फागुन १, २०८०
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
सम्पूर्ण विश्वलाई त्राहीत्राही पारेर सिङ्गो संसारको ध्यान आफू र आफ्नो वरिपरि मात्र केन्द्रित पार्न सफल कोरोना अहिले हरेक जिब्रो र हरेक भाषाको आफ्नो शब्दमा परिणत भएको छ ।
विश्वका हरेक देश र स्वशासित क्षेत्रमा प्रत्यक्ष वा मनोवैज्ञानिक त्रासका रुपमा आफ्नो अड्डा जमाएको कोरोना कहर अन्त्यपश्चात विश्व कस्तो होला ? अहिले नै आकलन गर्नु दिग्गज मानिएका विश्लेषक वा विद्वानलाई पनि हम्मेहम्मे परिरहेको र धेरैका धेरै थरिका प्रक्षेपणहरू आउँदै गरेको अवस्था छ ।
कोरोना कहर आउनुपूर्व पनि संसार चलेकै थियो, पछि पनि अवश्य चल्नेछ । व्यक्तिगत रुपमा कैयनले आफन्त गुमाएको अवस्थामा नयाँ अध्याय शुरू गर्नुपर्छ भने अन्यले आफू बाँचेको खुशी व्यक्त गरेर पुनः दिनचर्या सञ्चालन गर्लान् । यो अवस्था व्यक्तिको मात्र नभएर सालाखाला संसारका हरेक ठाउँमा यस्तै हुने संकेत मात्र हैन पक्कापक्की छ ।
यही अवधिमा संसारले सोचेकोभन्दा फरक केही घटनाक्रमको उदय र विकास भएको छ । विशेषगरी विश्वको सर्वशक्तिशाली राज्य अमेरिकाप्रतिको विश्व जगतका मानिसको धारणामा प्रशस्तै परिवर्तन आएको सामाजिक सञ्जाल, प्रख्यात टेलिभिजन च्यानल, नाम चलेका विश्व विख्यात पत्रपत्रिका लगायतमा बहस र आलेख साथै शैक्षिक लेखमा नयाँ भाष्यको सिर्जना भएको अनुभूति गर्न सकिन्छ ।
विश्व राजनीतिक रंगमञ्चमा अमेरिकाको घट्दो प्रभाव र चीनको बढ्दो दबदबाको सेरोफेरोमा केन्द्रित रहने छ ।
के विश्व जगतमा अमेरिकाको प्रभाव घट्दो गतिमा छ ? केही पहिलेदेखि नै अफगानिस्तानको गृहयुद्ध साम्य पार्न नसक्नु र आफ्ना सैनिक फिर्ता लैजानुले अमेरिकाले अफगानिस्तानबाट केही पाएन भन्ने बहस छँदै थियो । थप सिरियाको स्थिति सामान्य पार्न नसक्नु अनि रुसले क्रिमियालाई आफूमा गाँभ्दा पनि रुसउपर दबाब दिन नसक्नुले उसको शक्तिको ह्रास वा विदेश नीतिको परिवर्तनको संकेतका रुपमा लिन थालिएको थियो । पछि आफ्नो नाकैमुनिको दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा अमेरिकाले गरेको सत्ता परिवर्तनको असफल प्रयासले अमेरिकाको खस्कँदो स्थितिबारे थप उजागर गर्यो ।
आफूले मान्छे नै नगन्ने उत्तर कोरियाली शासक किमसँगको वार्ताका लागि पटक–पटकको पूर्वी एसिया भ्रमण, भर्खरै सैनिक नेता सुलेमानी मारेर तित्तिएको सम्बन्ध सुधारार्थ कोरोनासँग लड्न ईरानलाई गरेको सहयोग प्रस्ताव र ईरानको ठाडो अस्वीकार, सोही अनुरुपको उत्तर कोरियालाई सहयोग प्रस्ताव र पछि किमको स्वास्थ्य खराब भएको समाचार बाहिरिएसँगै उनलाई भेट्न जाने विचारमा रहेको ट्रम्पको अभिव्यक्ति मात्र होइन, कोरोना रोकथामका लागि सिङ्गो विश्व र विशेषगरी युरोपलाई चीनले गर्दै गरेको सहयोग र युरोपेली नेताहरूले गरेको चीनको सराहना र अन्त्यमा अमेरिका स्वयंले कोरोना भाइरससँग लड्न चीनबाट लिनुपरेको सहयोगका अलावा ट्रम्पको चीन लक्षित अभिव्यक्तिमा आएका यू–टर्न शैलीका अभिव्यक्तिले उसको विश्व जगतमा खस्कँदो पकडलाई सजिलै आकलन गर्न सकिन्छ ।
