×

NMB BANK
NIC ASIA

साहित्य

धन्दावाल्नीको अड्डामा बेचिएकी १८ वर्षे विनिताको वेदना ! [कथा]

चैत २९, २०७६

NTC
Premier Steels

त्यो बिहान म एक सुरले अफिसको लिफ्टबाट निस्केर कोठातिर लाग्दै थिएँ, निकै कडा अत्तरको सुवासले मेरो एकाग्रता भङ्ग भयो ।

Muktinath Bank

मेरो अगाडि यतै एउटा कम्पनीमा कार्यरत एक जना परिचित सञ्जन र अत्याधुनिक पहिरनमा एउटी कलिली केटी लिफ्ट कुरेर उभिइरहेका थिए । उनकै परिवारको कुनै सदस्य होली भन्ने लागेर मैले केही जिज्ञासा राखिनँ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सर ! म एकछिनमा सरको कोठामा आउँछु है’ भन्दै ती सज्जन मलाई अभिवादन गर्दै थिए । त्यसपछि टाउको हल्लाउँदै म आफ्नो कक्षतिर लागें । अत्तरको सुवास भने मेरो नाकबाट हटेको थिएन ।


Advertisment
Nabil box
Kumari

नयाँ दूतावास खोलेको १ महिना बित्दै थियो । नयाँ भएपनि त्यहाँ काम गर्ने लगभग समस्याग्रस्त ८० हजार कामदारबीच हामी २ जना कूटनैतिक कर्मचारी र अरु २ स्थानीय कर्मचारी थियौं । बितेका वर्षमा नेपाली कामदारको रोजाइमा परेको गन्तव्य देश र उनीहरूको तर्फबाट निरन्तर ताकेता भइरहेकाले पनि नयाँ दूतावास खोल्नैपरेको थियो ।

Vianet communication

म कोठाभित्र पसेको २ घण्टापछि ती सज्जन मेरो कोठाभित्र छिरे – उनीसँग त्यो अघि सँगै भएकी केटी पनि थिइन् । निलो आकाशे रंगको कमीज र इन्द्रेणी रंगको मिडी, अनि हाई हिलमा थिइन् उनी । 

हातमा सानो ब्याग, छोटो कपाल, निकै गोरी तर अनुहार हेर्दा भने शुष्क एवं थकित देखिन्थिन् उनी ! उनीहरू कोठाभित्र  पस्नासाथ मैले केहीबेरअघि अनुभव गरेको अत्तरको सुवास फेरि छरिएको पाएँ ।

‘ढिलो गर्नुभयो त ?’ उनी पस्नासाथ सोधें ।  

‘अँ सर, म कागज तयार गर्दै थिएँ । यिनी विनिता बस्नेत ! बिचल्लीमा परेकी रहिछन् अहिले । हङकङमा काममा लगाइदिने भनेर एक जनाले भारतको बाटो गरी यहाँ ल्याएछ, अनि यतै एउटी धन्दावाल्नीको हातमा बेचेर गएछ ।’

उनी हतासिएको स्वरमा भन्दै थिए । विनिता निकै डराएकी जस्ती देखिन्थिन्, उनका आँखा डबडबाएका थिए, उनी बन्द झ्यालतिर हेरिरहेकी थिइन् । म उनलाई देखेर चिन्तित र अवाक् हुँदै थिएँ । 

‘एक महिना अगाडि एक जना भाइले फेला पारेर धन्दाबाल्नीको चंगुलबाट फुत्काएछन् र अन्यत्र सुरक्षित ठाउँमा राखेका रहेछन् तर पासपोर्ट, कागज आदि केही नभएको र नेपाल जान्छु भनेकीले यता ल्याएका रे !’ ती सज्जन भन्दै थिए । 

विनितासँग आफू आउँदाको भिसाको फोटोकपी, पासपोर्टको फोटोकपी बाहेक अरु केही थिएन । उनी नेपाल फर्कन चाहन्थिन् । 

