×

NMB BANK
NIC ASIA

नेकपा विवाद

शनिवारको सचिवालयमा प्रचण्ड–नेपालको ‘पोजिसन’ : अविलम्ब स्थायी कमिटी बैठक, ओलीको राजीनामा

बैशाख १९, २०७७

NTC
Premier Steels

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को शनिवार बस्ने सचिवालय बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाउने कुरालाई प्रमुखताका साथ उठाउने भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीको भुलभुलैयामा परेको भन्दै दोस्रो तहका नेताहरूले नेपाल र प्रचण्डसँग आक्रोश पोखेपछि शनिवारको बैठकमा स्थायी कमिटी बैठक बोलाउने एजेण्डालाई प्रमुखताका साथ उठाउने तयारी गरेका हुन् । सचिवालय बैठकको एकदिन अगाडि माधव नेपाल समूहका प्रभावशाली नेताहरू छलफलमा जुटेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार साँझ बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले कोरोनाको संकट सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने शर्तमा आफूले मार्गप्रशस्त गर्ने प्रस्ताव गरेका थिए । गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावसँगै नेता नेपाललाई तेस्रो बरियताको अध्यक्ष बनाउन ओलीले प्रस्ताव गरेका थिए ।


Advertisment
Nabil box
Kumari

पार्टीभित्र देखिएको विवाद समाधान गर्न शनिवार नेकपा सचिवालयको बैठक बस्दैछ । शनिवारको बैठकमा नेता नेपालले आफूलाई तेस्रो अध्यक्ष बनाउन गरिएको प्रस्ताव अस्वीकार गर्ने तयारी गरेका छन् । वामदेवलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अगाडि बढाउन पनि ओलीले राजीनामा गर्नुपर्ने कुरालाई जोडतोडका साथ उठाउने तयारी गरिएको नेपाल समूहका एक स्थायी कमिटी सदस्यले लोकान्तरलाई बताए ।

Vianet communication

‘समस्या प्रधानमन्त्री ओलीमा छ र समाधानका लागि निकास पनि ओलीले नै दिनुपर्छ,’ ती स्थायी कमिटी सदस्यले भने, ‘अस्ति गरिएको प्रस्ताव आफूइतरका नेताहरूलाई मिल्न नदिने मनासयका साथ आएको हो । हाम्रो बटमलाईन ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै छोड्नुपर्छ भन्ने हो ।’

उनले यदि प्रधामनन्त्री ओली निकासका लागि साँच्चिकै गम्भीर भएको हो भने तत्काल राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।

हामीलाई भुलाउने रणनीति मात्र हो भने यसको मूल्य ओलीले नै चुकाउनु पर्नेछ,’ उनले भने ।

वरिष्ठ नेता झलनाथ खनालले ओलीले राजीनामा गर्छु भन्नु सकारात्मक भएको बताएका छन् । ओलीले राजीनामा गरेपछि आफूहरूले सर्वसम्मत विकल्प दिने उनले लोकान्तरलाई बताए ।

संविधान संशोधनमार्फत राष्ट्रिय सभाको सांसद पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गरेर या प्रतिनिधि सभाका लागि ठाउँ खालि गराएर भएपनि गौतमलाई संसदमा लगेर कोरोनाको महामारी सकिएलगत्तै गौतमलाई सरकार हस्तान्तरण गर्ने प्रस्ताव ओलीले बुधवारको सचिवालय बैठकमा गरेका थिए ।

गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्तावमा ओलीइतरका नेताहरूको खासै विमति छैन । तर उनीहरूले ओलीले सरकार छाड्ने लिखित प्रतिबद्धता र गौतम प्रधामनन्त्री सुनिश्चित गर्ने आधार खोजेका छन् ।

तेस्रोरियता स्वीकार नगर्नदबाब

तेस्रो बरियताको अध्यक्ष कुनै हालतमा स्वीकार नगर्न माधव नेपाललाई नेताहरूले सुझाव दिएका छन् । ‘अप्ठेरो परिस्थितिमा १५ वर्षसम्म पार्टीको महासचिव चलाएको व्यक्ति तपाईं कसरी असफल ओली भन्दा तल बस्नु हुन्छ ?’ नेता नेपालसँग भएको छलफलमा एक केन्द्रीय कमिटीका सदस्यले भनेका थिए, ‘जसको विकल्प खोजिरहेका छौं, उसैको तल रहेर काम गर्ने कल्पना कसरी गर्न सकिन्छ ?’

