मंसिर ८, २०८०
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) बीच वैशाख १० गते मध्यराति भएको एकता सहमति अनुसार आइतबार निर्वाचन आयोगमा जनता समाजवादी पार्टी (जसपा) दर्ता भएको छ।
एकीकरण प्रारुप अनुसार डा. बाबुराम भट्टराई संघीय परिषद् अध्यक्ष रहने यसअघि सहमति जुटेकाे भनिए पनि अन्तिम समयमा आएर उनी वरीयतामा तल झरेका छन्। अर्थात् सहमतिमा टिपेक्स लागेको छ। पूर्ववर्ती सहमति अनुसार महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय अध्यक्ष बने पनि भट्टराई वरिष्ठ नेतामा झरेका हुन्।
यसअघि पूर्वप्रधानमन्त्री भट्टराईलाई वरीयतामा पहिलो नम्बरमा राखिने सहमति भएपनि उनलाई दिइन लागिएको पद सेरेमोनियलजस्तै थियो। तर अन्तिममा आएर उक्त सहमति पनि ताेडिएकाे छ।
तत्कालीन राजपाले भट्टराईलाई वरीयताको पहिलो नम्बरमा अस्वीकार गर्दा यो परिणाम आएको हो। तत्कालीन राजपा नेता ठाकुरले भट्टराईलाई आफूभन्दा माथिल्लो वरीयतामा राख्न अस्वीकार गरेका हुन्।
वरीयता विवादकैबीच आयोगमा पार्टी दर्ता हुनुको कारण हो, निवेदन दिएको आइतबार ४५ औँ दिन पुग्नु। यसलाई तत्कालीन समाजवादी पार्टी नेपाल, प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले पनि घुमाउराे किसिमले स्वीकार गरेका छन्।आइतबार राति सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘धेरै वैचारिक र संगठनात्मक कुराहरुमा छलफल बाँकी रहेकाे र निर्वाचन आयाेगमा आजै पुग्नुपर्ने बाध्यता भएकाले आज २ पार्टीबीच १/१ जना अध्यक्षकाे नाममा संयुक्त पार्टी दर्ता...।'
पाण्डे भट्टराईका प्रेस सल्लाहकार पनि हुन्।
दल दर्तापछि सार्वजनिक कागजातमा भट्टराई वरीयताको चौथो नम्बरमा देखिन्छन् । उनको नाम अशोक राईपछि छ। भट्टराईपछि राजेन्द्र महतोको नाम छ।
सार्वजनिक कागजातमा बाबुराम वरिष्ठ नेता रहेको र वरीयतामा चौथो नम्बरमा रहेपनि जनता समाजवादीका नेताहरुको फरकफरक भनाइ आएको छ।
लोकान्तरसँग सम्पर्कमा आएका नेताहरूले भट्टराई संघीय परिषद् अध्यक्ष नै रहेको बताएका छन्। तर, उनको वरीयताको विषयमा भने फरकफरक अभिव्यक्ति दिएका छन्।
नेता लक्ष्मणलाल कर्णले पार्टी दर्ताका लागि वरीयतामा मिलान गरिएको बताए। ‘संघीय परिषद्को अध्यक्ष उहाँ (बाबुराम भट्टराई नै हो। तर वरीयतामा महन्थ ठाकुर पहिलो नम्बर, उपेन्द्र यादव दाेस्राे र बाबुराम भट्टराई तेस्राेमा हुनुहुन्छ,’ लोकान्तरसँग कुरा गर्दै कर्णले भने।
तत्कालीन समाजवादी पार्टी, संसदीय दलका प्रमुखको सचेतक उमाशंकर अरगरियाले पनि बाबुराम भट्टराई नै संघीय परिषद् अध्यक्ष रहेको बताए। तर भट्टराई वरीयतामा दोस्रो नम्बरमा रहेको उनले जनाए।
हुन् पनि महन्थ ठाकुरले वरीयतामा बाबुराम भट्टराईभन्दा तल नबस्ने अड्डी कसेपछि उनी (बाबुराम) लाई दोस्रोमा झारिएको थियो। तर बाबुरामले नै आफू वरीयतामा महन्थ ठाकुरपछि नबस्ने बरु अशोक राईपछि राख्न भनेपछि त्यसैअनुसार टिपेक्स लगाइएको स्रोतको भनाइ छ।
निर्वाचन आयोग, राजनीतिक दल महाशाखा प्रमुख लक्ष्मी गौतमको भनाइ र सार्वजनिक कागजातमा उल्लेखित विवरणले मेल खान्छ। गौतमका अनुसार २ जना क्रमशः महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन्।
त्यसपछि वरिष्ठ नेतामा क्रमशः अशोक राई, डा बाबुराम भट्टराई, राजेन्द्र महतो रहेको उनले बताए।
पाण्डेले ‘नेतृत्व लगायतका वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ’ भनेका छन्।
सरकारले दल विभाजनसम्बन्धी प्रावधानलाई खुकुलो पार्नेगरी अध्यादेश ल्याएपछि यी दुई दल एकीकृत भएका थिए।
कुन पदमा बस्ने भन्दा पनि हामीले कस्तो राजनीतिक जग बसाउने भन्नेहो!हामी अरु पुराना चलनचल्तिकै राजनीतिक पार्टीहरुको अर्को अंग हुनेहो कि साँच्चै व्यवहारमै वैकल्पिक राजनीतिक संस्कारसहितको पार्टी बनाउने भन्ने बहसहो। नेतृत्वलगायतका वैचारिक कुरा आउने केन्द्रीय समितिको बैठकबाट सबै मिल्नेछ pic.twitter.com/L8UIHUdacA
— Bishwadeep Pandey (@BishwadeepP) June 7, 2020
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...