नेविसंघका नेतालाई देउवाको प्रश्न : म चार पटक प्रधानमन्त्री भइसकें, तपाईहरू कोही सक्नुहुन्छ ?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू चार पटक प्रधानमन्त्री भइसकेको भन्दै नेविसंघका नेताहरूलाई चुनौति दिएका छन् । कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित  रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले अहिले नेविसंघको अवस्था लाजमर्दो भएको बताए । 

उनले आफू नेविसंघको सभापति हुँदै ४ पटक प्रधानमन्त्री बनेको बताउँदै नेविसंघका अहिलेका नेताहरूलाई भावि प्रधानमन्त्री बन्न चुनौति दिए । उनले भने,‘म पनि नेविसंघको सभापति भएको हुँ । चार पटक प्रधानमन्त्री भइसकेँ । तपाईंहरु कोही हुन सक्नुहुन्छ भोलि ? यस्तै हिसाबले लाज पनि छैन यहाँ ।’


Advertisement

सामाजिक दूरी कायम नगरेको भन्दै नेविसंघ नेतृत्वप्रति आक्रोश पोखेका छन् । कांग्रेसका पूर्वसभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको ९६औं जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित  रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवा नेविसंघले कार्यक्रम गर्दा सामाजिक दूरी कायम नगरेको भन्दै आक्रोश पोखेका हुन् । 

सभापति देउवाले कोरोना महामारीको बेला कार्यक्रम किन गरेको भन्दै प्रश्न समेत गरे । उनले भने, ‘सोसल डिस्ट्यान्सिङ भन्या छ, टाँसिएर बसिराखेको छ । लाज पनि छैन । बोल्दा पनि भ्यालु छैन । कहाँ डिस्ट्यान्सिङ छ यहाँ ? त्यसकारणले खतरा हुन गएको छ । यसमा चिच्याएर ठूलोठूलो स्वर गरेर केही हुनेवाला छैन । सोसल डिस्ट्यान्सिङ गर्नुस्, यस्तो टाँसिएर बसेर हुन्छ ?’


Advertisement

उनले आफ्नो पालामा नेविसंघ देशभर रहेको बताउँदै अहिलेको नेविसंघ गाउँ पुग्न नसकेको आक्रोश पोखे ।  ‘हामीले सबै ठाउँमा जितेका थियौं । नेविसंघ कहाँ छ आज ? गाउँमा छ ? स्कुलमा छ ? अहिले गाउँमा कहीँ पनि नेविसंघ देखिँदैन । गाउँ स्कुलमा जबसम्म नेविसंघ हुँदैन तबसम्म कहिल्यै पार्टी बलियो हुँदैन । त्यही नेविसंघ त हो नि पार्टी भन्ने । कहाँ छ नेविसंघ ? कतिपल्ट भन्ने,’ उनले भने । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्