यति मात्र नभई एकातिर दक्षिणी चीन सागरमा रातारात मानव निर्मित टापु बनाउँदै चीनको बढ्दो उपस्थिति र अमेरिकाको खस्कँदो प्रभाव र हिन्द महासागरमा भारतको बढ्दो सैन्य उपस्थितिसँगै चीनको सिङ्गो अपिÞ्रmकी महादेश र दक्षिण अमेरिकामा आकाशिँदो आर्थिक क्रियाकलाप र चतुर्याइँपूर्ण र प्रभावकारी कूटनैतिक उपस्थितिले अमेरिकाको टाउको दुखाइ थप उचाइमा पुगेको छ ।
चीन र अमेरिकाबीचको व्यापारिक र कूटनैतिक शितयुद्ध त केही वर्षयताको विश्व राजनीतिको सामान्य दिनचर्या जस्तै बनिसकेको छ । विभिन्न तवरले विश्व व्यापार संगठन होस् वा संयुक्त राष्ट्रसंघ वा जी७ राष्ट्र जस्ता संगठनका माध्यमबाट अमेरिकाले चीनलाई दबाबमा राख्ने प्रयत्न गरिरहेको थियो तर कोरोनाको प्रकोपसँगै विश्व स्वास्थ्य संगठनको भूमिकाउपर प्रश्न उठाउँदै उसलाई दिइने अमेरिकी सहयोग रोक्का गर्ने घोषणाले अमेरिका र विश्व स्वास्थ्य संगठनबीच दूरी मात्र बढाएन, संस्थालाई चीन निकट पुर्याउन पनि भूमिका खेले ट्रम्पले । लगत्तै चीनले संगठनलाई ३ करोड अमेरिकी डलर सहयोगको घोषणा पनि गर्यो । घटनासँगै संयुक्त राष्ट्रसंघको एक अंग रहेको विश्व स्वास्थ संगठन र अमेरिकी किचलोले छाता संगठन संयुक्त राष्ट्रसंघसँग समेत दूरी बढ्ने संकेत देखिन थालेको छ ।
त्यति मात्र नभएर युरोपमा बढ्दो चीनको पकडका केही अन्य घटना यसअघि नै घटिसकेका छन् । अमेरिकी आशा विपरीत १८ युरोपेली देशले गरेको भनिएको चीनसँगको सडक सञ्जाल (बीआरआई) विस्तार परियोजनाको हस्ताक्षर लगायत कोभिड १९ देखिएलगत्तै अमेरिकाले युरोपसँग गरेको हवाई उडान बन्दको एकलौटी घोषणा र प्रत्युत्तरमा युरोपको सोही प्रकारको घोषणाले युरोप र अमेरिकाबीच केही तिक्तता थपेको छ, जुन हालै अमेरिकाले गरेको सहयोग प्रस्ताव अनिच्छापूर्वक मात्र ईटलीले स्वीकार गरेको र सो प्रस्ताव पनि चीनको ईटालीमा चिकित्सक टोली सहितको उपस्थिति पश्चात आएको भन्ने समाचार सार्वजनिक भएको थियो । यसले पनि थप के आकलन गर्न सकिन्छ भने अमेरिकाको सहयोग बाध्यात्मक बढी र सदिच्छापूर्ण कम थियो । ईटलीको सहयोग स्वीकार पनि केवल दबाबपूर्ण र औपचारिक मात्र थियो ।
एकातिर विश्व जगतमा चीनको आर्थिक र कूटनैतिक उपस्थिति बढ्दो रफ्तारमा अघि बढेको छ भने अर्काेतिर अमेरिका आफैंभित्र रुमल्लिएको छ । कोरोनाको बढ्दो प्रभाव सँगसँगै अमेरिकी संघीय सरकार र विभिन्न राज्य सरकारबीच वाकयुद्ध नै चल्यो, जुन वाकयुद्ध मिसिगन लगायत केही राज्यमा ट्रम्प समर्थन–विरोधका रुपमा छताछुल्ल भए ।
