भारतीय न्यूज च्यानलकाे प्रशारण राेक्ने निर्णयकाे सरकारद्वारा स्वागत

सरकारले भारतीय न्युज च्यानल प्रशारण रोक्ने निजी क्षेत्रको निर्णयको स्वागत गरेको छ।

बिहीबार मात्र स्वदेशी र विदेशी च्यानल प्रसारणको अनुमति पाएका मल्टी सिस्टम अपरेटरहरूले  भारतीय न्युज च्यानल बन्द गरेका थिए।


Advertisement

भारतीय एक न्युज च्यानलले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीसँगको सम्बन्धलाई जोडेर तथ्यरहित रिपोर्ट प्रसारण गरेको भन्दै नेपालमा भारतीय न्युज च्यानललाई रोक लगाइएको थियो। 

वितरकहरूको यो निर्णयलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले धन्यवाद दिएको छ।


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्