×

NMB BANK
NIC ASIA

काश नेपालमै कोभिड- १९ को भ्याक्सिन बनेको खबर सत्य हुन्थ्यो !

जेठ २६, २०७७

NTC
Premier Steels

केही दिनदेखि नेपाली प्राध्यापकले कोरोना भाइरसको औषधि पत्ता लगाएको कुरा छ्याप्छ्याप्ती छ । यसका पक्ष/विपक्षमा अनगिन्ति समाचार र सामाजिक सञ्जालमा मन्थन जारी छ । म कामना गर्छु, यी र यस्तै खबरहरू सत्य हुन्, संसारले कोरोनाको भयबाट त्राण पाओस् त्यो पनि हाम्रै नेपाली माटोमा आवीस्कार गरिएको औषधि प्रयोग गरेर । तर अहिले बाहिर आइरहेको जति सूचनाबाट यो आशा गर्नु अलिकति पनि औषधिविज्ञान, जैविक रसायन विज्ञान र त्यसम्बन्धी विधा अलिअलि जान्ने हामी सबैलाई अपाच्य दाबी हो।

Muktinath Bank

पछिल्लो जानकारीअनुसार सम्बन्धित अनुसन्धानकर्मीबाट यो एउटा प्रस्तावना मात्र भएको र प्रमाणीकरणका लागि अब मात्र अनुसन्धान शुरू हुने खालको कुरा आएको छ । यो प्रसंगमा मात्र होइन अरू यस्तै आविस्कारजन्य कुराहरूमा थोरै कुरा सुन्ने बित्तिकै धेरै उचालिने हाम्रो बानी नै भैसक्यो कि जस्तो लाग्छ । शायद अलि बढी हेपिएको, पछि परेको मानसिकता भएकाले होला हामी नेपाली अलिकति पाउनेबित्तिकै भाइरल बनाउन आतुर हुन्छौं, त्यसैले त सनसनी खबरहरू को छाया मा मर्छ, आजकल सत्य !


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा. ललित दासको दाबीअनुसार उहाँले अनुसन्धानशास्त्रहरूको अध्ययन र आफ्नो फाइटोकेमिस्ट्री विधाको अनुभव प्रयोग गरेर सम्भाव्य औषधि/भ्याक्सिन बनाउनुभएको छ- उहाँले व्याख्या गरेको प्रक्रियाबाट सबै अड्कलहरू सही भए भनेपनि निकै लामो चरण पार गरेपछि भाइरस/ ब्याक्टेरियाविरुद्ध काम गर्ने अणुहरू पत्ता लाग्न सक्छन्, तर यो निकै लामो बाटो हो जसको वास्तविक शुरूआत पनि भएजस्तो बुझिँदैन । थुप्रै अनुसन्धानबाट प्रमाणित भयो भनी दाबी गरिएका वनस्पतिजन्य Extract हरूबाट बन्ने भनेको औषधि हो- त्यो पनि निकै लामो अनुसन्धानको चरण पार गरेपछि ।


Advertisment
Nabil box
Kumari

सक्रिय अणुहरू शुद्ध रूपमा निकालन, तिनीहरूको वास्तविक रासायनिक संरचना पहिचान गर्न र तिनीहरूको मानव शरीरबाहिर देखिने ब्याक्टेरिया वा भाइरसजस्ता सुक्ष्म जीवविरुद्धको गुणको परीक्षण गर्न पनि निकै समय र मेहेनत लाग्छ । उपचारमै प्रयोग गर्नु भनेको त सुदूर क्षितिजको कुरा हो । हामीकहाँ त्यस्तो परीक्षण हुन सम्भव पनि छ जस्तो लाग्दैन । भनेपछि यो सबै हावा समाचारको उद्देश्य के हो त ? पछिल्लो अन्तर्वार्तामा डा. दासले आफैं पनि यो परीक्षण नै भएको छैन भन्नुभएको छ ।

Vianet communication

अनि त्यो झोलमा भाइरसको स्पाइक प्रोटिनको अणुहरू बीचको बोन्ड छुट्ट्याउने खुबी भएका इन्जाइमहरू छन् भन्ने कुरा छ, तर त्यो दाबीको पछाडि पनि कुनै पुष्टि भएको प्रमाण रहेको कुरा बाहिर आएको छैन । यदि त्यस्तो खुबी भएका इञ्जाइम छन् भने पनि के ती कोरोनाभाइरसको प्रोटिनलाई मात्र हानी गर्ने खालका हुन् त् ? हैन भने तिनीहरूको दुरगामी असर के होला भन्ने कुराको उत्तर त परै जाओस्, अनुसन्धानमा त्यस्तो प्रश्न नै आएको देखिँदैन ।  

त्योभन्दा पनि निकै अघि बढेर भ्याक्सिन नै बनेको अनि यसलाई सुई लगाएर टेस्ट गर्ने कुरा पनि छ, जुन बाहिर सुनिएको प्रक्रियाबाट किमार्थ हुन नसक्ने कुरा हो । भ्याक्सिन बनाउने कुरा बिल्कुलै फरक कुरा हो । कुनै पनि भ्याक्सिनको उद्देश्य, जुन बाहिरी तत्वका लागि भ्याक्सिन बनाउने हो, त्यही तत्वको आंशिक बनावट अथवा त्यस्तै अरू बनावटयुक्त संरचनालाई शरीरमा पठाएर हाम्रो शरीरको प्रतिरोध प्रणालीलाई सक्रिय बनाउनु हो ता कि वास्तविक आक्रमण हुँदा हाम्रो शरीरको प्रणालीले पहिला नै त्यसको पहिचान गरी त्यसबाट हामीलाई बचाओस् भन्ने हो ।

