क्वारेन्टीनमा बसेका वृद्धको मृत्यु

तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टीनमा बसेका एक वृद्धको शनिवार मृत्यु भएको छ ।

मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् ।


Advertisement

भारतबाट आएर ५ दिन पहिला क्वारेन्टीनमा बसेका उनको बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

मृतकको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब संकलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।


Advertisement

कमेन्ट गर्नुहोस्