×

NMB BANK
NIC ASIA

आर्थिक वृद्धिदर ५.३ प्रतिशत मात्रै

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको रोकथामका लागि गरिएको बन्दाबन्दीले नेपालको आर्थिक वृद्धिदर खुम्चिने एसियाली विकास बैङ्क (एडीबी)ले प्रक्षेपण गरेको छ । शुक्रबार ‘नेपाल माइक्रोइकोनोमिक अपडेट’ जारी गर्दै एडीबीले चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ५.३ मात्र हुने अनुमान गरेको हो । कोरोना सङ्क्रमणले थप असर पु¥याएमा यस्तो वृद्धिदर अझ कम हुने बैङ्कको आकलन छ ।

Muktinath Bank

पछिल्लो परिस्थितिबाट आर्थिक वर्षको अन्तिम त्रैमासमा आन्तरिक माग घटाउने गरी विपे्रषण घट्ने सम्भावना रहेको पनि एडीबीले जनाएको छ । यस्तो परिस्थितिमा औद्योगिक र सेवा क्षेत्रले आपूर्तिमा अवरोधको सामना गर्नुपर्ने एडीबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले बताए। धानको उत्पादन कम हुँदा पनि आर्थिक वृद्धि कम हुनसक्ने उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एडीबीको नयाँ तथ्याङ्कअनुुसार नेपालको मुद्रास्फीति अघिल्लो आवको ४.६ प्रतिशतबाट बढेर औसत ६ प्रतिशत पुग्ने उल्लेख छ । महामारीका कारण उत्पादन र आपूर्ति शृङ्खलामा आउने अवरोधका कारण मुद्रास्फीति बढ्ने एडीबीले जनाएको छ । कोभिड–१९ का कारण अस्थायी रूपमा गरिएको सीमा बन्दले खाद्यान्नको मूल्य बढाएको छ । प्रतिवेदन अनुसार कोभिड–१९ को महामारीका कारण अवस्था थप चालू आवमा मुद्रास्फीति अहिले अनुमान गरिएभन्दा अझ बढी हुनसक्ने उल्लेख छ ।


Advertisment
Nabil box
Kumari

एडीबीका अनुसार चालू आवको सात महिनामा वस्तु व्यापार घाटा अघिल्लो वर्षको १५ प्रतिशतको विस्तारको तुलनामा ४.९ प्रतिशतले घटेको छ । खासगरी भारतमा पाम तेल र अलैँचीको निर्यातसाथ भएको उच्च निर्यात वृद्धि र निर्माण सामग्री, सवारीसाधन तथा पेट्रोलियम पदार्थको घट्दो आयातले गर्दा व्यापार घाटामा सङ्कुचन आएको छ । सुधारिएको व्यापार सन्तुलनले माघको अन्त्यसम्म चालू खाता घाटा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ५० करोड डलरबाट एक अर्ब डलरमा राख्न सहयोग गरेको छ । पेट्रोलियम पदार्थ, पुँजीगत तथा उपभोग्य वस्तुको आयातमा कमी आउँदा यो घाटा गत आवको कुल गार्हस्थ उत्पादनको ७.७ प्रतिशबाट ५.४ प्रतिशतमा खुम्चिने अनुमान छ ।

Vianet communication
Laxmi Bank

कोभिड–१९ चाँडै समाप्त हुने, कोभिडपछिका आर्थिक गतिविधि सुचारु हुने र मनसुन सामान्य रहने अनुमानका आधारमा एडीबीले आव आगामी आर्थिक वर्षको वृद्धिदर भने ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आगामी आवमा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना पूरा हुने र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आउने एडीबीको अपेक्षा छ । प्रदेश र स्थानीय तहमा हुने उच्च खर्चले पनि आर्थिक वृद्धिलाई थप बल प्रदान गर्ने प्रतिवेदनमा उल्लेख छ । आर्थिक गतिविधि आगामीमा आवमा सामान्य बन्ने अनुमानका आधारमा मुद्रास्फीति औसत ५.५ प्रतिशत रहने एडीबीको अनुमान छ ।

आव २०७७÷७८ (सन् २०२१)का सम्भाव्य जोखिममा कोभिड–१९ को महामारी निरन्तर नै रहेको अवस्थामा त्यसले अर्थतन्त्रलाई निकै नकारात्मक असर पार्नसक्ने सम्भावना रहेको एडीबीले जनाएको छ । असामान्य मनसुन र बाढी पहिरोजस्ता प्राकृतिक जोखिमले कृषिउपजमा कमी ल्याउनुका साथै पूर्वाधारमा क्षति पु¥याउन सक्ने आकलन पनि एडीबीको छ । प्रदेश र स्थानीय तहमा आयोजना र कार्यक्रमको कार्यान्वयन क्षमताको कमी विद्यमान रहँदा त्यसले तिनीहरूको खर्च कमजोर बनाउँछ । कोभिड–१९ को महामारीले विश्वव्यापी मागमा कमी ल्याउने छ र त्यसले वैदेशिक रोजगारीका लागि बाह्य आप्रवासनमा असर र नेपालको बाह्य क्षेत्रको स्थायित्वमा दबाब पार्ने पनि एडीबीले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x