भूमि र नागरिक बचाउको लागि धनगढीमा विरोध प्रर्दशन

लखन चाैधरी
लखन चाैधरी

लखन चौधरी लोकान्तरका लागि सुदूरपश्चिम प्रदेश प्रतिनिधि हुन् । 

भारतले अतिक्रमित नेपाली भूमिमा मानसरोवर जाने सडक खोलेको र आफ्नै नागरिक भारतमा भोकप्यास मर्न थालेको भन्दै शनिबार धनगढीमा बिरोध प्रदर्शन भएको छ ।

नेपाल काँग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री कार्यालय अगाडि बिरोध प्रदर्शन गरेको हो । बिरोध प्रदर्शनका क्रममा नेपाली काँग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले नेपाली भूमिमाथिको अतिक्रमण बन्द गर्न र भारतले मिचेको नेपाली भूभाग फिर्ताका लागि पहल गर्न सरकारसंग माग गरे ।


Advertisement

नेता रावलले भारतमा अलपत्र परेका नेपालीहरुको यथाशिघ्र उद्दार गर्न समेत नेपाल सरकारसंग आग्रह गरे ।

भारतमा रहेका लाखौ नेपाली लकडाउनका कारण अत्यन्त कष्टपूर्ण जिन्दगी बिताईरहेको बताउदै नेता रावलले नेपालीहरुलाई भोकभोकै मर्न नदिन र उनीहरुलाई तत्काल उद्दार गरी नेपाल ल्याउन सरकारसंग जोडदार माग गरे । 'लाखौ नेपालील लकडाउनमा फसेका छन् । उनीहरु खाना नपाएर छटपटिएका छन्, यो देश उनीहरुको पनि हो । नेपाली जनताका सुरक्षा गर्नु सरकारको दायित्व हो’, रावलले भने, ‘सरकार आफ्नो दायित्वबाट बिमुख हुनु दुर्भाग्यपूर्ण हो । कुनै पनि बहाना र नाममा उनीहरुलाई त्यहाँ मर्न दिन हुदैन । समयमै उद्दार गर्नुपर्छ ।'


Advertisement

नेता रावलले सीमामा अलपत्र परेका र डेढ महिनादेखि क्वारेन्टाईनमा राखिएका नेपालीहरुलाई पनि तत्काल नेपाल भित्र्याउन सरकारसंग आग्रह गरे ।

यसैबीच सरकारको चौतर्फी विरोध भैरहेको छ । आफ्नै नागरिक ल्याउन नसकेको र आफ्नै भूमी अतिक्रमण हुँदा समेत समयमै कुटनैतिक पहल गर्न नसकेको भन्दै विरोध भैरहेको हो ।


 

लखन चाैधरी
लखन चाैधरी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्