×

NMB BANK
NIC ASIA

कोरोना महामारीमा गाडी किन्न करोडौं बजेट, प्रदेशलाई किन चाहियो थप सवारी साधन ?

साउन ४, २०७७

NTC
Premier Steels

कोरोनाभाइरस (कोभिड–१९) महामारीले अर्थतन्त्र संकुचनमा परेका बेला पनि प्रदेश ५ सरकारले सवारी साधान खरिदका लागि करोडौं रूपैयाँ बजेट छुट्ट्याएको छ । 

Muktinath Bank

सरकारको मुख्य दायित्व जनस्वास्थ्यमा देखिएपछि खर्च कटौती गर्नुपर्ने बेला प्रदेश सरकारले सवारी साधन खरिदमा १३ करोड रूपैयाँभन्दा बढी खर्च गर्न लागेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोना महामारीले प्रदेश सरकारको बजेट आकार घटेको छ । 


Advertisment
Nabil box
Kumari

स्वास्थ्य र सुरक्षामा प्रयोग हुनेबाहेक अन्य क्षेत्रका लागि सवारी साधान खरिद नगर्ने बताएका मुख्यमन्त्री शंकर पोखरेलले चालू आर्थिक वर्ष २०७७/०७८ का लागि चारपांग्रेदेखि दुईपांग्रे सवारीका लागि १० करोडभन्दा बढी रकम विनियोजन भएको पाइएको छ । 

Vianet communication

७ मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि सवारी किन्नका लागि बजेट छ । तर, कुनै निश्चित बजेट तोकेर गाडीको माग भने गरिएको देखिँदैन । 

गाडी खरिद गर्न कुन मन्त्रालयका लागि कति रकम ?

प्रदेशका मन्त्रालय र निर्देशनालयका कर्मचारीलाई सवारी साधान अनिवार्य जस्तै भएपछि प्रदेशको ठूलो रकम सानाठूला सवारीसाधनमा खर्च हुँदै आएको छ ।

प्रदेशका मन्त्रालय र महाशाखामा कार्यरत खरिदारदेखि उपसचिवसम्मका कर्मचारीहरू दुईपांग्रेदेखि चारपांग्रेसम्म सरकारी गाडी चढछन् । 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि चालू आर्थिक वर्षका सवारी साधान खरिदका लागि ४ करोड ५५ लाख रूपैयाँ बजेट छ । 

मन्त्रालयका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्थीले मन्त्रालय अन्तर्गतका कार्यालयहरूका लागि उक्त रकम विनियोजन भएको जानकारी दिए ।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत दाङ, पाल्पा, अर्घाखाँची र बर्दियामा पूर्वाधार विकास कार्यालयका लागि ५ वटा र ऊर्जा कार्यालयका लागि १ वटा गाडी खरिद गरिने छ ।

एउटा गाडी कम्तिमा ४० लाख रुपैयाँभन्दा बढी नपर्ने गरी खरिद हुने भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले बताए ।

त्यस्तै कर्मचारीका लागि आवश्यक देखिए दुईपांग्रे सवारी पनि किन्ने योजना रहेको पन्थीले जानकारी दिए । 

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका मातहतका कार्यालयका लागि भनेर गाडी खरिद गर्नका लागि २ करोड ४० लाख रूपैयाँ बजेट छ ।

मन्त्रालयका प्रवक्ता विनोद घिमिरेले चारवटा नयाँ कार्यालयका लागि चारवटा र अन्य प्रयोजनका लागि एउटा गरी ५ वटा गाडी आवश्यक रहेको बताए ।

उनले भने, ‘त्यसबाहेक स्कुटर २ वटा र एउटा साइकल पनि आवश्यक छ, हाम्रो बजेट यही हो सवारीका लागि ।’ 

