×

NMB BANK
NIC ASIA

सरिता गिरीलाई कारवाही हुन्छ, बैठक बसेर निर्णय गर्छौं : उपेन्द्र यादव [अन्तर्वार्ता]

'एमसीसीलाई राष्ट्रिय हितअनुकूल बनाएर पास गर्दा हुन्छ'

असार १, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

देशको अद्यावधिक नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्ने विधेयक संसद्बाट गत शनिवार पारित भयो ।

Muktinath Bank

उक्त विधेयकको पक्षमा फरक मत राख्दै मतदान नगर्ने जनता समाजवादी पार्टी (जसपा)की नेतृ सरिता गिरीलाई पार्टीभित्रै र बाहिरबाट पनि कारवाही गर्नुपर्ने माग उठिरहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुलुकको अहित हुने काम गरेको भन्दै जसपाका नेताहरू गिरीलाई कारवाही गर्ने तयारीमा छन् । यसै सन्दर्भलाई जोडेर लोकान्तरकर्मी ईश्वर अर्यालले जसपाका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिका बारेमा कुराकानी गरेका थिए ।


Advertisment
Nabil box
Kumari

यादवले मुलुकको अखण्डतामा कुनै सम्झौता नगरिने तर आन्तरिक एकताका लागि सत्तापक्षले मधेशले लामो समयदेखि उठाउँदै आएको माग तत्काल पूरा गर्नुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

प्रस्तुत छ यादवसँगको कुराकानीको सम्पादित अंश :

संविधान संशोधन विधेयकमा फरक मत राखेको मतदान प्रक्रियामा समावेश नभएको भन्दै पार्टीभित्रै सरिता गिरीलाई कारवाही गर्नुपर्ने कुरा उठिरहेको छ, यसमा तपाईंको धारणा के हो ?

पहिलो कुरा त उहाँ पार्टीको निर्णयविपरीत जानुभयो । दोस्रो संसदीय दलको निर्णयलाई उल्लङ्घन गर्नुभयो । तेस्रो आफ्नै मुलुकको अहित हुने कार्य गर्नुभयो । तीनवटै कार्य उहाँले गर्न नहुने काम गर्नुभयो । उहाँले पार्टीको नीतिविपरीत, निर्णयविपरीत, देशको हितविपरीत काम गर्नुभयो ।

यो पार्टीबाट सांसद भएर उहाँले पार्टीको गरिमा, मर्यादा नीति सिद्धान्त सबैलाई तिलाञ्जली दिएर मुलुकको अहित हुने कार्यमा संलग्न हुनुभयो ।

गिरीलाई कारवाही गर्ने प्रक्रिया कसरी अघि बढ्छ ?

यो धेरै गम्भीर कुरा हो । पार्टीको बैठक बसेपछि ती कुराहरू छलफल हुन्छन् । केही दिनमा संसदीय दलको बैठक पनि बस्छ । कार्यकारिणी समिति पनि बस्छ । त्यसले निर्णय गर्छ ।

उनले संसद् बैठक छाडेर गएपछि तपाईंसँग कुराकानी भएको छ ?

त्यसपछि केही कुराकानी भएको छैन ।

मधेशकेन्द्रित दलको राष्ट्रवादमाथि धेरैपटक प्रश्न उठ्ने गरेको थियो, शनिवार तपाईं र राजेन्द्र महतोले संसद्‍मा गरेको सम्बोधन त्यसको अन्तिम जवाफ जस्तो देखियो नि ! बाहिर एउटा तरंग आइरहेको छ ।

हाम्रो पार्टी मुलुकको एकता अखण्डता, सार्वभौमसत्ता र एकतालाई दह्रो बनाउने देशभक्त र राष्ट्रवादीहरूको पार्टी हो । आवश्यक परे मुलुकका लागि बलिदान दिने पार्टी हो । यसमा कसैले प्रश्न उठाउन जरुरी थिएन र प्रश्नैपिच्छे जवाफ आवश्यक पनि छैन । हामीले गरेको सम्बोधनले हाम्रो धेरै पहिलादेखिको स्ट्याण्ड प्रस्ट पारेको छ ।

हामीले जे हो त्यो खास कुरा भन्दिएका हौं । राष्ट्रप्रति मुलुकप्रति उत्तिकै चिन्तित हामी छौं जति अरू छन् । अरूले हामीलाई कम आँक्नु भएन भन्ने सन्देश पनि हो त्यो ।

निशान छाप संशोधनसँगै तपाईंहरूले आफ्नो छुट्टै विधेयक पनि दर्ता गराउनु भएको थियो ? त्यसमा के हुँदैछ ?

