सोमवारदेखि बजारमा आउँदै ५० रुपैयाँको नोट

फाइल तस्वीर

सोमवारदेखि बजारमा ५० रुपैयाँको नोट आउने भएको छ । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा पठाउने भएको हो । 

२०१६ पछि बजारमा नआएको  ५० रुपैयाँको नोट अब प्रयोग गर्न पाइने भएको हो । 


Advertisement

भोलिदेखि बजारमा आउने नयाँ नोटमा हस्ताक्षर भने पूर्वगभर्नर चिरञ्जीवी नेपालको हुनेछ । 

नयाँ गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको नयाँ नोटहरू भने दशैंसम्ममा आउने सम्भावना रहेको राष्ट्र बैंकका मूद्रण विभागका निर्देशक रेवती प्रसाद नेपालले लोकान्तरलाई बताए ।


Advertisement

५० दरका नोटको डिजाइन पहिलेको जस्तै छ । यसको अगाडिको भागमा सगरमाथाको चित्र छ भने लालीगुँरासको पानी छाप पनि रहेको छ ।

नोटको तल्लो भागको बोर्डरमा नेपालीमा वि.स. २०७५ लेखिएको छ । अर्को भागमा हिउँ चितुवाको चित्र छ । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्