‘कति उमेर भयो ?’ मैले उनलाई सोधें । 

‘अठार !’ उनले शिर निहुर्‍याएर जवाफ दिइन् ।

‘किन आएको ? घरबाट भागेर आएकी ?’ प्रायः दुबई आउने धेरैजसो घरमा नसोधी भागेरै हिँडेका हुन्थे । 

‘होइन बुवाले नै पठाएको ?’ म छक्क परें । 

‘उहाँ के काम गर्नुहुन्छ ?’ मेरो अनुभवमा विनिता त्यो बेलासम्म पहिली केटी थिइन्, जसलाई आफ्नै बुवाले जानी–नजानी यस्तो नारकीय जीवन बाँच्न पठाएको थियो ।

‘बुवा बुटवलमा पसल गर्नुहुन्छ ।’

‘कति पढेकी छौ ?’ अनुहार र चालढाल हेर्दा शिक्षित जस्तै लागेर मैले सोधेँ । 

‘नौ क्लास ।’

‘कहिले आएकी ?’

‘४–५ महिना भयो ।’

विनितालाई एउटा दलालले नेपालबाट दिल्लीको मार्गबाट अवैध रुपमा दुबई पठाइदिएको रहेछ । दुबईमा उनलाई एक जना स्थानीय अरबीको घरायसी कामदार भनेर भिसा लिइएको भन्ने उनीसँग भएको एउटा कागजबाट थाहा हुन्थ्यो तर उनको कुरा अनुसार आएकै दिन एउटी नेपाली वेश्यावृत्ति चलाउने आइमाईले लगेको रहेछ । त्यसपछि हप्ता २ हप्तामा उनलाई केही रातको निमित्त बाहिर पठाउने, फेरि फिर्ता ल्याउने, फेरि पठाउने आदि क्रमले १ महिना अगाडिसम्म पनि उनको यौन शोषण भइरहेको थियो  । 

पहिले आत्तिए पनि बिस्तारै उनी आफ्नो भाग्य यस्तै रहेछ भनेर चूप लागिछन् तर उनी कुनै मद्दत गर्नेलाई भेटे, त्यहाँबाट भाग्ने भन्ने मानसिकतामा रहिछन् । 

उनको कुरो सुन्दा मनै कुँडिएर आउँथ्यो । एक पटक त मलाई आफ्नी किशोरी छोरीलाई यसरी डाँडो कटाउन तयार हुने उनको बुवासँग रिस पनि उठेर आयो । त्यो पनि उल्टो २० हजार दिएर आएकी रे – हङकङ जाने लोभमा । बुवालाई के थाहा कि उनकी छोरी हङकङ होइन, दुबईको रेड लाइट एरियामा छ भन्ने !

विनितालाई मैले चाहेर पनि तुरुन्त नेपाल फर्काउन सक्दिनथें । कानूनी प्रक्रिया कागजात पूरा नगरी हामीले केही गर्न सकिँदैनथ्यो । आफ्नो छोटो बसाइमा मैले सुनेको थिएँ – धेरै अरु विनिताहरू यहाँ गैरकानूनी प्रवेश गरेका छन् रे र गर्दै पनि छन् रे ! तर मेरो काम त समस्या सिर्जना भएपछि चासो राख्नेसम्म मात्र सीमित थियो । त्यो पनि मेरो सम्पर्कमा आउन सक्नेहरूको लागि मात्र । आफ्नो निरीहता सम्झेर मलाई दिक्क पनि लागेर आउँथ्यो । 

