मिनी ट्रक दुर्घटना हुँदा बालाजुमा २ जनाको मृत्यु

काठमाडौंको बालाजुमा मिनी ट्रकको ठक्करबाट स्कुटरमा सवार दुई युवाको मृत्यु भएको छ । 

गांगबुबाट बालाजुतर्फ जाँदै गरेको बा२ख ५४८४ नम्बरको मिनी ट्रकले ना६५प २००१ नम्बरको स्कुटरलाई नयाँ बसपार्क नजिकै ठक्कर दिँदा बझाङका २२ वर्षका लोकेन्द्र विष्ट र २५ वर्षका धनबहादुर बुढाको मृत्यु भएको काठमाडौं प्रहरी परिसर,टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । 


Advertisement

घाइते बुढाको ट्रमा सेन्टर र विष्टको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा राति नै ज्यान गएको हो ।

दुर्घटनापछि भागेका मिनी ट्रकका चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्