×

NMB BANK
NIC ASIA

हिजो दिनभर : कोरोनाको तेस्रो संक्रमित फेला परेको २४ घण्टामै ७१ जनाको परीक्षण, भारतमा ‘लक–डाउन’ हुँदा नेपालमा औषधि आपूर्ति रोकियो

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमित युवती चढेको विमानमा एकै प्रदेशका ३४ यात्रु, १२ जना सम्पर्कविहीन

चैत्र ४ गते कतार हुँदै फ्रान्सबाट आएकी १९ वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आएका प्रदेश २ का ३४ जनामध्ये हाल सम्म २२ जनाको मात्र खोजी हुन सकेको छ ।

Muktinath Bank

कतार एयरवेजको कल साइन क्युआर ६५२ विमानबाट प्रदेश २ का कूल ३४ जना काठमाडौं अवतरण गरेका थिए । तर तीमध्ये हालसम्म २२ जनासँग मात्र प्रहरीले सम्पर्क स्थापित गर्न सकेको प्रदेश २ प्रहरी कार्यालयका प्रवक्ता जय सापकोटाले बताएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गृह मन्त्रालयद्वारा पठाइएको  कूल ३४  जनामध्ये  हामीले २२ जनासँग सम्पर्क स्थापित गरेका छौँ,’ प्रहरी उपरीक्षक सापकोटाले लोकान्तरसँग भने, ‘सम्पर्कमा आएकामध्ये केहीलाई सेल्फ होम क्वारेन्टाइनमै निगरानी साथ् राखेका छौं भने केहीलाई प्रदेश सरकारले व्यवस्था गरेको क्वारेन्टाइनमा राखेका छौं ।’


Advertisment
Nabil box
Kumari

बुधवारसम्म १४ जना सम्पर्कमा आएका थिए । बिहिवार थप ८ जना सम्पर्कमा आएका छन् । बाँकी १२  जनाको खोजी कार्य जारी नै रहेको उनले बताए । उनीहरु अन्यत्र स्थानहरुमा भागेर लुकीछिपी बसिरहेका कारण फेला नपरेको उनले जनाए । सम्पर्क स्थापित भएका २२ जनामध्ये हालसम्म कुनै पनि व्यक्तिमा कोरोना भाइरसको संक्रमण तत्काल देखिएको छैन तर १४ दिनसम्म निगरानीमा राखिने उनले बताए ।

Vianet communication
Laxmi Bank

प्रदेश प्रहरीको तथ्यांकअनुसार हालसम्म सिराहाका ४ जना आएकोमा ३ जना सम्पर्कमा आएका छन् । त्यसैगरी धनुषाका ११ जनामध्ये ५ जना,  महोत्तरीका ११ जना, सप्तरीका १ जना र बाराका २ जना गरेर कूल २२ जना  सम्पर्कमा आएका छन् । धनुषाका ६ जना, सप्तरीका १ जना, सिराहाका १ जना र सर्लाहीका ४ जना गरी १२ जना सम्पर्कमा आउन सकेका छैनन् । 

को-को फेला परे ?

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार हालसम्म सिरहाका ४ जनामध्ये २ जना मात्र फेला परेका छन् । सिरहा नगरपालिका वडा नम्बर ७ का ३६ वर्षीय मोहम्मद असजज र सिराहाको सखुवा अन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ का २३ वर्षीय रबिन कुमार यादवलाई होम क्वारेन्टाइनमा राखिएको छ । सिराहाका राजकुमार टाटामाट र सुजिता शर्मा सम्पर्कमा आएका छैनन् । सुजित शर्मा भने महोत्तरीमा लुकेर बसेको सूचनाका आधारमा खोजी कार्य भइरहेको छ ।

त्यसैगरी धनुषाको कुल ११ जनामध्ये ५ जना मात्र सम्पर्कमा आएका छन् । जनकपुर उपमहानगर २१ कुर्थाका २१ वर्षीय प्रवेश महरा, साविक ठील्ला गाविस वडा नम्बर ५ का २२ वर्षीय मोहम्मद सफिउल्ला राइन, जनकपुर उपमहानगर २० देवपुरा रुपैठाका ३५ वर्षीय राम एकवाल महरा , मिथिला नगरपालिका वडा नम्बर ८ बेंगा डाबरका २५ वर्षीय सूर्य बहादुर स्याङबो , गणेशमान चारनाथ नगरपालिकाको विरेन्द्रबजारका २६ वर्षिय नसिरुल मलाङ  भने प्रहरीको सम्पर्कमा आएका छन् ।  उनीहरु पनि होमक्वारेन्टाइनमा नै रहेका छन् । 