नेता नेपालले सबैको भावना बुझ्नका लागि मात्र बुधवारको बैठकमा आफूले प्रतिक्रिया नजनाएको बताएका थिए । ‘मैले पार्टीमा विधि स्थापित गर्न संघर्ष गरेको हो, कसैको ललीपपमा भुल्दिन,’ नेपालले आफ्नो समूहका नेताहरूलाई आश्वस्त तुल्याए ।

नेपाल समूहका नेताहरूले स्थायी कमिटीको बैठक बोलाउन छाडेर प्रधानमन्त्रीको उम्मेदवारमा बहस नगर्न पनि सचिवालय सदस्यहरूलाई दबाब दिएका छन् । नेता भीम रावल लगायतले प्रचण्ड र नेता नेपाललाई स्थायी कमिटी बोलाउने बाहेकका एजेण्डामा छलफल नै नगर्न सुझाव दिएका ती नेताले लोकान्तरलाई बताए ।

‘सचिवालय बैठकमा तपाईहरूको प्रस्तुतिले पदको बार्गेनिङ गरेजस्तो देखियो, प्रधानमन्त्रीलाई ‘टाइम बाइ’ गर्ने मौका दिनुभयो,’ प्रचण्डलाई दिएको सुझावबारे एक स्थायी कमिटी सदस्यले भने, ‘प्रधानमन्त्रीको राजीनामा माग्ने या के गर्ने भन्ने स्थायी कमिटी बैठकको अधिकार हो, तपाईहरू यसमा नलाग्नुस् ।’

विकसित घटनाक्रमबारे छलफल गर्न भन्दै स्थायी कमिटीका २० जना सदस्यले हस्ताक्षर गरेर स्थायी कमिटी बैठक बोलाउन माग गर्दै आएका छन् । प्रधामनन्त्री ओलीले भने स्थायी कमिटी बैठक बोलाउन आलटाल गरिरहेको उनीहरूको आरोप छ ।

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने फागुन १४ गतेको निर्णय कार्यान्वयन नगर्ने प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको अडानपछि नेकपाभित्र विवाद शुरू भएको हो ।

पार्टीमा सल्लाह नगरी राजनीतिक दल विभाजन खुकुलो पार्ने अध्यादेश तथा संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपा भित्रको विवादले थप उत्कर्षको रुप ग्रहण गर्यो । पार्टीका शीर्ष नेताको चर्को आलोचनापछि सरकारले दुवै अध्यादेश फिर्ता गरेको थियो ।

सरकारका क्रियाकलापले पार्टीको बदनाम भएको भन्दै अध्यक्ष प्रचण्ड, उपाध्यक्ष गौतम, वरिष्ठ नेता नेपाल र खनाल लगायतले ओलीले पद छाड्नुपर्ने बताउँदै आएका छन् । सहमतिका लागि यसअघि भएका प्रयासमा नेपाल समूहले विनाशर्त स्थायी कमिटी बैठक बोलाउन माग गरेको थियो ।

पार्टी भित्रको विवाद गहिरिँदै जाँदा नेकपाभित्र सांसदहरूले हस्ताक्षर अभियान शुरू गरेको प्रचार बाहिर आएका छन् । प्रधानमन्त्री ओली र ओलीइतर समूह दुवैले संसदीय दलमा आफूहरूसँग स्पष्ट बहुमत रहेको दावी गरिरहेका छन् ।

संसदको सबभन्दा ठूलो दल नेकपासँग २ सय ७५ मध्ये १ सय ७४ सांसद छन । जसमध्ये प्रधानमन्त्री ओलीको पक्षमा ७८, प्रचण्डको पक्षमा ५३ र नेपालको पक्षमा ४३ सांसद रहेको बताइन्छ । कुनै फेरबदल नभएमा प्रचण्ड-नेपाल पक्षसँग संसदीय दलमा स्पष्ट बहुमत छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x