माघ १८, २०८०
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
बैशाख १५, २०७७
पार्टीका विद्यमान समस्या समाधान गरेपछि मात्र सचिवालय र स्थायी कमिटी बैठक बोलाउने भनी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गरेको प्रस्ताव वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले अस्वीकार गरेको छ ।
कोटेश्वरस्थित नेता नेपालको निवासनजिकै रहेको वन पैदावार उद्योग व्यवसायी महासंघको भवनमा भएको छलफलमा विभिन्न प्रस्ताव आएपनि आफूहरूले सचिवालय र स्थायी कमिटी बैठक बोलाएर समस्याको निकास खोज्नुपर्ने सुझाव दिएको बैठकमा सहभागी नेपालपक्षीय नेता भीम रावलले लोकान्तरलाई जानकारी दिए ।
'अनौपचारिक कुराकानी भयो, उहाँहरूले विभिन्न प्रस्ताव ल्याउनुभएको थियो, समाधान खोजौं अनि मात्र बैठक बोलाउँला भन्नुभएको थियो,' रावलले भने, 'हामीले तत्काल सचिवालय र स्थायी कमिटी बैठक बोलाउनुपर्छ, सबै समस्याको समाधान सचिवालय र स्थायी कमिटी बैठकबाट मात्र सम्भव छ भन्यौं ।'
नेता नेपाललाई पार्टी अध्यक्ष बनाउने प्रस्ताव आएको भन्ने कुरा भने हल्ला मात्र रहेको नेता रावलले बताए ।
'उहाँ (माधव नेपाल)लाई अध्यक्षको प्रस्ताव आएको भन्ने कुरामा सत्यता छैन, यो हल्ला मात्र हो,' रावलले लोकान्तरसँग भने ।
छलफलमा ओली पक्षबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल तथा नेपाल पक्षबाट स्वयं नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायत सहभागी थिए ।
त्यसक्रममा आफूहरूले पार्टीभित्र देखिएको समस्यालाई निकास दिने दायित्व पार्टी अध्यक्ष एवं प्रधानमन्त्री भएको नाताले स्वयं प्रधानमन्त्रीको रहेकाले तत्काल बैठक बोलाउन आग्रह गरेको छलफलपछि नेता रघुजी पन्तले जानकारी दिए ।
नेपाल पक्षले भोलिका लागि सचिवालय र त्यसबाट समाधान नभएका समस्या पर्सि स्थायी कमिटी बैठक बसेर छलफलबाट निकासको मार्ग प्रसस्त गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ ।
'पार्टीभित्र समस्या आएको छ, त्यसलाई निकास दिने काम पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीको भएको नाताले तत्काल सचिवालय र स्थायी कमिटी बैठक बोलाउन सुझाव दिएका छौं,' पन्तले भने ।
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...