फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
बैशाख १, २०७७
४७ वर्षका चुनका थारू झण्डै साढे ५ सय किलोमिटर ढाटा रहेको घर पुग्नका लागि आइतवार बिहान ४ बजे ७ जनाको टोलीमा सामेल भए ।
बर्दियाको बारबर्दिया नगरपालिका पुग्न बिहान ४ बजे काठमाडौंको सुन्दरीजलबाट हिँडेको यो टोली साढे १२ बजे धादिङको खानीखोलानजिकै सिक्रेखोला पुगेको थियो ।
‘११ गतेदेखि काम बन्द भयो, खाना खाने पैसा सकियो, कहिलेसम्म जाने पत्तो भएन, त्यसपछि घर जाने निधो गर्यौं,’ थारूले लोकान्तरसँग भने ।
५ सय किलोमिटरभन्दा लामो यात्रा आँटेका चुनकाले फित्ते चप्पल लगाएका थिए भने एउटा बाँसको लठ्ठी बोकेका थिए । ‘उता घरपरिवार पनि आत्तिए, शनिवारसम्म त घर पुगिएला कि !’ उनले भने ।
यही टोलीका ५३ वर्षका तुलसी विक सुन्दरीजलदेखि खानीखोला आइपुग्दा लखतरान परिसकेका छन् ।
‘अलिपरसम्म लगिदिन्छन् कि भनेर २० वटा ट्रकलाई रोक्न खोज्यैं, एउटैले रोक्दैनन्, जति सकिन्छ हिँड्दै जाने हो,’ विकले भने, ‘सरकारले ट्रकको टालीमा राखेर भएपनि हामीलाई गन्तव्यमा पुर्याइदिए हुन्थ्यो ।’
सुन्दरीजलमा ज्यामी मजदुरको काम गर्ने उनीहरूले २१ दिन कटाउन नै मुस्किल भएकाले अब बस्न नसक्ने निष्कर्ष निकालेको बताए ।
‘राहात पाइएन, हामीसँग खाने कुरा सकियो, च्युरा किनेर हिँडेका छौं, यही खाँदै घर पुग्ने हो,’ टोलीका जगतबहादुर दमाइँले भने ।
****
बर्दियाको राजापुर जाने ६ जनाको टोली दिउँसो १ बजे सिक्रे खोलाभन्दा अलिपर पुगेको थियो । कहिले घर पुगिन्छ भन्ने थाहा नभएपनि जसरी तसरी ५ दिनमा पुगिएला भन्ने आत्मविश्वास छ, उनीहरूमा ।
‘हामी काम गर्ने मानिस, पैसा सकियो खानेकुरा केही भएन, त्यसपछि गाउँ फर्किन हिँडेको,’ थकित मुद्रामा देखिएका वीरबहादुर थारूले गुनासो पोखे ।
बर्दियाको राजापुरबाट आएको यो समूह काठमाडौंको सीतापाइलामा बस्दै आएको थियो । उनीहरू सबै ज्यामी र मजदूरी काम गर्दै आएका थिए ।
‘हामी दैनिक ज्यालादारी गर्ने मानिस लामो समय काम नभएपछि खान बस्नै समस्या भयो, घर हिँड्यौं,’ च्याङ थारूले लोकान्तरसँग भने ।
तीन दिनका लागि पुग्ने च्युरा र बिस्कुट बोकेर हिँडेको उनीहरूले बताए ।
‘दिउँसोमा गर्मी बढेछ, साँझ परेपछि हिँड्न अलि शीतल होला,’ भुवन थारूले भने, ‘कोठामा थुनिन भन्दा हिँडेरै भएपनि घर पुग्ने ।’
