पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीको दुई महिना पूरा भई राजधानीमा कोभिड–१९ का सङ्क्रमित बढ्दै जाँदा उपत्यकामा सफाइ अभियान भने जारी छ ।
वाग्मतीका तीन स्थान गुह्येश्वरीमाथि, पशुपति क्षेत्र र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । वाग्मती सफाइ महाअभियानको ३६७औँ हप्तामा पशुपति क्षेत्रमा सफाइ अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलले एक्लै सफाइ गरे ।
शङ्खमूल क्षेत्रको वाग्मती मनोहरा दोभानमा डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ अभियान चलेको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिनुभयो । वाग्मती सफाइ महाअभियान यही जेठ ५ गतेदेखि आठौँ वर्ष प्रवेश गरेको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान हिउँद, वर्षा, चाडपर्व, भूकम्प, कोरोनाको विश्वव्यापी महामारीमा पनि जारी छ ।
कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा चैत १५ गते आज भने अभियानकर्मी नदीमा पुग्न नसकेको जनाइएको छ । त्यस दिन सबै अभियानकर्मीले आआफ्नो टोल सफाइ गरेका थिए । त्यसपछिका आजदेखि भने नदीको नजिक घर भएका अभियानकर्मीले सफाइलाई निरन्तरता दिँदै आएका छन् ।
माथिल्लो वाग्मती सफाइ अभियान भनिने गुह्येश्वरीमाथि ३२७औँ हप्ताको सफाइ गरिएको छ । वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा भइरहेको यस क्षेत्रको सफाइ पनि बन्दाबन्दीकाबीच साङ्केतिकरुपमा सम्पन्न गरिएको अभियानकर्मी उत्तम पुडासैनीले बताए ।
यसैगरी मनोहरा नदी सफाइ अभियानको १६६औँ हप्ता चन्द्र दङ्गालको नेतृत्वमा नदी किनारको गुप्तेश्वर महादेव मन्दिर क्षेत्रमा गरिएको छ । बेबी राजभण्डारीको संयोजनमा ललितपुरको गोदावरी खोला सफाइ गरिएको छ । सबैतिरको सफाइ अभियान सरकारले बन्दाबन्दीका क्रममा जारी गरेको आचारसंहिताबमोजिम सामाजिक दूरी कायम गरी गरिएको जनाइएको छ ।
नदी किनार नजिकै घर हुने अभियानकर्मी नदीमै गएर सफाइ गरेको अभियानकर्मी शाहीले बताउनुभयो । निवास नदीभन्दा टाढा हुने अभियानकर्मीले भने आआफ्नो टोल सफाइ गर्नुभएको थियो ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...