त्यसैगरी धनुषाका सबिन यादव, मोहना साह, विनोद राउत, नुर मोहम्मद, गुन्जेश्वर राउत भूमिहार र विपिन कुमार सोनार गरी ६ जना सम्पर्कमा आएका छैनन् ।

त्यसैगरी महोत्तरीको कुल १४ जनामध्ये सबै जना सम्पर्कमा आएका छन् । सुगा भवानीपट्टि ७ का मोसिन राजा र हमिद राजा, सहसौला ७ का अखिलेश ठाकुर, मझौरा बिसनपुर ७ का अजय महतो, सुन्दरपुर ७ का भोगेन्द्र कुमार ठाकुर, नैन्ही ८ का राजकुमार राम र सिमराढी ९ का सुजितकुमार ठाकुर प्रहरीको सम्पर्कमा आएका छन् । उनीहरु पनि सेल्फ होम क्वारेन्टाइनमा छन् ।

त्यसैगरी महोत्तरीको खुट्टा पिपराढीका मोहम्मद अजिम, बैर्गी्निया लक्ष्मीनिया ३ का मोहम्मद माधव जावेद, लोहारपट्टि नगरपालिका ४ का प्रतीक्षा शर्मा र प्रत्यूष शर्मा सम्पर्कमा आएर होम क्वारेन्टाइनमा बसेका छन् । 

सर्लाहीका चार जना दिलिप पौडेल, उमेश महतो, रामा पौडेल र आजमाल हुसैन सम्पर्कमा नै आएका छैनन् । बाराका ३३ वर्षीय सलाउद्दीन अन्सारी र २९ वर्षीय शेख अख्तर मोहम्मदलाई कालिया अस्पतालको क्वारेन्टाइनमा राखिएको छ । त्यसैगरी सप्तरीका जितेन्द्र मण्डल सम्पर्कमा आएपनि हरि श्रेष्ठ फेला पर्न सकेका छैनन् ।

व्यक्तिको पहिचान भएपनि अन्य सम्पर्क खोजिएन

कतार एयरवेजबाट ती व्यक्तिहरु आएर कहाँ बसेका छन् भन्ने कुरा खोज्नमा मात्र प्रहरी सिमित भएको छ । पहिचान भएका र होम क्वारेन्टाइनमा राखिएका ती व्यक्तिहरु काठमाडौंदेखि आ-आफनो घरसम्म कसरी आए, कुन कुन व्यक्तिहरुसँगको सम्पर्कमा आए त्यो शृंखला भने सम्बन्धित निकायले खोजेकै छैन ।

‘हामीले अहिले प्रदेश २ का ती ३३ जनाको खोजी गरिरहेका छौं,’ प्रदेश प्रहरी प्रवक्ता सापकोटाले भने, ‘अब ती मानिसहरु को-को व्यक्तिको सम्पर्कमा आए भन्ने कुरा सम्बन्धित जिल्लाका स्वास्थ्यकर्मीहरुले खोजी गरिरहेका होलान् ।’

कोरोना प्रभावितका लागि विशेष राहत प्याकेज घोषणा गर्न सभापति देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वभर फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुन ‘लक–डाउन’ उत्तम विकल्प भएपनि यसबाट प्रभावित न्यून आय भएका व्यक्तिका लागि तत्काल राहत प्याकेज घोषणा गर्न आग्रह गरेका छन् ।

उनले दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएका व्यक्तिका लागि तत्काल विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग बिहीवार अनुरोध गरेका छन् ।

सभापति देउवाले लक–डाउनमा सरकारले दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध पनि गर्न आवश्यक रहेको बताउँदै कोरोना भाइरसबाट सुरक्षित हुँदाहुँदै कोही पनि भोकमरीको शिकार बन्न नपरोस् भनी उल्लेख गरे ।

