×

NMB BANK
NIC ASIA

बुटवल, १५ वैशाख । सीमावर्ती नाकाबाट शसस्त्र प्रहरीले ब्राउन सुगर र अन्य लागूऔषधसहित सोमबार एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको  शसस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. भूजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भूजहवा नाकाबाट उक्त सामाग्री बरामद गरेको हो । 

Muktinath Bank

लागूऔषधसँगै पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेषकान्त उपाध्यायलाई पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिए । बरामद भएका लागूऔषधमा ७.१५ ग्राम ब्राउन सुगर छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यस्तै विभिन्न नामका ८ सय १४ पिस लागूऔषध छन् । इन्जेक्सन २ सय पिस र विभिन्न नामका सिरफ लागूऔषध ७७ पिस रहेको शसस्त्र प्रहरी उपरीक्षक खनियाँले जानकारी दिए सीमावर्ती भारतीय बजारबाट उनले लागूऔषध ल्याउँदै थिए ।


Advertisment
Nabil box
Kumari

लकडाउनको समयमा सीमा क्षेत्रमा सुरक्षाकर्मी परिचाल गरेपनि एकान्त स्थानबाट उनले भारतीय स्कुटीमा राखेर लागूऔषध ल्याउने प्रयास गरेको खनियाले बताए । भारतमा रहेको ससुरालीबाट फकर्दै गरेका उनीसँग श्रीमती र ३ वर्षे छोरा समेत रहेका थिए । ‘दसगजा नजिकबाट मोटरसाईकल डोर्‍याएर आउँदै गरेको देखियो । 

Vianet communication
Laxmi Bank

प्रहरीलाई देखेपछि उनले मोटरसाईकल झाडीमा लगेर लुकाए । खानतलासी गर्दा उक्त लागूऔषध स्कुटीमा लुकाएर राखेका रहेछन् । ’ खनियाले भने ।

उनी दसगजा पार गरिसकेपछि मात्र श्रीमती र छोराहरु पछिपछि हिड्दै आएका थिए । परिवारसँग जाँदा चेकजाँच कम हुने सोँच बनाएर उनले लागूऔषध ल्याएको हुन सक्ने प्रहरीको अनुमान छ । भारतीय नम्बर प्लेटको स्कुटीको चक्का माथिका खाली भागहरु र नट कस्ने स्थानमा लागूऔषध लुकाएर राखेका थिए ।

पक्राउ परेका उपाध्याय र बरामद भएका लागूऔषध आवश्यक अनुसन्धानका लागि सीमा प्रहरी चौकी महेशपुरमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ । अनुसन्धानमा सहयोग पुग्ने भएकाले उपाध्यायकी श्रीमती र छोरालाई पनि प्रहरीको जिम्मा लगाइएको छ ।  

लकडाउनका कारण नेपाल भारत ओहोरदोहोर गर्ने व्यक्तिलाई जहाँबाट आएको हो त्यतै फर्काउने भएपनि लागूऔषध भएका कारण शसस्त्र प्रहरीले उनीहरुलाई नेपाल प्रहरीका जिम्मा लगाएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x