×

NMB BANK
NIC ASIA

‘आफर होम स्टे’को रुप बदलिदै, घरघरमा लोकल कुखुरा, बाख्रापालन र तरकारी खेती शुरू [तस्वीरसहित]

जेठ ३१, २०७७

NTC
Premier Steels

वीरेन्द्रनगर वडा नं. १३  मा पर्ने करेखोलाको रुप बदलिन थालेको छ ।

Muktinath Bank

२ वर्ष अगाडी यहाँ आफर होम सटे सञ्चालन भएपछि चर्चा परिचर्चा शुरू भएको थियो । चैत ११ गतेभन्दा अगाडि होम स्टेमा खाना खान आउनेको लाइन लाग्ने गरेपनि लकडाउन पछि भने होम स्टेको कारोबार शून्यमा झर्‍यो । यहि समयमा गाउँमा विकास निर्माणलाई तीव्रता दिने भन्दै नमूना गाउँका अध्यक्ष रचना बाठालगायतको टोली लकडाउनको वास्ता नगर्दै काममा खटियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभा सदस्य पदमा खड्काले दलित विपन्न लक्षित वर्ग विषेश कार्यक्रम सञ्चालन गर्न यहि गाउँ रोजिन् । त्यसकालागि प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले ४० लाख बजेट विनियोजन गरेको थियो । सांसद खड्काले उक्त गाउँमा रहेका ६६ घर दलित परिवारको आर्थिक स्तर उठाउन कृषि तथा पशुपालनमा लगानी गर्ने योजना बनाइन् । सोही योजना अनुसार घरमा बाख्राका खोर निर्माण, बाख्रा वितरण, भकारो सुधार, लोकल कुखुरा वितरण, तरकारी टनेल निर्माण गर्न उक्त बजेट खर्च गरियो ।


Advertisment
Nabil box
Kumari

Vianet communication

‘यहाँ ६० घरमा पाँच घर बाहेक सबै दलित समुदायका छन् । उहाँहरू सबैको आर्थिक स्तर माथि उकास्न हामीले यहाँ लगानी गर्ने योजना बनाएका थियौं । हाल भएको काम हेर्दा खुशी लागेको छ,’ सांसद खड्का भन्छिन्, ‘उहाँहरूले यो काममा निरन्तरता दिने अपेक्षा गरेको छु ।’

लकडाउनले उकुस मुकुस परेको करेखोलाको मुहार परिवर्तन गर्न यो कार्यक्रम प्रभावकारी भएको अध्यक्ष ठाडाको भनाइ छ ।

‘हाम्रो व्यापार व्यवसाय चौपट भएको थियो । के काम गर्नु, कसरी रोजगारी सिर्जना गर्ने र समाजलाई आर्थिक प्रगतितिर लैजाने भन्नेमा हामीले ध्यान केन्द्रित गर्‍यौं,’ उनले भनिन्, ‘प्रदेश सरकारको कृषि विकास निर्देशनालयबाट आएको यो बजेटलाई जसरी पनि प्रभावकारी रुपमा कार्यान्वयन गर्नेतिर हामी अहोरात्र खट्यौं । अहिले गाउँमा २३ घरमा बाख्राका खोर तयार भएका छन् । हरेकको घरमा ६ बाख्रा अनुदानमा दिएका छौं । बाख्राको खोर निर्माणका लागि हामीले परिवारको अवस्था हेरेर १३ हजार देखि २८ हजार रुपैंया सम्म दिएका छौं । उहाँहरू सबैले राम्रो खोर बनाउनु भएको छ । थप बाख्रा खरिद गरेर मासुमा आत्मनिर्भर करेखोला निर्माणमा सबैको साथ र सहयोग पाएका छौं ।’ 

अध्यक्ष ठाडाका अनुसार सोही बजेटबाट सात वटा घरमा तीस हजारका दरले लगानी गरेर भकारो सुधार पनि गरिएको छ । भकारो सुधार गर्न घरमा गाई वा भैंसी पालेको हुनुपर्ने शर्त समितिले राखेको उनको भनाइ छ ।

‘१६ घरमा हामीले २८ वटा लोकल पोथी कुखुरा र दुइ वटा भाले वितरण गरेका छौं । प्रतिघर ४३ हजारका माउ कुखुरा हामीले दिएका छौं । यसबाट भविष्यमा लोकल कुखुरा खोज्न टाढा जानु नपर्ने र बजारको पनि अभाव नहुने हामीले व्यवस्था मिलाएका छौं,’ उनले भनिन्, ‘लकडाउन खुलेपछि हामीले तत्काल होम स्टे सञ्चालन गर्ने र त्यसका लागि आवश्यक पर्ने सबै बस्तु गाउँमै उत्पादन गर्ने योजना बनाएका छौं ।’ 

उनका अनुसार कार्यक्रमको ८१ हजारका दरले गाउँमा सात वटा टनेल निर्माण गरि तरकारी खेति गरिएको छ । किसानले तरकारी उत्पादन गरी बजारमा विक्री पनि गरिसकेका छन् ।

अहिले गाउँमा खुशी थपिएको छ । हरेक वाख्राको बीमा गरिएको छ । गाउँमा १३० वटा वाख्रा भित्रिएका छन् । ती बाख्राले पाठा पाठी जन्माए भने गाउँको आर्थिक उपार्जनको बाटो खुल्ने र कामका लागि भारत जानैपर्ने बाध्यता अन्त्य हुने सपना सोही गाउँका नन्दकली विकले देखेकि छिन् ।

‘श्रीमान भारत जानु हुन्थ्यो । अब भारतको रोजगारी भन्दा घरमै बसेर बाख्रा पालन र तरकारी खेति गर्ने योजना बनाएका छौं,’ उनले भनिन्, ‘हामीले खोर निर्माणमा केही लगानी गरेका छौं । ६ वटा बाख्रा पाएका छौं । यी बाख्राबाट पर्याप्त आम्दानी हुने अपेक्षासहित अरु बाख्रा पनि थप गर्ने योजना बनाइरहेका छौं ।’

प्रदेश सरकारको ४० लाख लगानी मात्रै भएपनि गाउँलेले कम्तिमा ३० प्रतिशत लगानी थप गरी संरचना निर्माण गरेका छन् । समितिका सचिव यशोदा विश्वकर्माले गाउँमा अब सिंचाईको व्यवस्था आवश्यक भएको बताईन । ‘बाख्रा नुहाउने पोखरी, कम्पोष्ट मल उत्पादन तथा विक्री वितरण, बेसार र अदुवा खेती, टिमुर खेतीका लागि कतैबाट सहयोग पाइन्छ कि भन्ने आशा राखेका छौं,’ उनी भन्छिन्, ‘हामी कसैलाई पनि निराश हुन दिदैंनौं । अर्को वर्ष आउनु होला तपाईले सोचेको भन्दा राम्रो प्रगति गरेर हामी देखाइदिन्छौं ।’

कृषि विकास निर्देशनालय सुर्खेतका प्रमुख चित्रबहादुर रोकायाले काम अपेक्षा भन्दा राम्रो भएको बताए । ‘उहाँहरूले गर्नु भएको काम अत्यन्तै राम्रो छ । हामीले सोचेको भन्दा विल्कुल राम्रो काम भएको मैले अनुगमनका क्रममा देखें,’ उनले भने, ‘सबैले यसरी नै काम गरेको खण्डमा कृषि तथा पशुपालनको क्षेत्रमा कर्णाली उदाहरणीय फड्को मार्ने मैले देखेको छु ।’

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x