मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
बैशाख १५, २०७७
काठमाडौंमा प्रधामन्त्री केपि शर्मा ओलीलाई एक्ल्याइएको अभ्यास कर्णालीमा पनि शुरू भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरख बहादुर वोगटी र सह इन्चार्ज यामलाल कंडेललाई थाहै नदिई सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भर्चुअल बैठक पार्टीका कर्णाली इन्चार्ज जनार्दन शर्मा र पार्टी सचिव मायाप्रसाद शर्माबीच आइतबार सम्पन्न गरेपछि नेकपा कर्णाली वृत्तमा खैलाबैला मच्चिएको छ ।
मुख्यमन्त्री सचिवालयको आधिकारिक पेजबाट शनिबार साँझ सार्वजनिक गरिएको उक्त तस्वीरमा सरकारका मन्त्री र पूर्व माओवादी पक्षधरका नेताहरुको मात्रै बैठकमा सहभागि भएको देखिन्छ । ‘सरकारका कामकारवाही र कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासहरुको सम्वन्धमा कर्णाली प्रदेशका माननीय मुख्यमन्त्रीज्यू, मन्त्रीज्यू र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली प्रदेश ईन्चार्ज जनार्दन शर्मा र मायाप्रसाद शर्मा विच अन्तरक्रिया । भर्चुअल प्रविधिको प्रयोग गरि गरिएको अन्तरक्रियामा सरकारले तय गर्नुपर्ने आगामी रणनीतिको सम्वन्धमा पार्टी नेताहरुले सुझाव दिनुभएको छ,’ पेजमा लेखिएको छ ।
‘सरकारले आयोजना गर्ने यस्तो बैठकमा पूर्व एमाले पक्षधरका नेतालाई सहभागि गराइएको छैन । यो आपत्तिजनक छ,’ अनेरास्ववियू सुर्खेतका संयोजक धुपेन्द्र शाहीले भने, ‘सरकारले नै गुट चलाईरहेको छ जस्तो महसुस भएको छ ।’
उनले पार्टीमा गुटबन्दी चर्को भइरहेको बताउँदै त्यसतर्फ सरकार संवेदनशील हुनपर्नेमा नभएको आरोप लगाए । ‘सरकारले पार्टी अध्यक्षलाई सह इन्चार्जलाई बाइपास गरेर जानुको अर्थ के हो ?’ प्रश्न गर्दै संयोजक शाहीले भने, ‘विधान बमोजिम जानु पर्छ कि पर्दैन ? फेरि पनि पूर्व माओवादी र पूर्व एमाले भन्दै सरकारले कित्ता काट गरिरहने ?’
सरकारले यसरी गुटलाई बढावा दिने काम राम्रो नभएको उनको भनाइ थियो । नेकपा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कंडेलले उक्त बैठकबारे कुनै पनि जानकारी नभएको बताउँदै भए गरेका कुराको बारेमा अनभिज्ञता प्रकट गरे ।
‘मलाई केहि जानकारी नै छैन ।’ उनले भने, ‘यसबारेमा मैले थप कुरा के भन्नु र ?’ नेता कंडेलले शनिबार नै सामाजिक सञ्जालमा स्टाटससमेत लेखेका छन् ।
‘अहिले सम्म कर्णाली प्रदेशमा कोरोना भाईरसको प्रभाब देखिएको छैन । राम्रो कुरा हो । यस्तै रहिरहोस हामी सबैको कामना छ । सबै आ–आफ्नो स्थानमा सजग नै रहेको पाईन्छ । प्रदेश सरकारले पनि आफ्नो सक्रियता बढाइरहेको हुदा हुँदै पनि सरकारमा रहनु भएका साथीहरूले जे गरिरहनु भएको छ गम्भीरता पुर्बक समीक्षा गरि लकडाउन अनुकुलको निर्णय र व्यवहार गर्न हार्दिक अनुरोध गर्दछु ।’ नेता कंडेलको यो स्टाटसपछि मुख्यमन्त्री शाहीले इन्चार्जसँग कुराकानी गरेको नेकपा श्रोतको दाबी छ ।
नेता कंडेल र सरकारमा रहेका प्रकाश ज्वाला पूर्व एमालेका हुन । दुवै जना सहइन्चार्ज पनि हुन । ज्वाला सरकारको मन्त्री भएका कारण बैठकमा सहभागि भएको नेकपा श्रोतको दाबी छ ।
नेकपा कर्णाली प्रदेश कमिटिका एक सदस्यले सबैलाई राखेर जानु भन्दा सरकार पुरानै गुटका आधारमा चलिरहेको बताए । ‘सरकारले नेकपाो विधिान बमोजिम जानु पर्छ । यहाँ एक दुइ व्यक्ति बलियो वा पहुँच भन्दा पनि सबैलाई समेटेर कर्णालीका नागरिकको भावना अनुसार अघि बढनुको विकल्प छैन,’ उनले भने, ‘सामुहिक रुपमा कुनै समस्या भएको खण्डमा सरकारले सबैलाई राखेर काम गर्नुपर्छ । एक्लै चल्न खोज्नु मुर्खता हो ।’
नेकपामा पूर्व एमालेमा सह इन्चार्ज कंडेल, अध्यक्ष वोगटी ओली पक्षधर हुन भने अर्का सह इन्चार्ज ज्वाला माधव नेपाल खेमाका हुन् ।
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...