फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
रोपाइँ गरेको महिना दिनपछि जुम्लामा अहिले मार्सी धान गोडमेलको चटारो चलेको छ । यहाँको सिञ्जा, पानसय भेग, बजार र गुठीचौरमा अहिले मार्सी धान गोड्न कृषकलाई भ्याइनभ्याइ छ । धान खेतीको मौसमअनुसार असारमा गोड्न श्ुरु गरिने यहाँको धान अहिले गोडिएको हो ।
कोरोनाका कारण उत्साह नभए पनि बन्दाबन्दीको पालना गर्दै यस वर्षको रोपाइँ सम्पन्न गरेका किसानले अहिले गोडमेलको कामलाई दैनिक खेतमा बिताइरहेका देखिन्छन् । यस समयमा महिलाले गोडमेल गर्ने र पुरुषले खेत छाल्ने काम गर्छन् । मार्सी धान गोड्न निकै मेहनत लाग्ने किसानले बताएका छन् । धानबाहेकका सबै झारपात उखेलेर फाल्नुपर्ने भएकाले निकै सङ्घर्ष हुने गरेको किसानले बताएका छन् ।
अन्य बालीभन्दा धानमा बढी नै दुःख गर्नुपर्ने भएको चन्दननाथ नगरपालिका–३ का धनबहादुर बुढ्थापाले जानकारी दिए। उनका अनुसार बेर्ना राख्नेदेखि गोडमेल र धान भित्र्याउँदासम्म मार्सीलाई अन्य धानभन्दा बढी स्याहारको आवश्यकता हुन्छ । जिल्लाको तातोपानी गाउँपालिकामा रहेको लाछु ज्यूलोमा पनि अहिले किसान मार्सी गोड्न व्यस्त छन् । बाह्रौँ शताब्दीमा मार्सी धान सबैभन्दा पहिले रोपिएको सो ज्यूलामा निकै राम्रो धान उत्पादन हुने गरेको छ । यसैगरी सिञ्जा क्षेत्रमा पनि प्रशस्तै मार्सी धान उत्पादन हुने गरेको छ ।
पछिल्लो समयमा ब्लास्ट रोगले हैरान बनाएकाले धान धेरै मात्रामा खेर जानेसमेत गरेको पाइन्छ । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरेदेखि खेतमा औषधि हाल्नसमेत रोक लगाइएको बताए। “प्राङ्गारिक जिल्लाको पूर्वाधार तयार गर्ने कार्यक्रम अबको आवश्यकता हो”, उनले भने। उनका अनुसार जुम्लामा एक हजार ३०० हेक्टर जमीनमा मार्सी धान रोपिने गरेको छ ।
यता कृषि अनुसन्धान कार्यालयले मार्सी धान रोगले जोगाउन कठिन भएकाले मार्सीको विकल्पमा चन्दननाथ–१ नामक धानसमेत अनुसन्धान गरी रोप्न शुरु गरिएको जानकारी दिएको छ । पछिल्लो समयमा चन्दननाथ १ को खेती विस्तार भइरहेको छ ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...