×

NMB BANK
NIC ASIA

कोरोना कहर : कर्णालीमा २ सय बढि क्वारेन्टाइनमा, भारतबाट आउने कै डर !

चैत १६, २०७६

NTC
Premier Steels

कर्णाली प्रदेशका १० वटा जिल्लामा कोरोना त्रास भारतबाट आएकाहरुकै कारण थप फैलिएको छ ।

Muktinath Bank

दश वटा जिल्ला रहेको कर्णाली प्रदेशमा दुइ हजार भन्दा बढि क्वारेन्नटाइन बनिसकेका छन् । सबैभन्दा बढि सुर्खेत जिल्लामा क्वारेन्टाईन निर्माण भएको छ भने क्वारेन्टाईनमा पनि सुर्खेतमा नै सबैभन्दा बढि वयक्तिलाई राखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुर्खेत जिल्लामा शनिवारसम्म ४६० बेडसहितको क्वारेन्टाईन तयार भइसकेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खड्काले जानकारी दिए । उनका अनुसार जिल्ला सदरमुकाममा अन्य ६०० बेडको क्वारेन्टाईन निर्माण भइरहेको छ ।  जिल्लामा रहेका अन्य पालिकाहरुको विवरण भने नआइसकेको उनको भनाइ छ । वीरेन्द्रनगरमा निर्माण गरिएका क्वारेन्टाइनमा १०४ जना बसिरहेका छन् ।


Advertisment
Nabil box
Kumari

जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले शुक्रबार साँझसम्म २०२ शैयाको क्वारेन्टाइन तयार भएको बताइन् ।  सबै पालिकाले क्वारेन्टाइन बनाइसकेको बताउँदै उनले ३९ जना क्वारेन्टाइनमा बसिरहेको लोकान्तरलाई जानकारी दिईन । भारतबाट आएका ७५ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको उनको भनाइ छ ।

Vianet communication

डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी शर्माका अनुसार जगदुल्लामा ६० बेड, डोल्पोबुद्धले १ सय भन्दा बढि, सदरमुकाममा २० जना अट्ने, काइके गाउँपालिका र त्रिपुरासुन्दरी नगरपालिकाले पनि बनाएको जानकारी दिईन । नेपालगञ्जबाट एक सय जनाको टोली डोल्पा आइसकेको बताउँदै उनले उनीहरु सबैलाई राती दुइ बजे चेकजाँच गरेर मात्रै घर पठाइएको बताइन् । 

जिल्ला प्रशासन कार्यालय सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी नारायण लामिछानेका अनुसार जिल्लामा स्वास्थ्य सेवा कार्यालयले २० जनाको लागि क्वारेन्टाइन बनाएको जानकारी दिए । अन्य स्थानीय तहमा कहाँ कति क्वारेन्टाइन बने र कतिजना बसिरहेका छन भन्ने जानकारी प्राप्त भइ नसकेको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाका अनुसार सोरु गाउँपालिका बाहेक अन्य गाउँपालिकामा न्यूनतम २५ जना अट्नेगरी क्वारेन्टाइन् बनिसकेको जानकारी दिए । जिल्लामा ८५ जनाकालागि क्वारेन्टाईन बनाइएको बताउँदै उनले सोरु गाउँपालिकासँग सम्पर्क गर्ने प्रयास भइरहेको जानकारी दिए । भारतबाट आएकाहरुबाट नै नागरिक त्रसित रहेको बताउँदै वढा अध्यक्ष तथा जनप्रतिनिधिको निगरानीमा उनिहरुलाई सेल्फ क्वारेन्टाइनमै बस्न दिइएको उनको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले ६२१ बेडको क्वारेन्टाईन बनाइसकिएको बताए । शुक्रबारसम्म जिल्लामा रहेका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका ५१ जनालाई राखिसकिएको उनको भनाइ थियो ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ६८ जनाको निगरानी भइरहेको बताए । उनीहरु सबै जना भारतबाटै आएकाले उनिहरुको पालिकाले नै निगरानी गरि होम क्वारेन्टाइनमा राखिएको तथा अन्य पाँच जनालाई सबै पालिकाले खर्च व्यहोर्ने गरि जिल्लामा राखिएको बताए ।

जिल्ला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जिल्लाका विभिन्न स्थानमा हालसम्म १३८ बेडको क्वारेन्टाईन निर्माण भइसकेको जानकारी दिए । यसका अतिरिक्त जिल्लामा ३३ बेडको आइसोलेसन, तीन बेडको स्वास्थ्य सेवा कार्यालयमा हाइ केयर युनिट बनाईएको छ भने ८ जना दुल्लुमा क्वारेन्टाईनमा बसिरहेको उनको भनाइ छ । हाल जिल्लाको आठबीस नगरपालिकाको वडा नं. ४ मा दुइ जना आइसोलेसन बेडमा उपचार गराइरहेको प्रजिअ कट्टेलको भनाइ थियो ।

यता, प्रदेश अस्पतालका  कन्सल्टेन्ट फिजिसियन तथा कोरोनाका फोकल पर्सन डा. के. एन. पौडेलले प्रदेश अस्पताल सुर्खेतमा ५० वटा आइसोलेसनको बेड तयार भएको जानकारी दिए । ‘हामीले अहिले ५० वटा बेड आइसोलेसनकालागि तयार पारेका छौं,’ उनले भने, ‘विहारमा स्थानीयबीच नै कोरोना फैलिरहेका कारण विगतको भन्दा बढि सजग र सचेत रहनुपर्ने अवस्था आएको छ ।’ 

प्रदेश अस्पतालले अहिलेसम्मा कोरोनाको संक्रमण भए नभएको जाँच गर्न टेकु अस्पतालमा ११ जनाको स्याम्पल पठाइसकिउको जानकारी दिए । ‘एघार जनामा दुइ जना तेश्रो देशका नागरिक तथा अन्य सबै भारतबाट आएका नागरिकको स्वाब परिक्षणकालागि पठाइएको थियो ।’ उनले भने, ‘ती मध्ये ७ जनाको रिर्पोट आइसकेको छैन । चार जनाको रिर्पोट नेगेटिभ आएको छ ।’

उनका अनुसार प्रदेश अस्पतालमा विगतका भन्दा ज्वरो आएका रोगीहरुको आवागमनमा कमी भएको छ । ‘विगतमा भन्दा कम व्यक्ति ज्वरो आएको बताउँदै अस्पतालमा उपचार गर्न आइरहेका छन्,’ डा. पौडेलले भने, ‘कम्तिमा स्वास्थ्यकर्मीको सम्पर्कमा रहि असपताल आउनै पर्ने अवस्था भएमात्र आउन नागरिकलाई आग्रह गरेका छौं । हामीले हाम्रो नम्बर चौविसै घण्टा खुला राखेका छौं ।’ ज्वरो आएको खण्डमा, खोकी लागेको खण्डमा स्वास्थ्यकर्मीको निरन्तर सम्पर्कमा रहिरहन उनले आग्रह गरे ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x