नेपाली महिला भलिबल टोली विश्व वरियताको ८६ औं स्थानमा

प्रतिकात्मक तस्वीर

विश्व वरियतामा नेपाली राष्ट्रिय महिला भलिबल टोली ८६ औं स्थानमा रहेको छ ।

अन्तर्राष्ट्रिय भलिबल महासंघ (एफआईभीबी) ले बिहीवार सार्वजनिक गरेको विश्व वरियतामा नेपाल यथावत रहँदै सो स्थानमा रहन सफल भएको हो । 


Advertisement

नयाँ वरियतामा नेपालको ५७ अंक रहेको छ । वरियताको शीर्ष स्थानमा भने चीन रहेको छ ।

त्यसैगरी अमेरिका दोस्रो स्थानमा छ भने ब्राजिल तेस्रो, इटाली चौथो र टर्की पाँचौं स्थानमा छन् । नेपाली महिला भलिबल टोली एवियाली राष्ट्रको वरियतामा भने १७ औं स्थानमा रहेको छ ।


Advertisement

पुरुषतर्फको वरियतामा भने नेपाल १३६ औं स्थानमा रहेको छ । नेपालको ५० अंक छ । पुरुषको वरियतामा ब्राजिल पहिलो स्थानमा छ भने पोल्याण्ड दोस्रो, अमेरिका तेस्रो, रुस चौथो र अर्जेन्टिना पाँचौं स्थानमा छन् । एसियाको वरियतामा नेपालको पुरुष टोली २७ औं स्थानमा रहेको छ ।

कमेन्ट गर्नुहोस्