‘लक-डाउन’मा कालोबजारी गर्ने ३ जना पक्राउ

कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापी ‘लक–डाउन’ जारी भएको मौका छोपि धनुषामा आलु र प्याजको कालोबजारी गर्ने ३ व्यापारी पक्राउ परेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल, वडा नम्बर ४ महावीर चोकका २० वर्षीय अंकित साह र वडा नम्बर ४ महावीर चोकका विकासकुमार साह रहेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यापारीले आलु प्रतिकेजी ५० रुपैयाँ र प्याज प्रतिकेजी १०० रुपैयाँमा बिक्री गरिरहेको जनाइएको छ ।

पक्राउ गरिएकाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।

व्यापारीलाई गृह मन्त्रालयको निर्देशन : फोनबाट माग लिएर सामान घरमै पुर्‍याउनू

दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन गृह मन्त्रालयले व्यापारी र बिक्रेतालाई निर्देशन दिएको छ ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बिहीवार बसेको बैठकले दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन फोनबाट वस्तुको माग संकलन र ‘डेलिभरी भ्यान’बाट आपूर्ति गर्ने निर्णय गरेको छ ।

बिक्रेतालाई आवश्यक पर्ने सुरक्षा, भ्यानको पास लगायत सुविधा जिल्ला प्रशासन, स्थानीय तह र वडा कार्यालयबाट उपलब्ध हुने निर्णय बैठकले गरेको छ । 

प्रवक्ता केदारनाथ शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा सर्वसाधारणलाई घरभित्रै बसिदिन अपिल समेत गरिएको छ ।

भारतमा ‘लक–डाउन’ हुँदा नेपालमा औषधि आपूर्ति रोकियो, पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्राचार

दैनिक उपभोग्य सामग्री र औषधिको आपूर्तिमा असहजता भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतसँग पहल गरिदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ ।

औषधि लगायत दैनिक उपभोग्य सामग्रीको आपूर्ति सहज गराउन भारतको सम्बन्धित निकायमा पत्राचार गरिदिन भन्दै उद्योगले परराष्ट्रलाई पत्र लेखेको हो ।

भारत सरकारले अवलम्बन गरेको ‘लक–डाउन’का कारण औषधि तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा असहजता भएको मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।

अत्यावश्यक वस्तुको आपूर्ति चक्रलाई सहज बनाउन भारत सरकारको सहयोग हुनुपर्ने भन्दै मन्त्रालयले भारतको सम्बन्धित निकायमा पत्राचार गरिदिन परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ ।

विशेष परिस्थितिमा मानव स्वास्थ्यमा कुनै सम्झौता नहुने गरी भारत र तेस्रो मुलुकबाट आउने दैनिक उपभोग्य खाद्यवस्तु र औषधिजन्य वस्तुको आपूर्ति व्यवस्थालाई सहज बनाउने गरी पत्र लेख्न उद्योगले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिएको छ ।

कोरोनाको तेस्रो संक्रमित फेला परेको २४ घण्टामै ७१ जनाको परीक्षण

बुधवार नेपालमा कोरोना भाइरसको तेस्रो व्यक्ति संक्रमित भएपछि २४ घण्टा भित्रमा ७१ जनाको नमूना परीक्षण गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा चैत्र १२ गतेसम्म कूल ६ सय ८७ जना मानिसको नमूना परीक्षण गरिएको तथ्यांक प्रयोगशालाको वेबसाइटमा उल्लेख थियो ।

तर त्यसको ठिक २४ घण्टा नबित्दै चैत्र १३ गते दिउसो अपलोड गरिएको अपडेट अनुसार कूल ७ सय ५८ जनाको नमूनाको परीक्षण गरिएको छ ।

चैत्र ६ गते दुबईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट आएका धादिङका एक जना ३२ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण रहेको चैत्र १२ गते पुष्टि भएको थियो । ती व्यक्तिको परीक्षण गरिएको नमूना पोजिटिभ आएपछि उनी को कोसँग सम्पर्कमा रहे, ती व्यक्तिहरुको समेत नमूना संकलन गरेर परीक्षण गर्ने काम तीव्र रुपमा अगाडि बढिरहेकाले  नमूना संकलन तथा परीक्षणको दर बढेको हो ।

राष्ट्रिय जन स्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश कुमार गुप्ताले थप परीक्षणमध्ये के कस्ता परिणाम आए भन्नेबारे जानकारी दिन चाहेनन् ।  प्रयोगशालाकी निर्देशक डा. रुना झालेसमेत सबै सुचना अब इपिडीमियोलोजी सरुवा रोग तथा नियन्त्रण महाशाखाले नै सूचना दिने लोकान्तरसँग बताइन् ।

