×

NMB BANK
NIC ASIA

कोरोना संक्रमित युवती चढेको विमानमा एकै प्रदेशका ३४ यात्रु, १२ जना सम्पर्कविहीन

चैत १३, २०७६

NTC
Premier Steels

चैत्र ४ गते कतार हुँदै फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका प्रदेश २ का ३४ जनामध्ये हाल सम्म २२ जनाको मात्र खोजी हुन सकेको छ ।

Muktinath Bank

कतार एयरवेजको कल साइन क्युआर ६५२ विमानबाट प्रदेश २ का कूल ३४ जना काठमाडौं अवतरण गरेका थिए । तर तीमध्ये हालसम्म २२ जनासँग मात्र प्रहरीले सम्पर्क स्थापित गर्न सकेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता जय सापकोटाले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गृह मन्त्रालयद्वारा पठाइएको  कूल ३४  जनामध्ये  हामीले २२ जनासँग सम्पर्क स्थापित गरेका छौँ,’ प्रहरी उपरीक्षक सापकोटाले लोकान्तरसँग भने, ‘सम्पर्कमा आएकामध्ये केहीलाई सेल्फ होम क्वारेन्टाइनमै निगरानी साथ् राखेका छौं भने केहीलाई प्रदेश सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा राखेका छौं ।’


Advertisment
Nabil box
Kumari

बुधवारसम्म १४ जना सम्पर्कमा आएका थिए । बिहिवार थप ८ जना सम्पर्कमा आएका छन् । बाँकी १२  जनाको खोजी कार्य जारी नै रहेको उनले बताए । उनीहरु अन्यत्र स्थानहरुमा भागेर लुकीछिपी बसिरहेका कारण फेला नपरेको उनले जनाए । सम्पर्क स्थापित भएका २२ जनामध्ये हालसम्म कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण तत्काल देखिएको छैन तर १४ दिनसम्म निगरानीमा राखिने उनले बताए ।

Vianet communication

प्रदेश प्रहरीको तथ्यांकअनुसार हालसम्म सिराहाका ४ जना आएकोमा ३ जना सम्पर्कमा आएका छन् । त्यसैगरी धनुषाका ११ जनामध्ये ५ जना,  महोत्तरीका ११ जना, सप्तरीका १ जना र बाराका २ जना गरेर कूल २२ जना  सम्पर्कमा आएका छन् । धनुषाका ६ जना, सप्तरीका १ जना, सिराहाका १ जना र सर्लाहीका ४ जना गरी १२ जना सम्पर्कमा आउन सकेका छैनन् । 

को-को फेला परे ?

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार हालसम्म सिरहाका ४ जनामध्ये २ जना मात्र फेला परेका छन् । सिरहा नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय मोहम्मद असजज र सिराहाको सखुवा अन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय रबिन कुमार यादवलाई होम क्वारेन्टाइनमा राखिएको छ । सिराहाका राजकुमार टाटामाट र सुजिता शर्मा सम्पर्कमा आएका छैनन् । सुजित शर्मा भने महोत्तरीमा लुकेर बसेको सूचनाका आधारमा खोजी कार्य भइरहेको छ ।

त्यसैगरी धनुषाको कुल ११ जनामध्ये ५ जना मात्र सम्पर्कमा आएका छन् । जनकपुर उपमहानगर २१ कुर्थाका २१ वर्षीय प्रवेश महरा, साविक ठील्ला गाविस वडा नम्बर ५ का २२ वर्षीय मोहम्मद सफिउल्ला राइन, जनकपुर उपमहानगर २० देवपुरा रुपैठाका ३५ वर्षीय राम एकवाल महरा , मिथिला नगरपालिका वडा नम्बर ८ बेंगा डाबरका २५ वर्षीय सूर्य बहादुर स्याङबो , गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारका २६ वर्षिय नसिरुल मलाङ  भने प्रहरीको सम्पर्कमा आएका छन् ।  उनीहरु पनि होमक्वारेन्टाइनमा नै रहेका छन् । 

त्यसैगरी धनुषाका सबिन यादव, मोहना साह, विनोद राउत, नुर मोहम्मद, गुन्जेश्वर राउत भूमिहार र विपिन कुमार सोनार गरी ६ जना सम्पर्कमा आएका छैनन् ।

त्यसैगरी महोत्तरीको कुल १४ जनामध्ये सबै जना सम्पर्कमा आएका छन् । सुगा भवानीपट्टि ७ का मोसिन राजा र हमिद राजा, सहसौला ७ का अखिलेश ठाकुर, मझौरा बिसनपुर ७ का अजय महतो, सुन्दरपुर ७ का भोगेन्द्र कुमार ठाकुर, नैन्ही ८ का राजकुमार राम र सिमराढी ९ का सुजितकुमार ठाकुर प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरु पनि सेल्फ होम क्वारेन्टाइनमा छन् ।

त्यसैगरी महोत्तरीको खुट्टा पिपराढीका मोहम्मद अजिम, बैर्गी्निया लक्ष्मीनिया ३ का मोहम्मद माधव जावेद, लोहारपट्टि नगरपालिका ४ का प्रतीक्षा शर्मा र प्रत्यूष शर्मा सम्पर्कमा आएर होम क्वारेन्टाइनमा बसेका छन् । 

सर्लाहीका चार जना दिलिप पौडेल, उमेश महतो, रामा पौडेल र आजमाल हुसैन सम्पर्कमा नै आएका छैनन् । बाराका ३३ वर्षीय सलाउद्दीन अन्सारी र २९ वर्षीय शेख अख्तर मोहम्मदलाई कालिया अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी सप्तरीका जितेन्द्र मण्डल सम्पर्कमा आएपनि हरि श्रेष्ठ फेला पर्न सकेका छैनन् ।

व्यक्तिको पहिचान भएपनि अन्य सम्पर्क खोजिएन

कतार एयरवेजबाट ती व्यक्तिहरु आएर कहाँ बसेका छन् भन्ने कुरा खोज्नमा मात्र प्रहरी सिमित भएको छ । पहिचान भएका र होम क्वारेन्टाइनमा राखिएका ती व्यक्तिहरु काठमाडौंदेखि आ-आफनो घरसम्म कसरी आए, कुन कुन व्यक्तिहरुसँगको सम्पर्कमा आए त्यो शृंखला भने सम्बन्धित निकायले खोजेकै छैन ।

‘हामीले अहिले प्रदेश २ का ती ३३ जनाको खोजी गरिरहेका छौं,’ प्रदेश प्रहरी प्रवक्ता सापकोटाले भने, ‘अब ती मानिसहरु को-को व्यक्तिको सम्पर्कमा आए भन्ने कुरा सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीहरुले खोजी गरिरहेका होलान् ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x