हेर्नुहोस्, संसदमा दुईवटा बिल गएको छ । एउटा यो जुन हामीले पास गर्‍यौं । यो देशको अखण्डतासँग जोडिएको कुरा थियो । यो भनेको बाहिरी शक्तिको अगाडि आन्तरिक एकता देखाउने हो, देखाइयो । दोस्रो विधेयक भनेको मुलुकको आन्तरिक एकताका लागि हो । आन्तरिक एकता नभइकन बाहिरी शक्तिका अगाडि जोर चल्दैन ।

आन्तरिक एकता भनेको के हो भन्दाखेरि, नेपालमा रहेका विभिन्न समूहहरू, भाषा भाषी संस्कृतिहरूको बीचको एकता हो । त्यो एकतालाई बलियो बनाउनका लागि राज्यद्वारा गरिएको विभेदलाई अन्त्य गर्नुपर्छ । अनिमात्र आन्तरिक एकता बलियो हुन्छ । त्यसका लागि प्राइभेट बिल हो । त्यसको संकेत मैले संसद्‍मा पनि गरेको थिएँ ।

मुलुकभित्र आन्तरिक एकता नभई बाहिरी शक्तिसँग जुध्न सक्दैनौं । बाह्य दुनियाँलाई देखाउन हामीले संविधान संशोधन गर्‍यौं भने आन्तरिक एकताका लागि प्राइभेट बिल छ त । त्यो पनि पास गर्नुपर्‍यो ।

त्यसका लागि पछिल्लो समय तपाईंहरूले सरकार या सत्तारूढ दलका नेताहरूसँग केही कुराकानी र पहल गर्नुभएको छ ?

कुराकानी त पहिला भएर सम्झौता नै भैसकेको हो । हस्ताक्षर पनि गरिएको हो । सम्झौता पालना गर्नुपर्ने कर्तव्य हो नि उहाँहरूको त ।

तपाईंहरूले निशान छापका लागि संविधान संशोधनमा मत हाल्न नेकपासँग कुनै शर्त राख्नुभएको थियो भन्ने कुरा पनि आएको छ नि ! केही भद्र सहमति भएको हो र ?

राष्ट्रिय अखण्डताका पक्षमा हामीले शर्त राखेका छैनौं । तर हाम्रो मागका बारेमा पटक-पटक कुरा उठाइरहेका छौं । उहाँहरूले सुन्नुभएको छैन ।

संविधान संशोधन गर्नुपर्ने विषयका सन्दर्भमा तपाईंहरूका माग यथावत छन् कि परिवर्तित सन्दर्भमा केही फेरबदल भएका छन् ?

मधेश आन्दोलनताका भएका सम्झौताहरू यथावत नै छन् । एउटा कुरा भागेदारी र समावेशिताको सबाल छ । दोस्रो नागरिकताको सबाल । तेस्रो असमानता र विभेद अन्त्यको सबाल छ । चौथो के हो भने पहिचान र मान्यताको सबाल । समान अधिकार र अवसरमा समानताको सबाल छ । संघीयतालाई सुदृढ गर्ने सबाल ।

संघीयता त सुदृढ हुँदै गइरहेको छ । तपाईंहरूले प्रदेशको सरकारको नेतृत्व पनि गरिरहनुभएको छ । फेरि ११ प्रदेश चाहिन्छ भन्नुहुन्छ, तपाईंहरूको मागको सान्दर्भिकता कसरी मिल्छ ?

