×

NMB BANK
NIC ASIA

नेपाली कामदारहरू भएको मलेसियाको अग्रणी पञ्जा कम्पनी भन्छ– अत्यधिक मागका कारण गाह्रो

चैत १६, २०७६

NTC
Premier Steels

मलेसियाको अग्रणी पञ्जा कम्पनी टप ग्लोभ कर्पोरेसन बीएचडीले संसारभरि उत्पादन हुने पञ्जाको २० प्रतिशत उत्पादन गर्ने गरेको छ । अहिले कोरोनाभाइरस फैलिएपछि युरोप र अमेरिकामा पञ्जाको माग ह्वात्तै बढेकाले मागअनुसारको उत्पादन गर्न गाह्रो परेको कम्पनीले जनाएको छ ।

Muktinath Bank

कम्पनीले मागको वृद्धिलाई सम्बोधन गर्न थप ढुवानीको समय बढाउन थालेको कार्यकारी अध्यक्ष लिम वी चाइले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लिमले विगत केही हप्तायता युरोप र अमेरिकाबाट बेस्सरी माग आएको र त्यो माग कम्पनीले उत्पादन गर्नेभन्दा लगभग दोब्बर रहेको बताए । टप ग्लोभले दिनको २० करोड प्राकृतिक तथा सिन्थेटिक रबर पञ्जाहरू उत्पादन गर्न सक्छ । 


Advertisment
Nabil box
Kumari

अहिले २०२ देश तथा भूमिमा ६ लाखभन्दा बढी कोरोना संक्रमणका केस आएका छन् । अमेरिकामा संक्रमितको संख्या ह्वात्तै बढेर गएको छ भने युरोपमा मृत्युदर उच्च छ । 

Vianet communication

‘केही ग्राहकहरूले सामान थुपार्नका लागि बढी अर्डर गरिरहेका छन् । सामान्यतया उनीहरू महिनाको १० कन्टेनर मगाउँथे भने अहिले २० कन्टेनर मगाउन थालेका छन्,’ उनले भने । 

विश्व स्वास्थ्य संगठनले भाइरस रोक्ने प्रयासमा अवरोध पुग्नेगरी संसारभरि व्यक्तिगत सुरक्षा उपकरणको अभाव हुन थालेको भनी शुक्रवार चेतावनी दिएको थियो । 

बेस्सरी पञ्जा किन्ने काम अर्को तीन महिनासम्म हुन सक्छ तर व्यापक मागहरू नौ महिनासम्म जान सक्छ जबकि एसियाली बजारहरूमा यसको माग घट्न थालेको छ, लिमले भने । 

अहिलेको स्थिति सम्हाल्न कम्पनीले सामान डेलिभरी गर्ने समय न्यूनतम ३० दिनदेखि अधिकतम १५० दिनसम्म हुने गरी मिलाएको छ । 

उत्पादन जारी राख्न कम्पनीले एक हजार कामदार थप्दैछ । टप ग्लोभले प्रायः नेपाली कामदारहरू राख्ने गर्छ तर यात्रा प्रतिबन्धका कारण अहिले उसले मलेसियाकै कामदारहरू राख्न थालेको छ ।

रोयटर्सबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x