराउन आएका अन्य यात्रुलाई पनि ती आक्रोशित महिलाले चिच्याउँदै भनिन्, ‘तिमीहरू चुप लाग ।’


Advertisement

ती महिला थाइल्यान्डको फुकेतबाट मार्च ११ मा शांघाई आएकी थिइन् । त्यसपछि उनी आइतवार चोङकिङ गएकी थिइन् । 

चीन आएपछि उनले एकान्तवासमा बस्नैपर्ने नयाँ क्वारेन्टाइन नियम रहेको चिनियाँ सञ्चारमाध्यमले लेखेका छन् । 

चिनियाँ अधिकारीहरूले भाइरस संक्रमित मुलुकहरूबाट आउने यात्रुलाई १४ दिन क्वारेन्टाइनमा बस्न आदेश दिएका छन् । बाहिरबाट आएका मानिसले संक्रमण नसारून् भनी यस्तो व्यवस्था गरिएको हो । 

महिलाले शांघाई विमानस्थलमा आफूलाई हरियो हेल्थ कोड दिइएको दाबी गरिन् । तर आफू भाइरसमुक्त भएको प्रमाणित गर्ने कुनै पनि दस्तावेज उनले देखाउन सकिनन् । 

उनी क्वारेन्टाइनमा बस्न नमानेपछि शांघाई नै फर्किएको विश्वास गरिएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्