हामीले भनेको होइन ११ वटा प्रदेशको कुरा । राज्य पुनर्संरचना आयोगले नै दिएको प्रतिवेदन हो त्यो । विज्ञहरूले दिएको प्रतिवेदन हो । हामीले बनाएको कहाँ हो र ? त्यो त हामीले अरू भन्दा तुलनात्मक रूपमा राम्रो छ भनेको पो हो त !

सत्ता र विशेष गरेर प्रधानमन्त्री नै तपाईंका मागहरूप्रति उदासीन देखिन्छन्, तपाईंहरूले दर्ता गराएको विधेयक यत्तिकै निष्प्रभावी हुने त होइन ?

पहिलो कुरा त के हो भने हामीले उठाएका कुराहरू व्यक्तिगत कुरा होइनन् । यो राष्ट्रिय समस्या हो । मुलुक ठूलो आन्दोलनपछि संघीय गणतन्त्रमा गयो । यहाँ न संघीयता स्थापित हुन सकेको छ न गणतन्त्र ।

न गरीब जनताको जीवनमा कुनै रुपान्तरण हुन सकेको छ न त आर्थिक रुपान्तरण हुन सकेको छ । न सामाजिक रुपान्तरण भएको छ । न लोकतन्त्र समावेशी हुन सकेको छ न त विभेदको अन्त्य नै भएको छ । यी चीजलाई अन्त्य गरेर मात्र मुलुक अघि बढ्न सक्छ ।

यसमा जिम्मेवारी त सबैको हो नि ! यस्ता कुराहरूमा गम्भीर हुनुभएन भने त प्रधानमन्त्री असफल हुँदै जानुहुन्छ । अर्को कुरा स्थिति सामान्य रहँदैन । जनता सडकमा उत्रिएका छन् र सरकार असफल भइसकेको छ । हामीले उठाएका कुराहरू गर्दै गएको भए यो नौबत आउने नै थिएन । अब त चेत्नुपर्ने हो नि ! ओलीको हठभन्दा पनि मुलुक ठूलो हो ।

केही दिनयता युवाहरू सडकमा उत्रेर सरकारविरोधी प्रदर्शन गरेका छन् । यसमा जसपाको धारणा के हो ?

हामीले सडकमा उठेका आवाजहरूलाई राज्यले सुन्नुपर्छ र सम्बोधन गर्नुपर्छ भनेका छौं । समाधान खोज्नुपर्छ ।

कोभिड– १९ नियन्त्रण र रोकथाम गर्न सरकारले नसकेको भन्ने तपाईंहरूको निष्कर्ष हो त ?

नसकेको होइन, असफल भएको हो । पहिलो कुरा त के हो भने ढिलासुस्तीलाई अन्त्य गरेर स्वास्थ्य उपकरणहरूको व्यवस्था गर्नुपर्थ्यो । अहिलेसम्म जाँच पनि हुन सकिरहेको छैन । जनशक्तिको व्यवस्थापन भएको छैन । तेस्रो अस्पतालहरूको स्तर सुधार्ने काम भएको छैन ।

गरीब जनताहरू काम नपाएर भोकभोकै मरिरहेका छन्, त्यसको कुनै सम्बोधन नै छैन । आन्तरिक उत्पादन, आपूर्ति र वितरण प्रणालीको चक्र तोडिएको छ । आर्थिक रूपले मुलुक संकटमा फस्दै गइरहेको छ । यी सबै कुराहरू हल गर्न सरकारले गरेको चाहिँ के छ र ?

सीमा जोडिएका जिल्लाहरूमा हजारौं पीसीआर नमूना होल्ड भएको छ । तपाईंहरूले दबाब दिनुपर्ने होइन र सरकारलाई ?

पीसीआर पनि डुप्लिकेट छ । एउटा पार्टपूर्जा वीरगञ्जमा छ, अर्को काठमाडौंमा छ । टेक्निसियन कहीँ पनि छैन । कसरी काम गरोस् ? सरकारका मन्त्रीहरूले कोरोनालाई देखाएर कमाइखाने भाँडो खडा गरेका छन् । केही व्यक्तिहरूको स्वार्थसिद्धि गर्नका लागि औषधि खरिदमा भ्रष्टाचार गरिएको छ । ओम्नी भनेका छन्, कहिले के भनेका छन् ।

हामीले राम्रोसँग काम गर भनेर भनिरहेका छौं नि !

