×

NMB BANK
NIC ASIA

नेकपा सचिवालय बैठक

प्रचण्ड र झलनाथद्वारा अध्यादेश फिर्ताको माग, सल्लाह नगरेकोमा अरू सदस्यको असन्तुष्टि

बैशाख ८, २०७७

NTC
Premier Steels

सत्तासिन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ताको माग गरेका छन्।

Muktinath Bank

कोरोना भाइरस रोकथामका निम्ति मुलुक ११ चैतदेखि लकडाउनमा रहेका बेला मन्त्रिपरिषद्को सोमबारको बैठकले ‘अचानक’ राजनीतिक दलसम्बन्धी अध्यादेश र संवैधानिक परिषदको काम कर्तव्य अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश-२०७७ ल्याएको थियो। ती अध्यादेश सोमबार नै राष्ट्रपतिबाट जारीभइसकेका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यादेशले नेपाली राजनीति नै तरंगित भएपछि सोमबार नै नेकपा सचिवालयको आकस्मिक बैठक बसेकोमा कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको तीव्र आलोचना गरेका थिए। प्रचण्ड  र झलनाथ बाहेक अरु सचिवालय सदस्यकाे भने नरम अभिव्यक्ति थियो। उनीहरुले मौन समर्थन जनाएको जस्तो देखिन्थ्यो।


Advertisment
Nabil box
Kumari

प्रचण्ड र झलनाथले सरकारको यो कदम गलत रहेको भन्दै फिर्ता लिनुपर्ने बताएका थिए। अध्यादेश ल्याउने समय सन्दर्भ नै नमिलेको  र महत्तवका हिसावले पनि औचित्य नरहेको उनीहरुको भनाइ थियो।

Vianet communication

सचिवालय बैठकमा उपाध्यक्ष बामदेव गौतमले विषय ठीक भएपनि पार्टीमा सल्लाह गरेकाे भए अझ राम्रो हुन्थ्यो भनेर धारणा व्यक्त गरेका थिए। वरिष्ठ नेता माधवकुमार नेपालले ‘सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो’ भनेका थिए ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल नभइ गरेकोमा आपत्ति जनाउँदै यस्ता विषयमा छलफल हुनुपर्ने बताएका थिए। ओलीले भने अध्यादेश ल्याउनुको कारणबारे विश्वस्त पार्ने प्रयास गरेका थिए। 

सचिवालय बैठक बसेको एक घण्टामै राष्ट्रपति कार्यालयले अध्यादेश जारी भइसकेको विज्ञप्ति निकाल्यो । त्यसपछि केही सदस्यहरूले 'जारी भइसकेछ, छलफल गर्नुको के औचित्य रह्यो र ?' भन्दै मुखामुख गरे ।

एक सचिवालय सदस्यले लोकान्तरलाई भने, ‘पार्टीभित्र छलफल नै नगरी गलत समयमा अध्यादेशहरू ल्याउनुको उद्देश्य के हो ? भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रश्न गर्यौं । प्रधानमन्त्रीले आफूलाई काम गर्न अप्ठेरो भएकाले ल्याउनुपरेको बताएपनि हामीलाई स्पष्ट बनाउन सक्नुभएन ।’

उनले कमसेकम महत्त्वपूर्ण विषयमा पार्टीभित्र छलफल हुनुपर्ने माग आफूले राखेको बताए। ‘हामी लगभग सबै सदस्यहरूले राष्ट्रिय महत्त्वको विषयलाई पार्टीभि छलफल गर्नुपर्छ भनेर प्रधानमन्त्रीको ध्यानाकर्षण गर्यौं,’ उनले भने ।

सोमबार अबेर साँझ सम्पन्न सचिवालय बैठकले सचिवालय सदस्यहरूले विषम् परिस्थितिमा अध्यादेश ल्याउनुको कारणबारे नेकपा अध्यक्ष समेत रहेका प्रम ओलीसँग जवाफ मागेका थिए। ओलीले संवैधानिक नियुक्ति रोकिएका कारण अध्यादेश ल्याएको बताएका थिए।

नेकपा प्रवक्ता श्रेष्ठले बैठकपछि पत्रकारहरूसँग भने, ‘अध्यादेशको विषय गम्भीर राजनीतिक विषय भएकाले यसअघि पार्टीमा कुनै छलफल नभएकाले सचिवालय बैठक बसेको हो।’ सचिवालय सदस्यहरूले यस प्रकारका गम्भीर विषयमा पार्टीमा सल्लाह, छलफल गरेर निर्णय गर्न उचित हुने निस्कर्ष निकालेको थियो।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकमा अध्यादेशले पार्न सक्ने वर्तमान र दीर्घकालीन असरबारे हरेक कोणमा छलफल भएको थियो।  बैठक सुरु भएसँगै ओलीले अध्यादेश ल्याउनुको कारण प्रस्ट्याएका थिए। लगत्तै सचिवालयका सदस्यहरुले प्रश्न राखेका थिए।

नेकपा सचिवालय बैठक सञ्चालनमै रहेका बेला राष्ट्रपतिले अध्यादेश अध्यादेश जारी गरिसकेकी थिइन्। ‘अध्यादेश जारी भइसकेको सूचना बैठकमै पायौँ, यो अवस्था सचिवालयले थप नयाँ गर्नसक्ने स्थिति रहेन।’

बैठक सकिएलगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास निस्केका थिए ।

सम्बन्धित समाचार : सचिवालय बैठकमा ओलीमाथि प्रश्न - राष्ट्रिय महत्त्वको विषयमा निर्णय गर्दा पार्टीभित्र छलफल गर्नुपर्दैन ? 

अध्यादेश ‘बेमौसमी बाँसुरी’ भन्दै कड्किए देउवा

 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x