कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ सामान बहिष्कारका विषयमा मोटर कम्पनी मारुती सुजुकीले प्रतिबन्धका कारण वस्तुको मूल्य बढ्ने बयान दिएको छ ।
मारुती सुजुकीका अध्यक्ष आरसी भार्गवले अन्य देशबाट सामान मगाउनु कम्पनीहरूको बाध्यता भएको बताए । त्यही गुणस्तरका सामान कम मूल्यमा भारतमा उपलब्ध नहुने उनको भनाइ छ ।
भार्गवका अनुसार, लामो समयसम्म आयातमा निर्भरता रहँदा व्यापारका लागि फाइदा हुँदैन तैपनि उद्योग व्यवसायले आयातको विकल्प खोज्न सकेका छैनन् ।
चिनियाँ सामान बहिष्कार गर्नु अव्यावहारिक भएको उनको भनाइ छ ।
निर्माण क्षेत्रको ठूलो कम्पनी एल यान्ड टी का सीईओ एसएन सुब्रमण्यमले विदेशी आयात पूरै बन्द गर्ने हो भने पहिला नीति बनाउनुपर्ने अनि भारतमै सामान बनाउनका लागि आधारभूत संरचना आवश्यक पर्ने बताएका छन् ।
यसका लागि कम्तीमा पाँच वर्ष लाग्ने उनको भनाइ छ ।
भारतले सोमवार ५९ चिनियाँ यापहरूमाथि प्रतिबन्ध लगायो । तर अन्य चिनियाँ उत्पादनमा पनि प्रतिबन्ध लगाउन सक्ला त ? व्यवसाय र उद्योग जगतले यापमाथिको प्रतिबन्धबाट कति अघि बढ्न सकिन्छ भन्ने विषयमा बहस गरिरहेका छन् ।
ठूला यन्त्रका पाटपुर्जा, होलीमा फ्याँकिने रंग र औषधि तयार पार्न आवश्यक कच्चा पदार्थ चीनबाट आयात भइरहेको छ । यसलाई अचानक अन्त्य गर्न सम्भव छ ?
भारत र चीनबीच वार्षिक व्यापार लगभग ९० अर्ब डलर छ । यस व्यापारमा भारतले ७० अर्ब डलरको सामान चीनबाट मगाउँछ ।
भारत सरकारले एसी र टीभीमा प्रयोग हुने पाटपुर्जा सहित कम्तीमा १० देखि १२ किसिमका उत्पादनमा लाइसेन्सिङ सिस्टम लागू गर्न खोजिरहेको छ । तिनको आयात रोक्नका लागि यो कदम चालिएको बताइएको छ ।
चीनलाई विचार गरेर यो कदम चालिएको उनीहरू बताउँछन् ।
गलवान भिडन्तपछि नरेन्द्र मोदी सरकारले चीनबाट हुने लगानीको नियममा परिवर्तन ल्याएको छ । अन्लाइन कम्पनीहरूलाई कुनै पनि उत्पादन कहाँ बनेको हो स्पष्ट रूपमा ग्राहकलाई बताउन निर्देशन दिइएको छ ।
सरकारले उद्योग र व्यवसाय जगतको दृष्टिकोण जान्ने कोशिश पनि गरिरहेको छ । वाणिज्य मन्त्रालयले उद्योग महासंघसँग सम्पर्क गरेको छ । यस विषयमा तात्तातो बहस चलिरहेको छ ।
बीबीसी हिन्दीबाट
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...