इपिडीमियोलोजी सरुवा रोग तथा नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले भने , ‘अहिलेसम्म गरिएको परीक्षणमा नेपालमा ३ जनामा मात्र कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।’

संक्रमित व्यक्तिनिकटको नमूना परीक्षण गर्नुका साथै काठमाडौं उपत्यकाबाहिर रहेका विभिन्न अस्पतालहरुमा संकलन गरिएका नमूनाको परीक्षण गर्ने तीव्रता बढेका कारण एकै दिनमा यति ठूलो संख्यामा परीक्षण गरिएको हो, पाण्डेले लोकान्तरसँग भने, ‘बिहिवार गरिएको ती ७१ जनाको नमूना परीक्षणमा भने नयाँ संक्रमण देखिएको छैन ।’

पोखरामा अलपत्र ५८ फ्रेन्च नागरिकलाई विमानबाट काठमाडाैँ ल्याइयाे, स्वदेश फर्काइने

फ्रान्सबाट पोखरा घुम्न आएका ५८ जना फ्रेन्चहरुलाई बिहीबार पोखराबाट विमानमार्फत काठमाडौं लगिएको छ । फ्रान्सको राजदूतावासले उनीहरुलाई स्वदेश फर्काउन गरेको सो पहल गरेको हो । 

नागरिक उड्डयन प्राधिकरण पोखरा शाखाका प्रमुख भोलाप्रसाद गुरागाईँका अनुसार विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको सम्भावित जोखिम नेपालमा पनि बढेपछि उनीहरुलाई सम्बन्धित देशको राजदूतावासले स्वदेश फर्काउन गरेको पहलअनुसार बिहीबार बुद्ध एयरको विमानबाट काठमाडौं पठाइएको हो । उनीहरु ४ बजेर १७ मिनेटमा पोखराबाट काठमाडौंका लागि उडेका हुन्।

नेपाल घुम्ने क्रममा केही दिन अघि उनीहरु पोखरा हुँदै  ट्रेकिङ गएकोमा ट्रेकिङबाट फर्किने क्रममा सरकारले मंगलबारदेखि देशभर ३ लकडाउन गरेपछि उनीहरु पोखरामै अड्किएका थिए । 

यता, पोखरा वडा ५, मालेपाटनस्थित कृषि कार्यालयको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा १८ जना मानिसलाई राख्न सुरु गरिएको छ । कुल ६० बेड क्षमताको सो क्वारेन्टाइनमा ५ महिला र ११ जना पुरुष रहेको मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनीहरुको परिचय भने खुलाइएको छैन । गण्डकी प्रदेश सरकारको पहलमा सो क्वारेन्टाइन निर्माण गरिएको हो । आवश्यकता अनुसार मातृशिशु अस्पताललाई क्वारेन्टाइनको रुपमा विकास गर्न सकिने प्रदेश सरकारले जनायो । 

यस्तै, पोखरा ३, नदीपुरमा केही मानिस होम क्वारेन्टाइनमा राखिएको अवस्था छ । बेलायतबाट नेपाल फर्किएका ५ जना, दुवईबाट फर्किएका ४ जना र कतारबाट फर्किएका १ जना गरी १०  जनालाई सुरक्षित रुपमा होम क्वारेन्टाइनमै बस्ने व्यवस्था मिलाइएको पोखरा महानगरले जनाएको  छ । 

पोखरा महानगरपालिकाले पोखराको बगालेटोलस्थित लेक सिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालिमा १ सय  र पोखराको नदीपुरस्थित पद्म नर्सिङ होमको स्वामित्वमा रहेको साविक बुद्ध अस्पतालमा ५० बेड क्षमताको क्वारेन्टाइन तयार पारेको छ । 

यस्तै, कोरोना संक्रमण व्यवस्थापनका लागि लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालको रुपमा विकास गरिने भएको छ । कास्कीको रुपा गाउँपालिकाले गाउँकै एक स्कुलमा २० बेड क्षमताको क्वारेन्टाइन बनाई विदेशबाट हालै फर्किएकाहरुलाई ३ दिनदेखि राखिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x