आन्तरिक मामिला तथा कानून मन्त्रालयका लागि शान्ति सुरक्षा व्यवस्थापन भनेर ६ करोड बजेट छ । मोटरसाइकलसहित अन्य सवारीका लागि यस वर्ष ३ करोड रुपैयाँ रहेको मन्त्रालयका प्रवक्ता माधव मरासिनीले जानकारी दिए ।

उनले भने, ‘प्रदेशका विभिन्न जिल्लाका २० वटा इलाका प्रहरी कार्यालयका लागि १/१ वटा गाडी खरिद गर्ने भनेर गत वर्ष नै बजेट थियो । गत वर्ष गाडी खरिद भएनन् । सोही रकम यस वर्षका लागि सारिएको छ । यो गाडी खरिद २० प्रहरी कार्यालयका लागि गाडी अत्यावश्यक छ ।’ 

सामाजिक विकास मन्त्रालयका लागि दुई करोड बजेट गाडीका लागि छ । मन्त्रालयका सचिव गोपीकृष्ण खनालले आफूहरूले किन्ने गाडी चारवटा अस्पतालका लागि भएको बताए ।

त्यस्तै प्रदेशसभा सचिवालयका लागि गाडी खरिद गर्न ५७ लाख ५० हजार रुपैयाँ बजेट छ । सचिवालयका लेखा अधिकृत आलोक अग्रहरिले गाडीका लागि भनेर विनियोजित बजेट मध्येबाट ५ वटा मोटरसाइकल र एउटा कार खरिद गरिने बताए । कार्यालय प्रयोजनका लागि गाडी र मोटरसाइकलका लागि बजेट आएको अग्रहरिको भनाइ छ ।

चालू यस वर्ष उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि गाडीलाई भनेर बजेट छैन । मन्त्रालयका अधिकृत टुकराज पाण्डेले चारपांग्रे गाडीका लागि आफूहरूको मन्त्रालयमा यस वर्ष बजेट नभएको बताए । उनले पर्यटन कार्यालय भैरहवाका लागि दुईपांग्रे सवारी लागि ३ लाख रुपैयाँ रहेको जानकारी दिए । 

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि पनि धेरै बजेट छैन । कार्यालयका उपसचिव यमकान्त पाण्डेले सवारी साधनका लागि भनेर ५ लाख रुपैयाँ बजेट रहेको बताए । उनले भने, ‘यो बजेटले चारपांग्रे होइन दुईपांग्रे सवारी आवश्यकता अनुसार खरिद होलान्, अन्यका लागि छैन ।’

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्रालयका लागि ९ लाख रुपैयाँ बजेट छ ।  

बजेट धेरै होइन : योजना आयोग

प्रदेश योजना आयोगले आर्थिक वर्ष २०७७/०७८ का लागि सवारी साधनका लागि राखिएको बजेट धेरै नभएको बताएको छ । 

योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले मन्त्रालय मातहतका निकाय र सुरक्षाकर्मीका लागि बजेट रहेको बताए । 

‘तपाईंले भनेजस्तो यो वर्ष भेइकलका लागि बजेट धेरै छैन । प्रहरी र कृषि र सामाजिक विकास मन्त्रालय मातहतका निकायका क्षेत्रका अनुगमनका लागि गाडी चाहिने रहेछ, तिनै क्षेत्रलाई बजेट छ । विलासिताका लागि गाडीमा बजेट दिइएको छैन ।’

यसअघि प्रदेश सरकारले गाडी किन्ने क्रममा अनियमितता भएको भनी दाग लागेको थियो । 

प्रदेश सभा र मन्त्रालयका लागि खरिद गरेका गाडीमा ५७ लाख अनियमितता भएको सार्वजनिक लेखा समितिले ठहर गरेको थियो । 

प्रदेश सरकार र सचिवालयले १५ वटा गाडी किन्दा ५७ लाखभन्दा बढी अनियमितता गरेको ठहर थियो । प्रतिगाडी न्यूनतम ३ लाख ४० सम्म बढी मूल्य तिरेको पाइएको थियो ।  

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x