×

NMB BANK
NIC ASIA

घरमै पुगेर सुत्केरीलाई घ्यू, मेथी र ज्वानो दिँदै बुटवल उपमहानगर

जेठ २९, २०७७

NTC
Premier Steels

कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका  सुत्केरीलाई पोषणको अभाव हुन नदिन बुटवल उपहानगरपालिकाले गर्भवती तथा सुत्केरीलाई पोषिला खानेकुरा वितरण दिन सुरु गरेको छ।

Muktinath Bank

उनीहरुलाई क्याल्सियम आइरन, दशमुलारिष्ट आयुर्वेदिक औषधि, घ्यू, मेथी, ज्वानो लगायत पौष्टिक आहारासँगै चामल उपलब्ध गराइएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लकडाउनमा नियमित स्वास्थ्य सेवाका अतिरिक्त बुटवलले विपन्न समुदायका गर्भवती र सुत्केरी महिलालाई घरमै पुगेर पोषण सामग्री प्रदान गरेको हो। बुटवलले आव ०७५/७६ देखि उपप्रमुख गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेको थियो। 


Advertisment
Nabil box
Kumari

महामारीका बेलामा जनस्वास्थ्यको हटलाइन सेवासँगै सबै वडाहरुलाई लक्षित गरेर विभिन्न ठाउँमा ज्वराे क्लिनिकसमेत सञ्चालनमा छन्। मातृशिशु, महिला, गर्भवती, बालबालिकादेखि हरेक उमेर समूहलाई लक्षित गरी विश्वसनीय, जवाफदेहीपूर्ण र प्रभावकारी सेवा उपलब्ध गराउन संवेदनशील भएर लागिएको उपमहानगरलिकाका प्रमुख शिवराज सुवेदीले बताए। 

Vianet communication

महामारीविरुद्ध अभियानसँगै अहिले बुटवलले स्वास्थ्य सुरक्षाप्रवन्धसहित भौतिक दूरी कायम गरेर नगरका अतिविपन्न समुदायका सुत्केरी तथा गर्भवती महिलालाई पोषण सामग्री प्रदान गरिरहेको उपप्रमुख गुमादेवी गुमादेवी आचार्यले जानकारी दिइन्।

लकडाउनको अवधिमा पनि ८१ जना आर्थिक रुपमा विपन्न तथा श्रमिक सुत्केरीको घरमै पुगेर सेवा दिइएको छ। त्यसैगरी स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य चेकजाँच र परामर्शसमेत दिइएको उपप्रमुख आचार्यले बताइन्।  

गर्भवती र प्रसूति अवस्थाका साथै बच्चा दुई वर्षको हुँदासम्म दूध, घ्यू, मासु, अण्डा, सागलगायत पोषिला खानेकुरा खानुपर्ने सन्देश पु-याउन बुटवलले 'उपप्रमुख सुत्केरी तथा गर्भवती भेटघाट कार्यक्रम' सञ्चालन गरेको थियो। गर्भवती र सुत्केरीका परिवारका सदस्यलाई पोषिला खानेकुरा खुवाउन, जोखिमयुक्त काममा नलगाउन र तनावमुक्त वातावरण बनाउन सहयोगका लागि परामर्शसमेत दिइएको छ। 

बुटवलका विभिन्न सहरी स्वास्थ्य केन्द्रहरुमार्फत आधुनिक ल्याब सेवासहितको प्राथमिक स्वास्थ्य सेवा सञ्चालनमा छन्। यस्ता सेवा सञ्चालन भएदेखि नै बुटवलमा सरकारी स्तरका स्वास्थ्य संस्थामा सेवाग्राहीको आकर्षण बढेको थियो।

नगरका स्वास्थ्य संस्थाहरुबाट ४० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क सुगरको जाँच भइरहेको छ। यसअन्र्तगत करिब चार हजार जनाले यो सेवा लिइसकेको उपमहानगरको तथ्यांकमा छ । 

८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरदैलोमै चौमासिक रुपमा पुगेर स्वास्थ्य चेकजाँच र निःशुल्क औषधी उपलब्ध गराउने स्थानीय तहमा बुटवल अग्रणी मानिन्छ। ‘नगरप्रमुख ज्येष्ठ नागरिक घरदैलो निःशुल्क स्वास्थ्य परीक्षण’ शीर्षकमा सुरु भएको यो कार्यक्रमअन्तर्गत दुई हजारभन्दा धेरै ज्येष्ठ नागरिकले सेवा लिएको उपमहानगरका शिक्षा तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x