×

NMB BANK
NIC ASIA

यतिबेला सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ८ लाखभन्दा बढी कार्यकर्ताले स्थायी कमिटी बैठकलाई नजिकबाट नियालिरहेका छन् ।

Muktinath Bank

सक्नेले नेताहरूलाई भेटेर/फोन गरेर मिलेर जानुपर्छ भन्ने आग्रह गरिरहेका छन् भने कतिपयले सामाजिक सञ्जालमा लेखेर नेताहरूलाई एकजुट हुन आग्रह गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठक शुरू भएको पहिलो दिनमै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मन्तव्यमा एकले अर्काविरुद्ध ‘छिर्के’ हाने । ओलीले पार्टीभित्रै प्रतिपक्षी पार्टी सिर्जना भएको र त्यसले सरकार सञ्चालनमा अप्ठ्यारो पारिरहेको गुनासो सहितको आक्रोश पोखे ।


Advertisment
Nabil box
Kumari

राम्रो काम गरेकाले पार्टी जनतामाझ हाईहाई भएको तर त्यसलाई पार्टीभित्रका नेताहरूले देख्न नसकेको आरोप ओलीले लगाएपछि वरिष्ठ नेता माधवकुमार नेपालले बीचैमा हस्तक्षेप गर्दै यस्ता कुराहरू सुनेर कान पाकिसकेको प्रतिक्रिया जनाए ।

Vianet communication

प्रधानमन्त्री ओलीपछि मन्तव्य राखेका अध्यक्ष प्रचण्डले आलोपालो सहमति छोडेर गल्ती गरेको जस्तो आफूलाई महसूस भएको भन्दै ओलीप्रति असन्तुष्टि पोखे । ‘मैले पार्टी एकताका निम्ति भनेर सबै कुरा छोड्दै गएँ अनि अर्का अध्यक्ष तथा प्रधानमन्त्रीमा अहंकार बढ्दै गयो । यो अहंकार देख्दा मैले विगतमा गरेका त्यागहरू गलत गरेछु भन्ने महसूस भएको छ,’ बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले प्रचण्डको भनाइ यसरी उदृत गरे ।

बैठकमा बोल्ने पालो नभएपनि वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल लगायतका नेताहरू आक्रोशित देखिन्थे । स्थायी कमिटी सदस्य जनार्दन शर्माले त पार्टीको सचिवालय ‘निकम्मा’ भएको भन्दै सचिवालय विघटनकै माग गरेका थिए ।

‘नेताहरू मिलेर अघि जालान् भन्ने अपेक्षा थियो तर पहिलो दिनकै बैठकका बारेमा बाहिर आएका कुराहरूले हामीलाई झन् निराश बनाएको छ,’ एक केन्द्रीय कमिटी सदस्यले भने, ‘पार्टी एकीकरण भएको २ वर्षमा शीर्ष नेताहरूको व्यक्तिगत टकराव फुटतर्फ उन्मुख देखिन्छ ।’ 

नेकपाको स्थायी कमिटी बैठक कार्यकर्ताका लागि मात्र नभएर राजनीतिक विश्लेषकका बीचमा पनि चर्चाको विषय बनेको छ । करीब दुईतिहाइप्राप्त सत्तारूढ दल नेकपाभित्रको विग्रहभित्र लुकेको सत्ता स्वार्थको खेलले कोरोना महामारीसँग जुधिरहेको नेपालकै लोकतन्त्र, सुशासन र अर्थतन्त्रको भविष्यमाथि प्रश्नचिह्न उठ्न सक्छ । 

२०७५ जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीच द्विअध्यक्षात्मक प्रणालीमा जाने गरेर एकता भएको थियो । पार्टी एकीकरणपछि सञ्चारकर्मीसँग बोल्दै प्रधानमन्त्री ओलीले ‘जेटमा २ वटा पाइलट हुने’ चर्चित अभिव्यक्ति दिएका थिए ।

बिडम्बना के छ भने एकीकरणपश्चात उडान भरेको नेकपा नामको जेट उडाउने २ वटा पाइलटबीच समन्वय छैन । बेला–बेलामा २ पाइलटबीच देखिने मनमुटावले उडिरहेको जेट कतिबेला ‘क्र्याश–ल्यान्ड’ हुने हो त्यसको अत्तोपत्तो छैन । सही ढंगले अवतरण होला भनेर रनवेमा नेकपा जेट कुरिरहेका ८ लाख नेता कार्यकर्तामा एकखालको सन्नाटा छाएको छ । बुधवारको बैठकमा २ पाइलटले गरेका कुरा सुन्दा रिफ्यूल गर्न रनवेमा उत्रिनु (आम चुनाव) अघि नै ‘क्र्यास’ हुने खतरा बढेको देखिन्छ । 