****
सुर्खेतको गुर्वाकोट नगरपालिकाको ७ जनाको टोली धादिङको गल्छीमा झोलागुण्टा बिसाएर शीतलमा बसिरहेका थिए ।
नुवाकोटको मदनपुरमा ज्यामी मजदूरी गर्ने यो समूह पनि साढे ५ सय किलोमिटर यात्राका लागि बन्दोबस्तीका सामान बोकेर हिँडेको थियो ।
‘बिहान हिँडेको गल्छी आउनै १ बज्यो, केहीबेर गाडी कुर्छौं नपाए बाटो लाग्छौं,’ गणेश विकले भने ।
तीन सातादेखि काम नपाएर गाउँघरमा बसेको घरबेटीले पनि घरतिर गइदिए हुन्थ्यो जस्तो व्यवहार गरेपछि सुर्खेत हिँडेको उनले बताए ।
‘यस्तो होला भन्ने त कसले सोचेको थियो र, हामी २१ दिन गाउँमा थुनिएर अलपत्र परियो, उता घर परिवार चिन्तामा छ,’ प्रेमबहादुर विकले भने, ‘यता तड्पिएर बस्न भन्दा भगवानले एउटा बाटो लगाउलान् भनेर हिँड्यौ ।’
गल्छीकै अर्को प्रतिक्षालयमा जाजरकोटका ५ जना मजदूर टोलाएर बसिरहेका थिए । नुवाकोट र रसुवामा ज्यामी मजदूरी गर्ने उनीहरू पनि काम नभएपछि गाउँघर फर्किंदै थिए ।
शुरूमा उनीहरूले पहाडै पहाड जाजरकोट पुग्ने योजना बनाएका रहेछन् । तर यसअघि कहिलै नहिँडेको तथा बाटो थाहा नभएकाले राजमार्ग हुँदै जाने विचार गरेर गल्छी आइपुगेका रहेछन् ।
‘मोटरबाटोमा हिँड्दा ट्रक, ट्याक्टर भेटियो भने पनि छिटो पुगिएला भनेर यो बाटो लाग्यौं,’ छेडागाढ नगरपालिकाका सन्तबहादुर बुढाले लोकान्तरसँग भने, ‘एक हप्ता, दुई हप्ता भन्दै तीन हप्ता कुर्यौं, कहिलेसम्म लम्बिने भन्ने थाहा भएन, काम नपाएपछि घर हिँड्यौं ।’
आफूहरू यता अलपत्र परेकोमा परिवारमा चिन्ता बढेकाले जसरी भएपनि घर पुग्ने योजना रहेको छेडगाढका नरबहादुर बुढाले बताए । राजमार्गमा भेटिने सबै मजदूरको एउटै पीडा छ– काम भएन, खर्च सकियो ।
****
काठमाडौंको जोरपाटीबाट बाराको निजगढ हिँडेका ६ जना धाादिङ थाँक्रेस्थित ४ किलोमा आराम गरिरहेका भेटिए ।
काठमाडौंबाट इन्धन ओसार्ने ट्यांकरमा चढेर भएपनि अमलेखगञ्जसम्म जान पाइने आशामा यिनीहरू दक्षिणकाली–कुलेखानीको सिधा बाटो छाडेर नारायणगढको घुराउरो बाटोमा पैदल हिँडेका रहेछन् ।
‘हिजो अस्ति हाम्रा केही साथीहरू डिजेल बोक्ने ट्यांकरमा चढेर गाउँ पुगेछन्, त्यही भएर हामी पनि यही बाटो लाग्यौं,’ बाराको टांगियाबस्तीका विमान तामाङले भने ।
जोरपाटी नारायणटारमा फर्निचरमा काम गर्ने उनीहरूले पनि अरूले जस्तै गुनासो सुनाए– काम गर्न नपाएपछि पैसा सकियो, के खाएर बस्ने ?
