×

NIC ASIA

सुनौलीमा अलपत्र ५ सय १० नेपालीलाई भित्र्याइयाे

तिलोत्तमा र सिद्धार्थनगरका मयेर गाडी लिएर नाकामै पुगे

बैशाख ३१, २०७७

Prabhu Bank
NTC
Premier Steels

लामो समयदेखि नेपाल भारत सीमा बेलहिया (सुनौली) मा अलपत्र केही नेपालीको बुधबार साँझ उद्धार गरी नेपाल ल्याएको छ। 

Muktinath Bank

भारतमा  क्वारेन्टाइन अवधि पूरा गरेका ५ सय १० नेपाली पहिलो चरणमा उद्धार गरी रुपन्देहीको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकाका क्वारेन्टाइनमा ल्याएर राखिएको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार १ हजार जनालाई ल्याउने भनिए पनि अन्य स्थानीय तहका क्वारेन्टाइन व्यवस्थित नभएको हुँदा ल्याउन नसकिएको तिलोत्तमाका मेयर बासुदेव घिमिरेले जानकारी दिए। उनीहरुलाई उद्धार गर्न तिलोत्तमाका मेयर घिमिरे, सिद्धार्थनगरका मेयर हरि अधिकारी गाडी लिएर पुगेका थिए। सीमामा अझै १ हजार भन्दा बढी नागरिक अलपत्र छन्।


Advertisment
Nabil box
Kumari

उनीहरु पनि ल्याउने बारे छलफल चलिरहेको छ। नेपाल ल्याइएका मध्ये २ सय ३३ जनालाई तिलोत्तमा नगरपालिकाका २ वटा क्वारेन्टाईनमा राखिने छ भने बाँकी २ सय ७७ जनालाई सिद्धार्थ नगरपालिकाका २ वटा क्वारेन्टाइनमा राखिने छ।

Vianet communication

भारतका बिभिन्न स्थानबाट नेपाल फर्केर भारतीय सिमावर्ती सुनौलीमा १ हजार २ सय बढी नेपाली रहेपनि क्वारेन्टाईनको व्यवस्थापन हुन नसक्दा अहिलेलाई ५ सय १० जना मात्र ल्याउन लागिएको हाे।

तिलोत्तमा नगरपालिकामा ल्याईएका २ सय ३३ जना मध्ये शंकरनगर सारदा उच्च माध्यमिक विद्यालयको क्वारेन्टाईनमा ३३ जना र मधवलिया स्थित मधवलिया माध्यमिक विद्यालयको क्वारेन्टाईनमा र २ सय जना राखिने छ।  

त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा ल्याईएका २ सय ७७ जनालाई वडा ८ मा रहेको रुपन्देही लिलाराम माध्यमिक विद्यालय र वडा नं ५ मा रहेको भैरहवा माध्यमिक

विद्यालयको क्वारेन्टाईनमा राखिने छ। नेपाल ल्याइएका सबैको बिहीबार बिहानबाट स्वाव संकलन गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x