बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बैशाख १६, २०७७
‘रोग लाग्या छ, परानै भाग्नुस्, परानै बचाउनुस्, नाङ्गो भोको घरमै बाचौंला भनेर बुढियाले भनिन्, त्यसपछि घर जान हिँड्यौं,’ दैलेखको दुल्लुका ६१ वर्षीय बालाराज खड्कालाई कतिबेला घर पुगौंला र घर परिवारसँग भेटौंला भन्ने हुटहुटीले सताएको छ ।
६ छोरी र २ छोरासहित ८ सन्तानका बुवा बालाराजका नातिनातिना पनि भइसके तर उनलाई मजदुरी कामबाट छुटकारा पाइएको छैन । ‘सासंदहरूले गाडी मिलाइदिए, अब घर पुगिन्छ भन्ने आश पलाएको छ,’ खड्काले भने ।
दैलेखबाट चैत ५ गते काठमाडौंका लागि हिँडेका बालाराज र मोतिराम थापाले जम्मा २ दिन काम गर्न पाए । ‘९ र १० गते काम गर्यौं, ११ गतेदेखि त बन्द भयो, भेडाबाख्राझै खोरभित्र बस्यौं,’ थापाले भने ।
दैलेखकै ठेकेदारमार्फत काठमाडौं आएका उनीहरूले कहिले नैकाप, कहिले ललितपुरमा फास्ट ट्रयाकको काम गरे ।
‘५ जना एउटै कोठामा बस्यौं, हामी त घरबाहिर निस्कन नपाएर निसास्सिएका थियौं, अहिले जेलबाट छुटेजस्तै भयो,’ मोतिरामले भने ।
मोतिराम र बालाराजका समस्या आमनेपाली गरीबका कथासँग मिल्दाजुल्दा छन् ।
‘एउटा छोरो उता कतारमा अलपत्र पर्यो, अर्को बम्बईमा छ, यता कामविहीन भएँ, घरमा बुढियाले चिन्ता गरिरा’छ,’ आइतवार साँझ कलंकीमा भेटिएका मोतिरामले लोकान्तरसँग भने, ‘बुढियाले केहीगरि बाँचिकन आउनुस्, यही कोदो–मकै कमाएर खाउला भनिन् । खान नपाइ मर्नुभन्दा त घरमा सबैको मुख देखौला भनेर हिँडेको ।’
कामविहीन भएर बस्नुपर्दा मोतिरामलाई छटपटी भएको छ, छोरो झक्कडबहादुरलाई कतार पठाउँदाको ऋण र ब्याजको भारीले उनलाई बेचैनी भएको छ ।
‘बा म विदेश जान्छु भन्यो, महिनावारी ३ रुपैयाँमा ऋण सापटी गरेर विदेश पठाइदिए । भिजिट भिसा हानेर असारमा कतार गएको थियो,’ थापाले भने, ‘काम पाएको २ महिना भएको थियो । अहिले कोठामै छ रे ! खान त पाएको रैछ, ऋण कसरी तिर्ने भन्ने चिन्ता छ ।’
लकडाउनको अवधिमा १ महिना काठमाडौंमै बसेर थापा र खड्का दैलेख जाने बस हेर्दै कलंकीको सडकपेटीमा बसिरहेका थिए । ‘बरु कोरोनाको औषधि होला, भोकको औषधि हुने रहेनछ, काम नगरी कति दिन बस्ने भनेर गुण्टा बोकेर हिँड्यौं,’ थापाले भने । सामान्य अवस्थामा फर्केमा लगत्तै र बन्द लम्बिएमा दशैंपछि काममा फर्किने दुवैको योजना छ ।
डेढ महिना कुरेर उपचार नगरी फिर्ता
अर्घाखाँचीको छत्रदेव गाउँपालिका अर्खातोेषका चोपलाल खनाल दम्पती १ महिना लकडाउनमा फसे । न उपचार भयो, न घर जान पाए । पेटको रोगका बिमारी खनाल अर्घाखाँचीदेखि पाल्पाको मिसन अस्पतालमा धाउँदा–धाउँदा निको नभएपछि काठमाडौं आएका थिए ।
‘दवाई गर्न भनेर चैत्र लाग्ने मसान्तीको दिन अर्घाखाँचीबाट आएका हौं, शुरूमा टिचिङमा गएका थियौं, डाक्टरले चिरायुमा पठाउनुभयो । ११ गते अस्पताल बोलाउनुभएको थियो, हामी त गएका थियौं डाक्टर आउनुभएन,’ खनाल पत्नीले भनिन्, ‘डाक्टरलाई फोन गर्यौं, लकडाउन खुलेपछि आउनु भन्नुभयो । दिन, हप्ता कुर्दा महिना बित्यो लकडाउन खुल्ने छाट देखिएन, त्यसपछि हामी हिँड्यौं ।’
उपचारपछि निको भएर फर्किने आशमा डेढ महिना काठमाडौंमा बिताएका खनाल दम्पती लकडाउनका कारण डाक्टर नआएपछि खिन्न हुँदै घर फर्के । ‘घरमा हामी बुढाबुढी मात्र थियौं, छोरीलाई घर कुर्न लगाएर आएका थियौं ।
यता पनि चिनेजानेका र आफन्तकोमा यता–उता गर्दै डेड महिना बितायौं, अहिले रोग लिएरै फर्किंदै छौं,’ खनालले दुःखेसो पोखिन् । छत्रदेव गाउँपालिकाले बसको व्यवस्था गरेको थाहा पाएर घर जान कलंकी आएको खनालले बताए ।
मजदुर मात्र होइन, सर्वसाधारण पनि
लकडाउनको शुरूआती दिनमा दैनिक ज्यालादारी मजदुरी गर्ने कामदार पैदलै काठमाडौं बाहिर हिँडेका थिए । कोही पैदलै हिँडेर र कोही ट्रकमा बसेर गाउँसम्म पुगे । लकडाउन लम्बिएपछि स्थानीय तहले समन्वय गरेर अत्यावश्यक भएकालाई गाउँ पुर्याउने व्यवस्था गरेको थियो । लकडाउन लम्बिएको र घरभित्र बस्नुपरेको भन्दै विद्यार्थी र सर्वसाधारण पनि घर फर्किन लागेका छन् ।
स्थानीय तहले रिजर्भ गरेका गाडी साँझपख काठमाडौंको कलंकीमा लस्कर लाग्ने गर्छन् । सुर्खेतको चौकुने गाउँपालिका जाने ६५ जना कलंकीमा लाइन लागेर बसेका थिए । ‘कोही विद्यार्थी, कोही मजदुर र कोही विभिन्न कामले काठमाडौं आएर अलपत्र परेर बस्नुभएका हुनुहुन्छ । सिट क्षमता अनुसार बसमा राखेर पठाएका छौं,’ स्वास्थ्य राज्यमन्त्री नवराज राउतका स्वकीय सचिव तपेन्द्र बिसीले लोकान्तरसँग भने ।
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...