लकडाउनका कारण राजमार्गका होटल र पसलहरू बन्द छन् । पैदल हिँड्नेहरू च्युरा, चाउचाउ र बिस्कुटकै भरमा घण्टौंसम्म हिँडिरहेका छन् ।
****
लकडाउन खुल्ला र काम गर्न पाइएला भनेर बर्दिया मधुवनका दुर्गेश चौधरी लगायतका ११ जनाले ३ साता जसोतसो गुजारे ।
लकडाउन खुल्ने संकेत नदेखेपछि उनीहरू ५ सय किलोमिटर भन्दा लामो यात्राका लागि अतइवार निस्किए ।
‘बाग्मतीको पानी शुद्धीकरण गर्ने परियोजनामा काम गर्थ्यौं, काम ठप्प भएपछि बेरोजगार भयौं, ठेकेदारले वास्ता गरेन, त्यसपछि हामी बाटो लाग्यौं,’ ललितपुरको धोबीघाटबाट बर्दिया हिँडेका दुर्गेश चौधरीले नागढुंगामा लोकान्तरसँग भने ।
यो टोलीले सडकमा हिँड्दा बास बस्नका लागि भन्दै कम्मल लिएर हिँडेको छ । ‘पानी त बोकेर सम्भव भएन, च्युरा र बिस्कुट लिएर हिँडेका छौं, पानी त जहाँ पनि पाइन्छ,’ सन्तु चौधरीले भने ।
राति कहाँ सुत्ने त भन्दा सबैको उस्तै जवाफ छ । रातिको समयमा हिँड्न सहज र शीतल हुने भएकाले सकेसम्म हिँड्ने गर्छन्, थाकेपछि आफूहरूसँग रहेको कम्मल ओढेर शीत छल्ने छहारीमा पल्टिने गरेको उनीहरूले बताए ।
कुनै ठाउँमा हिँड्दै, कुनै ठाउँमा ट्रकमा चढेर बुटवल पुगेकालाई सैनामैनाका मेयरले रुपन्देहीबाट डिलक्स बसमा बर्दिया पठाएको थाहा पाएर उनीहरूलाई हौसला मिलेको छ ।
पढ्नुहोस् यो पनि :
काठमाडौंबाट पैदलै बर्दिया हिँडेका मजदूरलाई रूपन्देहीबाट मेयरले व्यवस्था गरिदिए डिलक्स बस
धादिङको मलेखुमा भेटिएका शिव तिवारीका अनुसार राजमार्गमा पैदल हिँड्नेको लर्को लाग्ने गरेको छ । ‘पैदल हिँड्ने अधिकांशं दाङ र बर्दियाका छन्, कतिपय चाहीँ साइकिलमा पनि गाउँ फर्किरहेका छन्,’ उनले लोकान्तरसँग भने ।
पैदलयात्रुलाई पिउने पानी र खाजा
सडकबाट पैदलै हिँड्नेको लर्को लागेपछि काठमाडौं थानकोटका केही युवाहले यात्रुका लागि केही खाजा र पानीको बन्दोबस्त गरिदिएका छन् । राजकुमार गोपाली, विनय गोपाली लगायतले पैदलै हिँड्नेका लागि पानी र खाजाको व्यवस्था गरेका हुन् ।
‘पैदल हिँड्नेका लागि धुलिखेलका केही स्थानीयले पुराना जुत्ता, पिउने पानी र खाजा दिएको कुरा लोकान्तर अनलाइनमा पढेका थियौं, त्यही प्रेरणाले हामीले पनि शुरु गर्यौं,’ प्रकाश गोपालीले लोकान्तरसँग भने ।
पढ्नुहोस् यो पनि :
कोरोना संकटका बीच धुलिखेल चोकमा राखिएका पुराना जुत्ताको कथा
उनीहरूका अनुसार राति अबेरसम्म पनि पैदल हिँडेर घर फर्किनेको लर्को लागेको छ । ‘शनिवारदेखि पानी र खाजा बाँड्न थालेको, आज १७ कार्टुन पानी सिद्धियो,’ राजकुमार गोपालीले भने । पैदलयात्रीका लागि सकेसम्म हामी सहयोग जारी राख्छौं,’ उनले भने ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...