पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
जेठ १, २०७७
छिमेकी मुलुक भारतका विभिन्न शहरबाट फर्किएका र फर्किने तयारीमा रहेका प्रवासी नेपालीलाई राख्न रुपन्देहीका पालिकाहरू क्वारेन्टाइन निर्माणमा केन्द्रित भएका छन् तर कोरोना भाइरस संक्रमित थपिए अस्पतालमा बिरामी राख्ने शय्या छैनन् ।
सीमावर्ती भारतीय शहर र दशगजासम्म आएर बसेका नेपालीलाई उद्धार गर्न क्वारेन्टाइन बनाउने काम धमाधम भइरहेको छ । सिद्धार्थनगर नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, बुटवल उपमहानगरपालिका, सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिकासहित रुपन्देहीका १६ वटै पालिकाहरू क्वारेन्टाइनको व्यवस्थापनमा केन्द्रित भएका छन् ।
बुधवार सुनौलीबाट उद्धार गरिएका ५१० जनालाई तिलोत्तमा र सिद्धार्थनगरका विभिन्न क्वारेन्टाइनमा राखिएको छ ।
भारतबाट आउने प्रवासीलाई सकभर पायक मिलाएर सम्बन्धित पालिकामै क्वारेन्टाइन बनाएर राखिने र त्यस्तो सम्भव नहुनेलाई अन्य कुनै पालिकामा व्यवस्थित गरेर राख्ने गरी तयारी भइरहेको बताइएको छ । पहिलो चरणमा कति हजार नेपाली आउँछन्, त्यो हेरेर अरु विस्तार गर्ने गरी तयारी भइरहेको छ ।
बुटवल, भैरहवा, सैनामैना र तिलोत्तमामा यसअघि नै क्वारेन्टाइन निर्माण भइसकेका छन् । पहिले भएका क्वारेन्टाइनलाई अझ व्यवस्थित बनाउने, नयाँ ठाउँमा विस्तार गर्ने र आवश्यक स्रोतसाधन जुटाउने काममा केन्द्रित भएको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
बुटवलले तामनगरको कोरियन इन्स्टिच्यूटमा क्वारेन्टाइन निर्माण गरिसकेको छ भने अब धेरै जनालाई व्यवस्थित गर्ने गरी नयाँ ठाउँमा तयारी भइरहेको छ । भारतका विभिन्न शहरबाट सिमामा आएर बसेका प्रवासीलाई सीमावर्ती जिल्लाका पालिकामा क्वारेन्टाइनमा राख्ने तयारीस्वरुप क्वारेन्टाइन थप्न लागिएको नगरपालिका संघका प्रदेश संयोजक समेत रहेका बुटवलका प्रमुख सुवेदीले बताए ।
बुटवलमा धागो कारखानाको बन्द रहेका भवनमा उपमहानगर र प्रादेशिक अस्पतालको सहकार्यमा कोरोना विशेष आइसोलेसन अस्पताल निर्माण भएको छ । त्यहाँ आईसीयू समेत ६० वटा शय्या छन् भने हाल ३६ जना उपचाररत छन् । उपचार गराइरहेका रुपन्देहीका पहिलो कोरोना संक्रमित युवा भने डिस्चार्ज भएका छन् ।
दशगजा क्षेत्रमा आएर बसेका केही प्रवासी नेपालीलाई बुधवार स्वदेश ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देही र स्थानीय तहको सहकार्यमा एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किएका छन् । उनीहरूलाई राख्ने ठाउँबारे रुपन्देहीका केही पालिकाले भने विरोध जनाएका छन् । कोरोना अस्पतालमा पनि २०० शय्याको आइसोलेसन प्रदेश सरकारले थप्दैछ ।
रोहिणी र मायादेवी गाउँपालिकाले क्वारेन्टाइनमा राख्न नसक्ने भन्दै बुधवार अबेरसम्म विरोध गरेका थिए । केही पालिकाले भने स्थानीयको बहानामा सरकारलाई असहयोग गर्न खोजेका छन् । रोहिणी गाउँपालिका अध्यक्ष सनोज यादवले स्थानीयले प्रवासी नेपाली नल्याउन दबाब दिएको बताए । स्वदेश फर्किन लागेका नेपालीले भारतका विभिन्न शहरमा क्वारेन्टाइन अवधि पूरा गरिसकेको जनाइएको छ ।
