×

NMB BANK
NIC ASIA

घर घरमा पुर्याइंदै खाना पकाउने ग्यास

चैत २२, २०७६

NTC
Premier Steels

वाग्मती  प्रदेशको राजधानी हेटौँडामा खाना पकाउने ग्यासको समस्या समाधान भएको छ  । ग्यास उद्योगले आधा ग्यास सिलिन्डर बिक्रीवितरण शुरु गरेपछि ग्यासको अभाव हुने समस्या हटेको बताइएको छ  । 

Muktinath Bank

नेपाल आयल  निगमको निर्देशनमा प्रत्येक आधा सिलिन्डर ग्यास भरेर मात्र वितरण गरिएपछि हेटौँडा बजारलगायत अन्य बजार क्षेत्रमा पनि ग्यासको समस्या हटेको छ  ।  ग्यास बिक्रेताले ठेलामा राखेर  घरघरैमा ग्यास पु¥याएको उपभोक्ताले बताएका छन्  । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हाल हेटौँडामा नारायणी, नेपाल, मनोज, कोशी  र  त्रिशूल लगायत ग्यास बिक्रीवितरण हुने गरेको छ  । कोरोनाको कारणले ग्यास आयात नभई अभावको समस्या हुने आशङ्कामा उपभोक्ताले अत्यधिक सिलिन्डर सञ्चय गरेका कारणले  समस्या आएको नारायणी डिलर ग्यासका सञ्चालक रामप्रसाद भण्डारीले बताए । 


Advertisment
Nabil box
Kumari

  निगम अमलेखगञ्ज डिपोका प्रमुख भरत रेग्मीले उपभोक्ताको मागअनुसार ग्यास उपलब्ध भइरहेको छ भन्नुभयो ।  रक्सौल नाकाबाट दैनिक ग्यास बुलेट आउने गरेको उनको भनाइ  छ  । 
यसैबीच कोरोना भाइरसबाट सुरक्षित बनाउनका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले लकडाउनलाई कडा पारेको छ ।  

Vianet communication

सडक मानवलाई दैनिक खाना खुवाइँदै 
भक्तपुर– जहाँ संकट त्यहाँ मानवीय आस्था भन्ने मूल उद्देश्यका साथ २०७२ सालको भूकम्पमा पीडितलाई सहयोग गर्न स्थापित मानवीय आस्था नेपालले वर्तमान संकटमा सडक मानवलाई दैनिक खाना खुवाउन शुरु गरेको छ ।   कोभिड–१९) संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण भोकै परेका भक्तपुरका सडक मानवलाई मानवकल्याण समाजसंँगको सहकार्यमा दैनिक खाना खुवाउन शुरु गरिएको हो । 
    भूकम्पका समय भक्तपुरमा भएको विनाश र हनुमानघाटमा लहरै रहेका कयौँ शव देखेर  युवा नेता महेश बस्नेतले तत्काल भूकम्प पीडितको खोज, उद्धार र राहत वितरणका लागि स्थापना गरेको सो संस्थाले गत बिहीबारदेखि दैनिक एक छाक सडक मानवलाई खाना खुवाउँदै आएको छ ।

भक्तपुरका सडक, पाटी, मन्दिरलगायत क्षेत्रमा बसिरहेका ६० जनाको पहिचान गरी उनीहरु बसेकै ठाउँमा पुगेर खाना वितरण गर्न थालिएको हो । नेकपाका केन्द्रीय सदस्य बस्नेतले लकडाउनको कारण भक्तपुर जिल्लाका सडकपेटी र सार्वजनिक मन्दिर पाटीपौवामा बस्दै आएका सडक मानवलाई भोकै सुत्नु पर्ने अवस्था आएको जानकारी पाएलगत्तै उनीहरुको खोजी गरी खाना खुवाउने व्यवस्था गरिएको जानकारी दिए । 
    सानोठिमी, नयाँठिमी, कौशलटारलगायत विभिन्न ठाउँमा रहेका सडक मानवलाई लकडाउनपछि उद्धार गरेर व्यवस्थित गरिने योजना रहेको उनले बताए । 

भुस्याहा कुकुरलाई खाना खुवाइँदै  मध्यपुरथिमि नगरपालिका ३ का  नरेश रंजितको नेतृत्वको युवाको समूहले सडकमा रहेका भुस्याहा कुकुरलाई दैनिक खानेकुरा खुवाउने अभियान शुरु गरेको छ । लकडाउनका बेलामा भोकै भएका कुकुरले कुनै पनि बेलामा दुर्घटना निम्त्याउन सक्ने भएकाले कुकुरलाई खाना खुवाउने अभियान शुरु गरिएको रंजितले बताए । 

    गाउँमा बाह्य मानिस जान प्रतिबन्ध
रसुवा– उत्तरी रसुवाको आमाछोदिङ्मो गाउँपालिकाले आफ्नो इलाकामा बाह्य व्यक्ति प्रवेशमा प्रतिबन्ध लगाएको छ ।  गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार सरकारले लागू गरेको लकडाउनबाट गाउँबासी अनुशासित भए पनि बाहिरबाट आउनेले कोभिड १९  भित्र्याउन सक्ने आशंका बढेकाले गाउँपालिकाको निर्णयबमोजिम आफ्नो इलाका क्षेत्रमा बाहिरबाट आउने मानिसको प्रवेशमा प्रतिबन्ध लगाइएको हो ।

 देश लकडाउनका बेला अन्य स्थानका मानिस  आवतजावत बन्द भइसकेका अवस्थामा सडकमार्गमै रोक लाउन  भने नपाइने  प्रमुख जिल्ला अधिकारी  अर्जुन भण्डारीले  बताए ।

   यदि कुनै मानिस लकडाउनको उल्लंघन गरी हिँडेर   गाउँघरमा  प्रवेश गरे नियन्त्रणमा लिई नजीकको सुरक्षा निकायमा बुझाउन उपयुक्त  हुने बताउँदै प्रजिअ भण्डारीले  सुरक्षा निकाय, स्वास्थ्यकर्मीसमेत हिँड्ने सडक मार्गमा  कहीँकतैबाट  अवरोध नहुने जानकारी दिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x