प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक, संविधान संशोधनसम्बन्धी विषयमा छलफल हुने

फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार सर्वदलीय बैठक बोलाएका छन् ।

संविधानको अनुसूची ३ मा रहेको निशान छापसम्बधी व्यवस्थालाई नयाँ अद्यावधिक नक्साअनुरुप संशोधन गर्न सहमति जुटाउने उद्देश्यले प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् ।


Advertisement

बैठक मंगलवार ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।

एक साताअघि बुधवार भूमिव्यवस्था मन्त्री पद्माकुमारी अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेकी थिइन् ।


Advertisement

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र मधेश केन्द्रित दल जनता समाजवादी पार्टीका नेताहरूले संविधान संशोधन प्याकेजमै गर्नुपर्ने धारणा राख्ने गरेका छन् ।

गत शुक्रवार बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकलगत्तै कानूनमन्त्री शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता गरेकी थिइन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्