×

NMB BANK
NIC ASIA

उपत्यकामा पर्याप्त क्वारेन्टाइन निर्माण

चैत २०, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य: गोरखापत्र दैनिक
Premier Steels
Marvel

 कोरोना भाइरस (कोभिड–१९)ले नेपाली जनमानसमा त्रास बढिरहेका बेला काठमाडौं ँ उपत्यकाभित्र भने विदेशबाट फर्किएका नागरिकका लागि ‘एक व्यक्ति एक क्वारेन्टाइन बेड’ पुग्ने गरी निर्माण भएका छन् ।

Muktinath Bank

काठमाडौं , भक्तपुर र ललितपुरका १८ वटा नगरपालिकाले कोरोना भाइरसको सङ्क्रमण न्यूनीकरणका लागि एक व्यक्ति एक बेडको अवधारणा अनुसार क्वारेन्टाइन निर्माण गरेका हुन् । उपत्यकास्थित १८ वटा नगरपालिकाभित्र गत तीन सातामा एक हजार २० जना विदेशबाट फर्किएका छन् भने एक हजार १९१ क्वारेन्टाइन बेड निर्माण भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ती नगरपालिकाले आआफ्नो नगरपालिकाभित्र भएका अस्पतालसँग आपसी समन्वय गरी २८६ बेडको आइसोलेसन वार्ड निर्माण गरेका छन् । यहाँका सबै स्थानीय तहले विदेशबाट आएका नागरिकलाई अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्ने हो भने कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने सम्भावना नदेखिने जानकारहरूको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

उक्त नगरपालिकाले सामुदायिक विद्यालय, कलेज, सामुदायिक भवन, स्वास्थ्यचौकी र क्लबका भवनमा कोरोना भाइरसका लक्षण देखिएका सङ्क्रमित व्यक्ति राख्नका लागि अग्रिम रूपमा क्वारेन्टाइन निर्माण गरेका हुन् । केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपत्यकाका जनप्रतिनिधिसँग छलफल गरी आआफ्नो क्षेत्रभित्र सम्भव भएका ठाउँमा कोरोना भाइरसका लक्षण देखिएका व्यक्ति राख्नका लागि क्वारेन्टाइन बनाउन निर्देशन दिएको थियो ।

Vianet communication
Laxmi Bank

सोही निर्देशन अनुसार स्थानीय तहका जनप्रतिनिधिको अगुवाइमा क्वारेन्टाइन निर्माण गरिएको उपत्यका मेयर फोरमले जनाएको छ । कतिपय ठाउँमा नगरपालिकाले आफ्नै स्रोतबाट क्वारेन्टाइन बनाएका छन् भने केहीले नेपाली सेना र प्रहरीको समेत संयुक्त लगानीमा क्वारेन्टाइन निर्माण गरेको फोरमले जनाएको छ ।

फोरमका सचिव एवं मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले क्वारेन्टाइनमा कोरोना भाइरसका लक्षण देखिएका शङ्कास्पद बिरामी र विदेशबाट आएका नागरिकलाई नियमित रूपमा मेडिकल टिमको निगरानीमा राख्ने गरिएको बताए । त्यस्ता व्यक्तिलाई त्यहीँ बस्ने, खाने र सुत्ने व्यवस्था मिलाइएको छ । क्वारेन्टाइनमा राखिएका व्यक्तिमा कोरोना भाइरस भएकै भए पनि परिवारका सदस्य, समुदाय र आफन्त लगायत अन्य व्यक्तिमा नसरोस् भन्नका लागि सुरक्षित गर्न क्वारेन्टाइन निर्माण गरिएको उनले स्पष्ट पारे।

क्वारेन्टाइन नबनेका नगरपालिकामा कोरोना भाइरसको लक्षण देखिएका बिरामीलाई घरैमा ‘सेल्फ क्वारेन्टाइन’मा बस्न आग्रह गरिएको ती नगरपालिका जनाएका छन् । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेतले नगरपालिकामा नौ बेडको आइसोलेसन वार्ड निर्माण गरिएको जानकारी दिए । कोरोना भाइरस सङ्क्रमण हुन नदिन नगर क्षेत्रमा स्प्रे छर्ने, जनचेतना जागृत गर्ने, स्यानिटाइजर प्रयोग गर्ने र सर्वसाधारणलाई साबुनपानीले हात धुने अभियान चलाइएको उनले बताए ।

वडा नं. १ मा सहरी विकास विभागद्वारा गरिब निमुखा नागरिक बस्नका लागि बनाइएको भवनमा ३० बेडको क्वारेन्टाइन निर्माण गर्ने तयारी गरिएको नागार्जुन नगरपालिकाले जनाएको छ । काठमाडौँ महानगरपालिका भने विदेशबाट आएका व्यक्तिको तथ्याङ्क सङ्कलनको क्रममा छ । ललितपुर महानगरमा अहिलेसम्म ४९ जना विदेशबाट फर्केको जनाइएको छ । महानगरभित्र विभिन्न सेवाका थुप्रै ठूला अस्पताल भएकाले आइसोलेसनको आवश्यकता नभएको महानगरपालिकाले जनाएको छ ।

सबैभन्दा धेरै कीर्तिपुर नगरपालिकाले प्रत्येक वडामा ५० बेडका दरले १० वटा वडामा गरी पाँच सय बेडको क्वारेन्टाइन निर्माण गरेको छ भने सय बेडको आइसोलेसन वार्ड निर्माण गरेको छ । त्यहाँ ५५ जना विदेशबाट फर्किएका छन् ।

जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख शिवसुन्दर राजवैद्यले काठमाडौँका ११ वटै नगरपालिकाले आआफ्नो हैसियत अनुसार क्वारेन्टाइन निर्माण गरेकाले विदेशबाट फर्किएका नागरिक अनिवार्य रूपमा दुई हप्तासम्म उक्त क्वारेन्टाइनमा बस्नुपर्ने बताए । लकडाउनलाई पालना गरी घरैमा बस्दा कोरोना भाइरसको सङ्क्रमण नहुने भएकाले लक डाउनलाई पूर्णरूपमा कार्यान्वयन गर्नुको विकल्प नभएको उनले बताए । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x