सीमाबाट ल्याइएका नेपालीलाई रुपन्देहीको सिद्धार्थ नगरपालिका, ओमसतिया र रोहणी गाउँपालिका विभिन्न विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइनमा राख्ने तयारी थियो । त्यहाँ नअट्ने र थप आउनेलाई अरु पालिकामा बनिरहेका क्वारेन्टाइनमा राखिने छ ।
सीमापारि झण्डै १ हजार ६०० नेपाली १ महिना अघिदेखि आएर क्वारेन्टाइनमा बसेका छन् । तीबाहेक खुला सीमाको फाइदा उठाउँदै दशगजाबाट हिँडेरै लुकेर छिर्नेहरूको संख्या पनि धेरै छ । उनीहरूलाई पनि सोधीखोजी गरेर क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।
सिमानामा सुरक्षाकर्मी तैनाथ भएपनि लुकेरै आएका व्यक्तिले जोखिम बढाएको भन्दै समुदायलाई नै सक्रियता बढाउन जनप्रतिनिधिले आग्रह गरेका छन् । सीमामा आएका नेपाली गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, रुपन्देहीलगायत जिल्लामा रहेका बताइएको छ । यसका अतिरिक्त प्रवासी नेपालीलाई नै लक्षित गरेर भारतले रेल सेवा शुरू गरेपछि अरु हजारौंको संख्यामा नेपाली आउने अनुमान गर्न थालिएको छ ।
स्वदेश फर्किन चाहने नेपालीलाई आउन दिने तर उनीहरूको नाम, ठेगाना लगायतका विवरण पहिल्यै संकलन गरेर सम्बन्धित पालिकामा पायक मिलाएर राख्ने गरी व्यवस्था मिलाउनुपर्ने नेपाल पत्रकार महासंघ ५ नम्बर प्रदेश उपाध्यक्ष भरत केसीको सुझाव छ । स्वास्थ्य परीक्षण गरेर ल्याउने र क्वारेन्टाइनमा पनि नियमित स्वास्थ्य चेकजाँच गरेर राख्नुपर्ने उनको सुझाव छ ।
अलपत्रलाई सीमापारि नै रोक्दा लुकीछिपी नेपाल प्रवेश गर्न क्रम बढेपछि संक्रमणबाट जोगिन वैधानिक रुपमा नाकाबाट ल्याउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । रुपन्देही, कपिलवस्तु, नवलपरासी, बाँकेसहित ६ जिल्लाहरू भारतीय सीमासँग जोडिएका छन् । भारतबाट कतिको संख्यामा आउने हुन् भन्ने कुनै यकिन छैन । हजारौंको संख्यामा अहिले नै सीमावर्ती क्षेत्रमा रहेकाले भारतमा रेल सेवा सहज भएपछि त्यो संख्या बढ्ने निश्चित छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक हेमकुमार थापाले सीमा क्षेत्रमा नियमित निगरानी गस्ती भएपनि खुला सिमानाको गलत फाइदा उठाउनेहरू चुनौती कायमै रहेको बताउँछन् । उनले वैधानिक रुपमै सीमा नाकाबाट स्वास्थ्य परीक्षण गरेर भित्र्याउने गरी तयारी भइरहेको बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारीले रुपन्देहीका स्थानीय तहको सहकार्यमा अलपत्र नेपालीलाई भित्र्याउन लागिएको बताए । ‘सबैलाई सुरक्षित ल्याउनुपर्नेछ, सुरक्षित रुपमै राख्नुपर्छ,’ उनले भने ।
कपिलवस्तुका केही स्थानीय तहले पनि मंगलवार ५०० अलपत्रलाई जिल्ला भित्र्याएर क्वारेन्टाइनमा राखेको त्यहाँका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलको भनाइ छ । सिमामा बुधवारसम्म मात्रै १ हजार ५०० जना प्रवासी रहेका छन् । प्रदेशमा कोरोना संक्रमितको संख्या ९३ जना पुगेको छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...