सेनालाई कोरोना नियन्त्रणको जिम्मा दिने विषय तपाईंहरुको दृष्टिमा ठीक कि बेठीक ?

कोरोना नियन्त्रणमा सेना परिचालन गर्ने भनिएको छ । त्यो भनेको सरकार असफल हुनु होइन ? असफलताको जिम्मेवारी सरकारले लिनुपर्‍यो । सरकार जुनरूपमा असफल हुँदै गइरहेको छ त्यो अनुसार सेनाले टेक ओभर गरिरहेको छ । त्यसलाई यसरी बुझौं अब ।

फरक प्रसंग - डाक्टर बाबुराम भट्टराईको नाममा टिपेक्सचाहिँ किन लगाइयो ?

पार्टी दर्ता गराउने बेलामा नाम तलमाथि भएको हो । उहाँ एक नम्बर नै हो । हाम्रो नेता हो । संघीय परिषद्को अध्यक्ष हो । हाम्रो पार्टीको नेता नै हो उहाँ । यसमा द्विविधा छैन ।

यो बीचमा सांसद अपहरण गर्नेसम्मका कुरा भए । यसमा सत्तारूढ दलको संलग्नता एउटा पाटो हो तर पार्टीभित्रै मन मिलिरहेको छैन पनि भनिन्छ नि !

प्रधानमन्त्रीलाई पार्टी फुटाउने, सांसद खरिद गर्ने धन्दा छाडेर कोरोनापीडित भएकालाई कसरी बचाउने, भोकै रहेका जनतालाई कसरी खान दिने कुराहरूमा ध्यान दिनुपर्थ्यो ।

बहुमत छँदैछ, किन अर्काको पार्टी तोडफोड गर्नुपर्‍यो ? के पाउँछ ।

रह्यो पार्टीभित्रको कुरा, हामीबीच त्यस्तो कुनै विवाद छैन ।

प्रदेश २ को सरकार ढल्ने आशयका साथ नेकपा अध्यक्ष प्रचण्डले केही महिनाअघि वक्तव्य दिएका थिए, अब सरकार जोगियो हैन त ?

प्रचण्डले त केपी ओलीको सरकार पनि ढलाउने कुरा गर्नुभएको थियो । कता सक्नुहुन्छ, कता सक्नुहुन्न त्यो उहाँको कुरा हो ।

अन्तिममा, एमसीसीका बारेमा तपाईंहरूको धारणा के हो ?

एमसीसीबारे हामीले पनि अध्ययन गर्दैछौं । एमसीसी पास गर्दा हुन्छ । राष्ट्रिय हितअनुकुल बनाएर, परिमार्जन गरेर पारित गर्दा हुन्छ ।

यो त नेकपाकै असन्तुष्ट पक्षहरूको लाइन भयो त !

हाम्रो लाइन अलि फरक छ । राष्ट्रिय हितको मामिलामा हामीले सम्झौता गर्दैनौं । नेकपाका नेताहरू केमा असहमत छन् भन्ने हाम्रो विषय रहेन । तर हामी उहाँहरूको भन्दा पनि फरक लाइनमा छौं ।

उहाँहरूको बढी एक्सट्रीम छ । हामी अलि लचिलो छौं तर राष्ट्रिय हितको रक्षा हुने गरी अघि बढ्नुपर्छ भन्नेमा हामीमा द्विविधा छैन ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ३, २०८०

बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...

चैत २५, २०७९

वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...

जेठ १९, २०८०

​​संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

चैत ३, २०८०

लेखक एवं निर्देशक प्रदीप भट्टराईका जति फिल्म प्रदर्शनमा आएका छन्, ती सबैले दर्शकको माया र समीक्षकबाट प्रशंसा पाएका छन् । ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘शत्रुगते’ र ‘महापुरुष...

चैत ६, २०८०

बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x