×

NMB BANK
NIC ASIA

कर्णालीमा कोरोना संक्रमित बढेकोबढ्यै; दैलेख अघिअघि, सुर्खेत पछिपछि !

असार १०, २०७७

NTC
Premier Steels

कर्णाली प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या निरन्तर बढ्दै गएको छ ।

Muktinath Bank

बुधबार कर्णालीमा २८ जनामा कोरोना पुष्टि भएसँगै कुल संख्या १ हजार ३ सय ३५ पुगेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्लोपटक दैलेखको भगवतीमाई आइसोलेसन सेन्टरबाट ४ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, गुटु आइसोलेसन सेन्टर सुर्खेतबाट १ जना, सालकोट आइसोलेसन सेन्टरबाट १ जना र कोटडाँडा आइसोलेसन सेन्टरबाट १ जना गरी ८ जना डिस्चार्ज भएका छन् ।


Advertisment
Nabil box
Kumari

यो सँगै कर्णालीमा कोरोना जित्नेहरूको संख्या ५ सय ६५ पुगेको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

Vianet communication

हाल आइसोलेसनमा ७ सय ७० जना उपचाररत छन् ।

तिवारीका अनुसार कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ छ ।

दैलेख अघिअघि, सुर्खेत पछिपछि !

कोरोना संक्रमित हुनेहरूमा कर्णालीका दश जिल्लामा दैलेख सबैभन्दा अगाडि रहेको छ भने सुर्खेतले दैलेखकै बाटो पछ्याइरहेको छ ।

दैलेखमा हालसम्म ७३६ जना कोरोना संक्रमित पुष्टि भइसकेको छ भने सुर्खेतमा ३ सय १५ जनामा कोरोना देखिएको छ ।

तेस्रो नम्बरमा सल्यान रहेको छ । सल्यानमा १७३ जनामा कोरोना देखिँदा कालिकोटमा ४४ जनामा संक्रमण पुष्टि भएको छ ।

जुम्लामा २८, अन्य प्रदेशका २२, हुम्लाका २, मुगुका २, डोल्पाका १, जाजरकोटका ११ र रुकुम पश्चिमका १ जनामा कोरोना पुष्टि भएको छ ।

अन्य प्रदेशका अछामका १० जना, बझाङका १ जना, बाजुराका १ जना, गोरखाका १ जना, दोलखाका १, रामेछाप, काठमाडौं, दाङ, रुपन्देही, सप्तरी, ताप्लेजुङ र उदयपुरका एक–एक जनामा कोरोना देखिएको हो ।

उनकाअनुसार कर्णालीमा १ हजार २१७ जना पुरुषमा कोरोना देखिएको छ भने ११८ जना महिलामा कोरोना देखिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x