पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
लकडाउनका कारण उत्पादित दूधले बजार नपाएपछि एक दूध व्यवसायीले पनीर, नौनीघ्यू उत्पादन गर्दै आएका छन् ।
विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण बजारमा भएका मानिस गाउँघरमा गएकाले उत्पादित दूध पूरै खपत नभएकाले लामो समयसम्म राख्न सकिने गरी पनीर, नौनीघ्यू लगायतका परिकार उत्पादन गर्दै आएको यूवा व्यवसायी पिताम्बर डुम्रेले बताए ।
युवा व्यवसायी डुम्रेको वालिङ नगरपालिका–१२ मा ‘पनियारे कृषि फार्म’ मार्फत हाल ९५ गाई तथा भैंसीबाट दैनिक २७० लिटर दूध उत्पादन हुने गरेको छ ।
‘लकडाउन अवधिमा १५० लिटर दूध बिक्री हुँदै आएको छ,’ उनले भने, ‘बजारमा पहिला खपत हुने दूध अहिले लकडाउनका कारण मानिस गाउँगाउँमा गएका कारण दूध खपत नभएकाले लामो समयसम्म रहन सक्ने गरी पनीर, नौनीघ्यू लगायतका परिकार उत्पादन थालेको हुँ ।’
उत्पादन भएको दूध, पनीर, नौनीघ्यू वालिङ, गल्याङ तथा बयरघारी बजारमा बिक्री हुने गरेको युवा व्यवसायी डुम्रेले बताए । ‘फार्ममा उत्पादन भएको दूध पूरै खपत नभएपछि यसै खेर फाल्न पनि भएन,’ युवा व्यवसायी डुम्रेले भने, ‘दूध पूरै खपत नभएपछि बाँकी रहेको दूधबाट केही समयसम्म राख्न सकिने वैकल्पिक परिकार उत्पादन गरेको हुँ, जुन राम्रो बिक्री हुने गरेको छ ।’
दूधसँगै पनीर, नौनीघ्यू वालिङ, गल्याङ, बयरघारी, बायटारी लगायतका बजारमा रहेका डेरीमा बिक्रीका लागि राख्ने गरिएकाले उपभोक्ताले डेरीबाट आवश्यक परिकार खरिद गरी लैजाने गरेको उनले बताए । डुम्रेले अहिले दूधका अलावा दैनिक १५ केजी पनीर र ३ किलोग्राम नौनीघ्यू उत्पादन गर्दै आएका छन् । पनीर प्रतिकेजी ६५० र नौनीघ्यू प्रतिकेजी ८०० रुपैयाँमा बिक्री हुँदै आएको छ ।
लकडाउनका कारण फार्ममा उत्पादित दूध पूरै खपत हुन नसकेपछि चिन्तामा रहेका बेला केही समयसम्म रहनसक्ने परिकार उत्पादन थालेसँगै समस्या समाधान भएको व्यवसायी डुम्रेको भनाइ छ । उत्पादित वस्तुको बिक्री नभई खेर जाने अवस्था आएमा वालिङ नगरपालिकाले खरिद गर्ने बताएसँगै थप ऊर्जा बढेर आएको उनको भनाइ थियो ।
‘उत्पादित वस्तु त्यसै खेर जान नदिनुहोला, खेरै जाने अवस्था आउन थालेमा नगरपालिकामा खबर गर्नुहोस् हामीले खरिद गरी बिक्री वितरणको व्यवस्था मिलाउँछौं,’ पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले भने, ‘अहिले वालिङ नगरभित्रका पशुपालक व्यवसायी उत्साहित हुनुहुन्छ र उत्पादित वस्तुले राम्रो बजार पाएकाले खेर जाने अवस्था आएको छैन ।’
वालिङ नगरपालिकाका १४ वडामा २५ पशुपालन फार्म सञ्चालनमा रहेको पशु शाखा प्रमुख श्रेष्ठले बताए ।
वालिङ नगरपालिकाले पशुपालक व्यवसायीको फार्ममै पुगेर उत्पादित वस्तुको बजारीकरण, पशु आहारा, दानापानी ओसारपसारमा आइपरेका समस्याबारे सहजीकरण गरिएको शाखा प्रमुख श्रेष्ठले बताए । – तोलाकान्त बगाले/रासस
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...
एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...
आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...