अहिलेलाई हल्लाको पछाडि नलागौं र आशा गरौं वैज्ञानिक पद्धतिहरूको पालना गर्दै अहोरात्र खटिरहेका वैज्ञानिक टोलीहरूले छिट्टै कोरोनाविरुद्धको औषधि र भ्याक्सिन बनाउन सफलता हात पारून्- मानव जातिको कल्याणका खातिर ।

कुनै पनि सुक्ष्म जीव (जस्तै ब्याक्टेरिया, भाइरस) हाम्रो शरीर मा प्रवेश गर्दा ती जीवमा भएको कुनै अनुगत संरचनाको भागलाई हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले बाहिरी तत्व भनेर चिन्छ अनि त्यस्ता तत्वहरूले हाम्राकोष हरूलाई हानि नपुर्‍याओस् भन्नका लागि प्रतिरक्षात्मक प्रणाली सक्रिय हुन्छ - उक्त प्रणाली मा सक्रिय कोषहरूले भविष्यमा हुनसक्ने त्यस्तै आक्रमणबाट शरीरलाई जोगाउन कोशीय स्मरण शक्तिको प्रयोग गरी एन्टिबडी बनाउँछन्, यसरी उत्पादन हुने एन्टीबडी अणुहरू शरीरलाई आक्रमण गर्ने तत्वअनुसार फरक–फरक हुन्छन् । भ्याक्सिन बनाउने बेला हाम्रो प्रतिरक्षा प्रणालीको यही विशेषता प्रयोग गरिन्छ । वास्तविक भाइरसको आक्रमणभन्दा पहिला नै त्यो भाइरससँग लड्ने एन्टीबडी बनाउनका लागि हामी भ्याक्सिन लगाउछौं ।

 साधारणतया भ्याक्सिनमा २ भाग हुन्छ- शुरूमा भाइरसको हामीलाई आक्रमण गर्ने भागलाई सकेसम्म धेरै परिवर्तन नगरी राखिन्छ ताकि हाम्रो शरीरले भविष्यमा हुने त्यस्तो आक्रमणलाई कोशीय स्मरणका कारण चिनोस् भने अर्कोतर्फ भाइरसको रोग निम्त्याउने दोस्रो भागलाई जैविक अणु इञ्जिनियरिङको माध्यमबाट निस्क्रिय बनाइन्छ । हामीले अहिले प्रयोग गरिरहेका भ्याक्सिन बनाउने एउटा प्रमुख सैद्धान्तिक तरिका यही हो र कोरोनाभाइरसका लागि पनि त्यो फरक हुने होइन (भ्याक्सिन बनाउने अरू धेरै सिद्धान्तहरू पनि छन्, तर यस लेखको उद्देश्य हल्ला गरेजसरी भ्याक्सिन बन्ने होइन भन्ने मात्र भएकाले त्योबारे फेरि लेखौंला ।)

यस्तो अनेक चरणहरू पार गरेर भ्याक्सिन बन्यो भने पनि फेरि त्यो कति असरदार हुने हो भन्ने कुरा भाइरसको जिनोममा हुने परिवर्तन र अरू धेरै कुराहरूमा भर पर्छ । जस्तै करोडौं डलर खर्च गरेर वर्षौंको अनुसन्धानपश्चात पनि HIV को सफल खोप अझै राम्रोसँग बन्न सकेको छैन । अहिले संसारका दर्जनौं कम्पनी र अनुसन्धान केन्द्रहरू कोरोना भ्याक्सिनको दौडमा छन् र बीचमा कुनै नसोचेको बाधा आएन भने २०२० को अन्त्यसम्ममा भ्याक्सिन बजारमा उपलब्ध होला भन्ने अनुमान छ- तर यो अनुमान को पछाडि धेरै सफल परीक्षणहरूले बल दिएका छन् । 

डा. दासले भनेका कुराहरू सुन्दा र बुझ्दा उक्त झोल पदार्थ औषधि/भ्याक्सिनभन्दा पनि इम्मुनिटी-बूस्टर झोलजस्तो लाग्छ, त्यो पनि परीक्षण गर्दा मानव शरीरलाई हानिकारक हुँदैन र इम्मुनिटी बूस्ट गर्छ भन्ने प्रमाणित भयो भने । डा. दासको कोरोनाको औषधि बनाएरै छाड्ने अठोटलाई चाहिँ सलाम गर्नैपर्छ, तर धरातलीय यथार्थलाई भुलियो भने पनि हात्ती आयो हात्ती आयो फुस्सा मात्र हुन जान्छ ।

त्यसैले अहिलेलाई हल्लाको पछाडि नलागौं र आशा गरौं वैज्ञानिक पद्धतिहरूको पालना गर्दै अहोरात्र खटिरहेका वैज्ञानिक टोलीहरूले छिट्टै कोरोनाविरुद्धको औषधि र भ्याक्सिन बनाउन सफलता हात पारून्- मानव जातिको कल्याणका खातिर । अहिलेलाई यति मात्र भन्न सकिन्छ । काश ! डा. ललित दासको कोरोनाभाइरस निदान भ्याक्सिनको आविस्कारसम्बन्धी समाचारहरू सबै सही हुन्थे भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x