नाजी कमान्डरको डायरीमा लुटेको खजानाको उल्लेख, २३ लाख करोड रुपैयाँ बराबरको सम्पत्ति

दोस्रो विश्वयुद्धको समयमा हिटलरको नाजी सेनाले विभिन्न ठाउँमा लुटपाट गरेर बहुमूल्य सामानहरू कुम्ल्याएको इतिहास छ । 

अहिले एक नाजी कमान्डरको डायरी फेला परेको छ जसमा जर्मन सेनाले लुटेको खजानाको बारेमा उल्लेख गरिएको छ । 


Advertisement

खजानामा ३० टन सुन, महंगा चित्रकला र अमूल्य मूर्तिहरू छन् । खजानालाई ११ वटा फरक फरक ठाउँमा राखिएको बताइएको छ । 

नाजी कमान्डर हेनरिख हिमलरको डायरीमा ती ठाउँहरूको जानकारी भेटिएको हो । त्यसको खबर पोल्यान्डको न्युज पोर्टल द फर्स्ट न्युजले दिएको छ । 


Advertisement

खजाना लुकाइएको एउटा ठाउँ पोल्यान्डको रोजटोका प्यालेस हो । सोह्रौं शताब्दीमा बनाइएको यो दरबारमा २०० फीट गहिरो इनार छ । त्यहाँ ३० टन सुन रहेको बताइएको छ । 

यो सुन पोल्यान्डको ब्रेसलाउबाट ल्याइएको बताइन्छ । यसको अहिलेको मूल्य हेर्ने हो भने लगभग २३ लाख करोड रुपैयाँ जति पर्छ । 

यो डायरी धेरै वर्षसम्म गोप्य नै रह्यो । त्यसलाई जर्मनीको क्वेडलिनबर्गमा लुकाएर राखिएको थियो । 

हिमलर त्यहाँ जाने गरेका थिए र उनैले डायरी त्यहाँ लुकाएका थिए । त्यहाँको मेसोनिक लजले सन् २०१९ मा डायरी पोल्यान्डको संस्था सिलेसियान ब्रिजलाई दिएको थियो । 

अन्य खजानाहरू पनि विभिन्न् ठाउँमा लुकाइएको डायरीमा उल्लेख छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्