हरेक महिना कोरोनाविरुद्धको लाखौँ खोप उत्पादन गर्ने रुसको दाबी

फाइल फोटो।

रुसले कोरोना भाइरस खोपको ठूलो मात्रामा उत्पादन अर्को महिना सुरु गर्ने र सन् २०२१ को सुरुसम्मा प्रतिमहिना लाखौँ मात्रामा खोपको उत्पादन गर्ने दावी गरेको छ।

रुसले खोपका धेरै नमुनाहरूको अनुसन्धानहरूलाई अगाडि बढिरहेको बताएको छ। मस्कोको गमलेया इन्स्टिच्युटमा तयार गरिएको खोपको विकास उन्नत चरणमा पुगेको रुसले दावी गरेको छ।


Advertisement

‘हामी सेप्टेम्बरसम्ममा सामूहिक उत्पादन सुरु गर्नेमा विश्वस्त छौँ,’ उद्योगमन्त्री डेनिस मन्तुरोभले रूसी समाचार संस्था तास न्यूज एजेन्सीसँगको साक्षात्कारमा बताए।

‘हामी एक महिनाका लाखौं मात्रा उत्पादन गर्नसक्नेछौँ र आगामी सेप्टेम्बरदेखि खोपलाई अत्यधिक उत्पादन गर्ने सुनिश्चित गर्न सक्षम हुनेछौं,’ उनले भनेका छन्, ‘अर्को वर्षको सुरुसम्ममा करोडौँको खोपको मात्रा उत्पादन गर्नेछौँ।’


Advertisement

खोप विकासमा लागेको उक्त संस्थाले मध्य रुसका तीन स्थानमा उत्पादन टेक्नोलोजी तयार गरिरहेको पनि रूसी समाचार संस्थाहरूले बताएका छन्। स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोका अनुसार गमलेयाले तयार पारेको खोपको क्लिनिकल परीक्षण सम्पन्न भइसकेको छ। अब राज्यमा दर्ताका लागि आवश्यक प्रक्रिया सुरू भइरहेको छ।

साइबेरियामा रहेको भेक्टोर प्रयोगशालाले विकसित गरेको अर्को खोप हाल क्लिनिकल परीक्षणमा रहेको छ। र अर्को दुई महिनामा मानव परीक्षण सुरु हुने जनाइएको छ।

गमलेयाको खोप ‘भेक्टर भ्याक्सिन’ हो । यसको मतलब यसले अन्य भाइरसहरूलाई प्रयोग गरी डीएनए एन्कोडिंगमार्फत आवश्यक प्रतिरक्षा कोशिका उत्पादन गरी उपचारमा सहयोग गर्छ।

गमालेयाको खोपले ‘एडेनोभाइरस’ उत्पादन प्रविधि हो जुन चीनको क्यानसिनोले उत्पादन गरेको खोपको लाई काममा लिएको छ, चीनको क्यान्सिनोले विकास गरेको कोरोनाभाइरस खोपको प्रविधिसँग मिल्दोजुल्दो रहेको छ। क्यान्सिनोको खोपको पनि क्लिनिकल परीक्षणको अन्तिम चरणको परीक्षण भइरहेको छ। 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्