फागुन २८, २०७९
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधानका निम्ति शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच करीब ३ घण्टा छलफल भयो । अपराह्न १२ बजेदेखि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको सरकारी निवास बालुवाटारमा भएको भेटघाट ३ बजेतिर सकिएको थियो ।
छलफलमा पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ जेठ २ गते तत्कालीन एमाले र माओवादी केन्द्रका अध्यक्ष ओली र प्रचण्डबीच भएको ५ बुँदे सम्झौताका साक्षीहरू नेकपाका हालका महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सँगै थिए ।
छलफलमा अध्यक्ष प्रचण्डले पार्टी एकता हुँदा गरिएको सहमतिअनुसार अघि बढ्न सकिने बताए । त्यतिबेला भएको पाँच बुँदे सम्झौताको चौथो नम्बरमा समानता र समान अवधिको आधारमा आवश्यकताअनुसार दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ ।
स्रोतका अनुसार प्रचण्डले आलोपालो सहमतिमा फर्किने प्रस्ताव राखेपछि ओलीले गत मङ्सिर ४ गते भएको कार्यविभाजनभन्दा पछाडि फर्किन नसक्ने अडान लिए । मङ्सिर ४ गते बसेको सचिवालय बैठकले दुवै अध्यक्षको कार्यविभाजन गर्दै ओलीले ५ वर्ष नै सरकारको नेतृत्व गर्ने र प्रचण्ड कार्यकारी अधिकारसहित पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।
प्रधानमन्त्री ओलीले जेठ २ गते फर्किन नसक्ने बताएपछि प्रचण्डले नयाँ सहमतिको माग गरे । ‘त्यसो भए नयाँ सहमति गरौँ, पार्टीको असन्तुष्ट पक्ष सबैलाई मिलाएर जाऔं,’ प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले लोकान्तरसँग भन्यो, ‘नयाँ सहमति भयो भने स्थायी कमिटी बैठकमा देखिएका असन्तुष्टिहरू पनि हल हुन्छन् ।’
प्रचण्डको प्रस्तावमा ओलीले टाउको हल्लाए मात्र । उनले नयाँ सहमति गर्ने हो भने थप छलफल आवश्यक रहेको भन्दै शनिवार स्थायी कमिटी बैठकअघि फेरि छलफल गर्ने प्रस्ताव राखे ।
पार्टी एकीकरण भएपछि आफूले अपमानित महसुस गरेको भन्दै प्रचण्डले बारम्बार असन्तुष्टि जनाउँदै आएका छन् । असार १० गतेबाट शुरू भएको स्थायी कमिटीको छैठौं बैठकको शुरूकै दिन आलोपालो सहमति छोडेर गल्ती गरेको महशुस भएको बताइसकेका छन् ।
शुक्रवार ओलीलाई भेट्न प्रचण्ड जानुअघि दोस्रो पुस्ताका तीनवटै गुटका नेताहरू बसेर समझदारी बनाउने प्रयास गरेका थिए । मन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य घनश्याम भुसालको मन्त्रीक्वार्टरमा भएको छलफलमा टोपबहादुर रायमाझी, विष्णु रिमाल, सुरेन्द्र पाण्डे, मणि थापा, शंकर पोखरेल, घनश्याम भुषाल, वर्षमान पुन, योगेश भट्टराई, शक्ति बस्नेत र जनार्दन शर्मा सहभागी थिए ।
छलफलमा एकता हुँदाताका भएको समझदारीको स्पिरिटमा अघि बढ्नुपर्ने भन्दै नेतृत्वलाई नफुट्न आग्रह गरिएको नेता थापाले लोकान्तरलाई बताएका थिए । थापाको भनाइबाट नै प्रचण्डले ओलीसँग आलोपालो सहमतिमा फर्किने कुरा गर्न सक्ने अपेक्षा गरिएको थियो ।
नेकपाभित्र पार्टी फुट्ने सम्भावना क्षीण हुँदै गएको नेताहरू पनि स्वीकार्छन् । स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले शुक्रवार भएको अध्यक्षद्वयबीचको भेटघाटले आफूहरूलाई उत्साहित बनाएको लोकान्तरलाई बताएका थिए । पार्टी विभाजनको सम्भावना क्षीण हुँदै गएपछि नेताहरूबीच कुनै नयाँ सहमति हुने सम्भावना बढ्दै गएको छ ।
नेकपाको स्थायी कमिटी बैठकको सातौँ दिनको बैठक शनिवार बिहान ११ बजे बालुवाटारमा बस्ने कार्यक्रम तय गरिएको छ । त्यसअघि अध्यक्षद्वयबीच एक चरण छलफल हुनेछ । ‘अध्यक्षद्वयबीच भोलि पनि ठोस सहमति भएन भने स्थायी कमिटी बैठक रोकिने या स्थगित हुने सम्भावना पनि छ,’ एक स्थायी कमिटी सदस्यले लोकान्तरसँग भने ।
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...