नेकपा केन्द्रीय कमिटी तथा बागमती प्रदेशका सचिव आनन्द पोखरेलले नेताहरूबीच हुने घोचपेच आफूलाई सामान्य लागेको प्रतिक्रिया दिएका छन् । उनले लोकान्तरसँग भने, ‘मैले यसलाई सामान्य प्रोसेसका रूपमा लिएको छु । पार्टीमा योग्यता क्षमता भएका प्रधानमन्त्री भएका मान्छेहरू धेरै छन् । अपेक्षा प्रधानमन्त्री हुन पाए हुने, पार्टी अध्यक्ष हुन पाए हुन्थ्यो भन्ने होला । सत्ता उपयोगको प्रवृत्ति नेपाली राजनीतिमा छ । यसलाई यही रूपमा बुझ्नुपर्छ ।’

जेट क्र्याश ल्यान्ड हुने खतरा बढ्यो नि भन्ने प्रश्नमा उनले थपे, ‘चिन्ता मान्नुपर्दैन । आन्तरिक रूपमा संघर्ष त चलिरहन्छ । प्रधानमन्त्री र अध्यक्ष दुवैले कमजोरी भए सच्याउँछौं भनेर भनिसक्नुभएको छ । फुटेर कोही अघि जान सक्दैन । बरू फुट्ला र रमाइलो मानौंला भनेर बस्नेहरू धेरै छन् ।’

पोखरेलले बैठकको अन्त्यसम्ममा सबै समस्या समाधान हुने विश्वास आफ्नो रहेको बताए । ‘नेपालको राजनीतिक संस्कृति भनेको विपक्षमा बस्न नपरे हुन्थ्यो सकेसम्म पदमै जान पाए हुन्थ्यो भन्ने छ,’ उनले भने, ‘पावर आफूले प्रयोग गर्न पाए हुन्थ्यो भन्ने कल्चर हो । यो सत्ता उपयोगको एउटा प्रवृत्ति हो । त्यही प्रवृत्तिका कारण बैठकमा दाउपेच चल्छन्, यो ठूलो विषय रहेन ।’

राजनीतिक विश्लेषक श्याम श्रेष्ठले दुवै अध्यक्षमा ‘सेकेन्ड म्यान’ हुन नचाहने प्रवृत्ति रहेकाले अहिलेको समस्या देखिएको टिप्पणी गरे । ‘प्रचण्ड २०४३ सालदेखि सेकेन्ड म्यान नभएका नेता हुन् भने ओलीमा पनि एकता हुँदा आफ्नो पार्टी ठूलो रहेकाले आफूमाथि कोही रहोस् भन्ने चाहँदैनन्,’ श्रेष्ठले लोकान्तरसँग भने, ‘यो व्यक्तित्वको टकराव पनि हो । यो बीचमा एकबाट अर्कोमाथि भएको अपमानको शृंखलाबाट गुज्रिरहेको नेकपामा नेताहरूबीच कटाक्ष र घोचपेच भइहाल्छ ।’

श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका कारण पार्टीभित्रको एकता अप्ठ्यारोमा परेको आफूले देखेको बताए । ‘प्रधानमन्त्री ओली एमसीसीलाई अनुमोदन गर्ने भन्दै अलि कडा ढंगले लागे भने पार्टीको भविष्य खतरामा छ,’ श्रेष्ठले भने, ‘यही तालले अघि बढ्ने हो भने महाधिवेशनसम्म पार्टी एक हुने देख्दिनँ म ।’ 

श्रेष्ठले पार्टी एकता धरापमा पर्नुमा दुवै अध्यक्षको व्यवस्थापकीय कमजोरीले प्रमुख भूमिका खेलेको आरोप लगाए । उनले दुवैमा देशको समस्या कसरी हल गर्ने भन्ने चिन्ता नभएको बताए । ‘प्रचण्डको कार्यकाल पनि हामीले हेरेका हौं । ओलीको कार्यकाल पनि देखिएकै छ,’ उनले भने । 