न्यूयोर्क टाईम्स लगायतले त राज्य सरकार र संघीय सरकारबीचको रस्साकस्सी अमेरिकामा संवैधानिक संकट निम्त्याउनेतर्फ अघि बढेको रिपोर्ट गर्दै गरेको परिवेशमा आ–आफ्नो राज्य कहिले खोल्ने वा बन्द गर्ने अधिकार सम्पूर्ण राज्यका गभर्नरकै रहेको तर आफूले खोल्न आग्रह गर्ने भन्ने ट्रम्पको स्वीकारोक्तिसँगै टरेको वा पर धकलिएको छ ।
यसका अलावा आम अमेरिकी नागरिक पनि अमेरिकाको प्राथमिकता आफ्ना नागरिक नभएर शक्ति मात्र रहेको प्रस्ट भएको र अमेरिकाले आफ्नो नीतिमा तत्काल परिवर्तन गर्नुपर्नेमा जोड दिन थालेका छन् । योसँगै लगभग ६ महिना मात्र बाँकी रहेको अमेरिकी चुनावी प्रक्रिया पनि पेचिलो बन्दै गरेको छ । ट्रम्पलाई पछार्ने दौडमा होमिएका बर्नी सान्डर्स वा जो बाइडनका लागि ट्रम्पका पछिल्लो भड्किला र केटाकेटी शैलीका अभिव्यक्ति भने प्रारम्भिक चरणमा फलदायी देखिन थालेको आकडा आउन थालेको छ ।
यति हुँदाहुँदै पनि राजनीतिमा न कोही स्थायी सत्रु न कोही मित्र हुने सिद्धान्तलाई आत्मसात गर्दै भोलि कुन राष्ट्र कुन कित्तामा उभिने हुन अहिल्यै आकलन गरिहाल्न त्यति सजिलो अवश्य छैन तर शक्तिको प्रवृत्ति भनेकै शक्तिशाली सर्वैसर्वा हुने हुँदा भोलि कुन कित्ताको पल्ला भारी हुन्छ, त्यतै अरु पनि लतारिने हुँदा पर्ख र हेरको अवस्थामा सिङ्गो विश्व जगत छ तर कोरोनाको कहरमा चीनले लगभग विजय प्राप्त गरिसकेको अवस्था र अमेरिका कोरोनाको क्षतिका अलावा आन्तरिक किचलोमा पर्नुले उ यो लिगलिग दौडमा केही पछि परेको अनुमान लाउन केही बल पुग्दछ ।
यसका अलावा चलायमान अर्थतन्त्रमा आएको रोकावट र वालस्ट्रीटमा देखिएको शेयर बजारको पतन, कच्चा तेलको मूल्यमा आएको गिरावट र भारी बेरोजगारीको समस्याले अमेरिका सन् १९३० पछि सबैभन्दा ठूलो आर्थिक संकटमा फस्न लागेको आकलन सही सावित भए त्यसै पनि करीब ३.८ ट्रिलियन डलर वैदेशिक ऋणमा रहेको अमेरिका थप ऋणमा पर्ने अवश्यम्भावी देखिन्छ ।
यति हुँदाहुँदै पनि पहिलो विश्वयुद्ध पश्चात महाशक्ति राष्ट्रका रुपमा उदय भई दोस्रो विश्वयुद्धपश्चात एकलौटी सर्वशक्तिमान राष्ट्र रहेको अमेरिकाको दबदबा कम हुन नदिन स्वयं अमेरिकाले पनि कुनै कसर बाँकी नराख्ने भने पक्का छ तर परिवर्तन संसारको एक मात्र अपरिवर्तनीय नियम रहेको र १६ औं शताब्दीसम्मको पूर्वीय शक्ति १७ औं शताब्दीको औद्योगिक क्रान्तिसँगै युरोपमा सञ्चित भएको र दोस्रो विश्वयुद्धपश्चात अमेरिकामा केन्द्रित रहेको शक्ति पुनः एसियायी महादेशमा सर्नेमा कुनै द्विविधा छैन । समान प्रविधि तर झण्डै ६० प्रतिशत जनसंख्या रहेको एसियाले अरु सम्पूर्ण महादेशलाई पछि पार्नेमा पश्चिमा वैज्ञानिक र विद्वानहरू नै ठोकुवा गर्छन् । कुरा ढिलोचाडोको मात्र हो ।
(खतिवडा रोस्किल्डे विश्वविद्यालयमा अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर अध्ययनरत छन् ।)
गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...