कात्तिक २१, २०८०
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
पाकिस्तानी मन्त्रिपरिषद्ले पाकिस्तानको नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति दिएको छ।
उक्त नक्सामा जम्मू कश्मीर-लद्दाख-जूनागढलाई पनि पाकिस्तानमा देखाइएको बीबीसी हिन्दीले उल्लेख गरेको छ।
पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार उक्त जानकारी दिएका हुन्।
मन्त्रिपरिषद्को उक्त निर्णयमा पाकिस्तानका कयौं विपक्षी दल र कश्मीरी (पाकिस्तान प्रशासित कश्मीर) नेतृत्वले स्वागत गरेको छ।
इमरानले भनेका छन्, ‘पाकिस्तानको नयाँ राजनीतिक नक्सा पाकिस्तान जनताको उमङ्गको प्रतिनिधित्व गर्छ। पाकिस्तान र कश्मीरी जनताको सैद्धान्तिक विचारधाराको समर्थन गर्छ।’
उनले अगाडि भनेका छन्, ‘भारतले गत वर्ष ५ अगस्तमा कश्मीरमा जुन गैरकानुनी कदम उठाएको थियो, यो राजनीतिक नक्सा उसको अस्वीकार गर्छ।’
इमरानले अब पाकिस्तानका स्कूल, कलेज र सबै क्षेत्रमा पाकिस्तानको यही आधिकारिक नक्सा हुने बताएका छन्, जुन नक्सा जारी गर्न मंगलबार नै स्वीकृति दिइएको छ।
भारतले पाकिस्तानको नयाँ राजनीतिक नक्सालाई अस्वीकार गरेको छ।
भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरेर उक्त नक्साको कुनै कानुनी वैधता नरहेको र अन्तर्राष्ट्रियस्तरमा विश्वसनीयता कायम नहुने बताएको छ।
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...