मलाई विनितालाई सोध्न मन लाग्यो – एक महिनादेखि भौतारिँदै हिँडेकी उनलाई यस्तो सुवासयुक्त अत्तर छर्कने पैसा कसले दियो ? तर डबडबाएका उसका आँखा हेर्दा मैले केही कुरा सोध्नु उचित ठानिनँ र ती सज्जनलाई उनलाई लिएर एकछिन बाहिर जान भनें । त्यसपछि स्थानीय अधिकारीको नाममा लेखेको पत्र लिएर उनी हिँडे । विनितालाई फिर्ता पठाउने काम सजिलो थिएन चाहेर पनि । चेलीबेटी बेचबिखन विरुद्धको कानून आफ्नो ठाउँमा भएपनि विदेशमा प्रक्रियागत कठिनाइ थुप्रै थिए । विनिता त हाम्रो सम्पर्कमा आउन सकी तर अरु थुप्रै अँध्यारो छिडीमा बसेर आफ्नो भाग्य सम्झेर रुने पनि कति होलान् नै जस्तो लाग्थ्यो ।

उनले रुञ्चे स्वरमा भनेका कुरा मेरो कानमा बज्रिरहेका थिए – विनिताले घर छाड्नुअघि उनलाई बुवाले यसरी फकाएका रे !

‘हेर छोरी, २ वर्ष हङकङ बसेर आइस् भने त हाम्रो कायापलट भइहाल्छ, पसल पनि बढाउँला त्यसपछि पढ्न मन लागे पढेस्, नत्र राम्रो ठाउँमा बिहे गरेर गएस् ।’ फेरि काम पनि त गाह्रो होइन नि ! घरभित्रको काम हो, परिवारभित्र बस्ने हो, यहाँ जस्तो भाँडा मस्काउनुपर्ने होइन !’

बुवाले यी कुरा बुझेर भने कि लहलहैमा लागेर भने विनिताले बुझिनन् । तर उनलाई पनि हङकङ कस्तो होला, नयाँ ठाउँमा बस्दाको अनुभव कस्तो होला भन्ने कौतूहलता थियो रे ! घर छोडेको केही दिनमा यसरी नाङ्गिएर आफ्नो किशोरावस्था यौनपिपासु पशुहरूलाई समर्पण गर्नुपर्ला भन्ने विचरीलाई के थाहा ? भर्खरै फुटेको बैंसलाई गिद्धहरूको लुछाइमा छोडिदिनुपर्ला भन्ने उनले कहाँ सोचेकी थिइन् र ? दिदी भनाउँदीले लछारपछार गरेर पहिलोपल्ट एउटा भारतीय व्यापारीकहाँ पुर्‍याएको दिन सम्झँदै उनी धर्धरी रोएकी थिइन् !

‘समय नै सबै कुराको औषधि हो, बिस्तारै बानी बस्दै जान्छ अनि तँलाई दिक्क लाग्दैन, जा, जा !’ भन्थी रे दिदी भनाउँदी !

‘त्यस्तै भए तेरो बुवाले किन तँलाई एक्लै पैसा कमाउन पठायो त ? तेरो बाबुलाई सबै थाहा छ’ भन्थी रे । ‘मेरो यत्रो पैसा खर्च भइसक्यो नगएर सुख पाउँछेस् ? भन्दै दुत्कार्थी रे !

त्यो दिन विनितालाई उद्धार गर्न अनुरोध गर्दै स्थानीय अधिकारीलाई लेखिएको चिठी लिएर गएका सञ्जन गएपछि मैले दिनदिनै उनको खबर लिइरहेको छु । सायद केही दिनमा प्रक्रिया सकिनेछ, अनि विनिता फर्किने छिन् – आफ्नो अस्मिता लुटाएर । त्यसपछि अर्की विनिता प्रलिता, अनिता आउनेछन्, आफ्ना कथा व्यथा सुनाउँदै नेपाल फर्कन अनुनय विनय गर्नेछन् र घाटे वैद्यले जस्तो म रुटिन चिठी लेख्नेछु । उनलाई स्वदेश फर्काउने कारवाही गर्नेछु र नेपाली समाजका मित्रलाई थम्याइदिनेछु – तथाकथित उद्धारको अनुरोधसहित । 

कता–कता मन चसक्क दुखेर आउँथ्यो, आफ्ना निरीह चेलीबेटीहरूको वियोगका कथा सुन्दा !
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x