ओलीले अर्को पक्षलाई निरन्तर अपमान गर्नु समस्या निम्तिनुको अर्को कारण रहेको विश्लेषक श्याम श्रेष्ठको जिकिर छ । ‘माधवकुमार नेपाल पक्षका नेताहरूमध्ये थुप्रैलाई ओलीले अपमान गरेका छन् । काम नै दिएका छैनन् । पूर्वका भीम आचार्य, भीम रावल, अष्टलक्ष्मी शाक्यलाई किनारा लगाइदिए । यसैको झोंक हो माधवमा । झलनाथ खनाललाई अपमानमाथि अपमान गरिरहेका छन् । उनका कार्यकर्तालाई पनि किनारा लगाइएको छ,’ श्रेष्ठले भने । 

अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालबीच अहिले देखिएको गठबन्धन स्वार्थमै आधारित भए पनि धेरै अगाडिसम्म जान सक्ने श्रेष्ठको मत छ । ‘केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालय ३ वटै निकायमा ओली अल्पमतमा छन् । पार्टी फुटाएर अघि जाउँ भने आफ्नो पक्षमा बहुमत छैन । त्यही भएर अध्यादेश ल्याएका थिए । फिर्ता लिनुपर्‍यो । अहिले ओली ज्यादै धेरै अप्ठ्यारोमा छन् । प्रचण्ड र नेपालको गठबन्धन स्वार्थमा आधारित त हो तर अलि लामै समय जाने देखिन्छ,’ उनले भने । 

समूह बनाएर एकमाथि अर्को जाइलाग्ने प्रवृत्ति नसकिएसम्म नेकपा नामको जेटभित्र झगडा भइरहने श्रेष्ठको विश्लेषण छ । ‘ककपीटमा झगडा भइराख्ने, जेट ओराल्न नसक्ने । तेल कहिले सकिने हो । यिनीहरूको झगडा त लामो समयसम्म जान्छ जस्तो लाग्छ,’ उनले भने । 

लामो समय ओलीसँगै रहेर राजनीति गरेका नेकपा मालेका अध्यक्ष सीपी मैनालीले स्वभावको हिसाबले हेर्ने हो भने ओली जुनसुकै मूल्यमा सत्तामा रहिरहन चाहने नेता भएको बताए । मैनालीले लोकान्तरसँग भने, ‘आफू प्रधानमन्त्री रहिरहने शर्तमा ओलीले जे पनि गर्न सक्छन् । उनलाई जब सत्ताबाट हटाउने खेल शुरू हुन्छ, त्यतिबेला मात्र पार्टी फोड्ने विकल्प रोज्न ओली बाध्य हुने देख्छु मैले ।’

मैनालीले यसअघि पार्टी फुटाउन सहज हुने विधेयक ल्याएर फुटको अभ्यास गरिसकेको आरोप लगाए । ‘ओली पार्टी फुटाउने अन्तिम चरणमा थिए, त्यतिबेला मधेशवादी पार्टीलाई फुटाउने र एउटा पक्षलाई ल्याएर आफू सत्तामा रहिरहने खेल उनले खेल्न खोजेका थिए तर पार्टीका नेताहरूले त्यसलाई निष्प्रभावी बनाइदिए । ओली कसैले भनेको मान्ने खालका नेता होइनन्,’ उनले भने ।

लिम्पियाधुरा समेटेर नेपालको नक्सा जारी गर्न पनि ओलीले आनाकानी गरेको तर अन्य नेताहरूको दबाबमा आएर त्यसो गर्नुपरेको विश्लेषण मैनालीको छ । ‘सरकार छोड्ने कि नक्सा बनाउने भनेर आफूमाथि दबाब आएपछि उनले सरकार नछोड्ने बरू नक्सा बनाउने भनेर सम्झौता गरेका हुन्,’ उनले भने, ‘प्रधानमन्त्री छोड्छौ कि एमसीसी छोड्छौ भनेर सोध्ने हो भने ओलीले एमसीसी छोड्लान् तर प्रधानमन्त्री छोड्दैनन् । देश जेसुकै होस् ओलीलाई मतलब छैन तर आफू प्रधानमन्त्री बनिरहनुपर्‍यो। उनी फुट्न परे सत्तासहित फुट्न चाहन्छन् ।’

मैनालीले नेकपा नामको जेट आकाशमा उड्दै नउडेको दाबी गरे । ‘पहिला त यो उड्न सक्षम नै छैन, दोस्रो यो कसले उडाउने भन्ने झगडा छ,’ उनले भने, ‘उड्दै नउडेको नेकपा जेट कसरी अवतरण गर्ला भन्ने प्रश्नै भएन ।’

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x